२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने परमादेश

लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने परमादेश

लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने परमादेश

लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने परमादेश

लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने परमादेश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • प्रदूषणले लुम्बिनीको भविष्यमाथि चिन्ता बढिरहेको बेला सर्वोच्च अदालतले प्रदूषण न्यूनीकरणमा बल पुग्ने ढंगले परमादेश दिएको छ । अब लुम्बिनीबाट १५ किमी दूरीमा उद्योग चलाउन पाइने छैन । भएका उद्योग समेत बन्द गर्नुपर्ने वा स्थानान्तरण गर्नुपर्ने सर्वोच्चको परमादेश छ ।


    सर्वोच्च अदालतले २०७६ असार १२ गते लुम्बिनी विकास कोष वरपरको १५ किलोमिटरमा उद्योग सञ्चालन नगर्न र भएका पनि बन्द गर्न आदेश दिएको थियो । तर उक्त आदेशको कार्यान्वयन भएन । पहिले दिएको आदेश कार्यान्वयन नभएको बेला विश्व सम्पदा सूचीमा रहेको  पुरातात्विक महत्वको स्थल लुम्बिनीमा असर पर्ने भन्दै परेको रिटमा अदालतले उद्योग चलाउन नपाउनेसहित चार बुँदे परमादेश जारी गरेको हो । अदालतले परमादेशमा भैरहवा—लुम्बिनी सडकको दायाँ, बायाँ ८ सय मिटर भित्र धुलो धुवाँ तथा कार्बन उत्सर्जन गर्ने कुनै पनि नयाँ उद्योग स्थापना गर्न अनुमति नदिन भनेको छ । अहिले चलेका उद्योग दुई वर्षभित्र स्थानान्तरण गर्नुपर्ने, त्यसो गर्न नसकेमा बन्द गर्नुपर्ने सर्वोच्चले भनेको छ ।

    उद्योगहरु स्थानान्तरण भएपछिको खाली जग्गामा पर्यटनमैत्री व्यवसाय सञ्चालन गर्न चाहेमा आवश्यक सहुलियत सुविधा उपलब्ध गराउन परमादेशमा भनिएको छ । सम्पदा संरक्षण विपरीतका गतिविधि, जथाभावी पूर्वाधार निर्माण र औद्योगिक प्रदूषणलगायतका कारणले युनेस्कोले विगतदेखि खतराको सूचीमा राख्ने भन्दै सन् २००२ देखि चेतावनी दिँदै आएको थियो । सन् २०२२ मा पत्र पठाएर सचेत गराएको थियो । विश्व सम्पदा समितिको सचिवालयले खतराको सूचीमा राख्ने मस्यौदा तयार गरेपछि पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषका अधिकारीहरुले कुटनीतिक पहल गरेपछि खतराको सूचीबाट पर्न जोखिएको थियो । यद्यपी युनेस्कोको सूचीबाट लुम्बिनी हट्न सक्ने जोखिम उत्तिकै छ ।

    लुम्बिनी क्षेत्रमा रहेका सिमेन्ट, स्टील, इट्टा, कागजलगायत उद्योगहरु प्रदूषणको प्रमुख कारक रहेको भन्दै सुधारको लागि पटक–पटक प्रदूषण न्यूनीकरणको लागि उद्योग र सरकारको ध्यानाकर्षण गराएको भए पनि कार्यान्वयन हुन सकेको थिएन् । लुम्बिनी क्षेत्रमा रहेका चार दर्जन उद्योगमध्ये एक दर्जन सिमेन्ट उद्योग छन् । यी उद्योग अत्याधिक प्रदूषण गर्ने उद्योग हुन् । लुम्बिनीमा प्रदूषण बढ्नुको मुख्य कारण त्यस क्षेत्रमा भएका उद्योग रहेको विभिन्न अध्ययनको निष्कर्ष छ ।


    सर्वोच्चको चार बुँदे परमादेशले लुम्बिनीलाई प्रदूषणबाट जोगाउने मार्गनिर्देशन प्रष्ट भएको छ, जुन विषय कार्यान्वयनका लागि सरकार बाध्य हुनेछ । दबाब र प्रभावबाट कानुन कार्यान्वयनमा बेवास्ता हुँदै आएको बेला सर्वोच्चको परमादेश कार्यान्वयन हुँदैन कि भन्ने आशंका गरिरहन आवश्यक किन पनि छैन भने परमादेश अनिवार्य पालना गर्नु र गराउनुपर्छ । परमादेशसँगै अब सरकारले उद्योगहरुलाई स्थानान्तरणको लागि प्रेरित गर्नुपर्छ । स्थानान्तरण हुने उद्योगलाई आवश्यक सहुलियतको सुविधा हुनुपर्छ । खाली जग्गामा पर्यटनमैत्री उद्योग सञ्चालनका लागि राज्यले आकर्षक प्याकेज ल्याएर लगानी आकर्षित गर्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij