बुटवल । मैत्री बहुउद्देश्यीय सहकारी संस्था लि. कालिकानगर बुटवल शाखाले आफ्नो २४ औं वार्षिक साधारणसभा बुटवलमा सम्पन्न गरेको छ।
तम्घास गुल्मीमा प्रधान कार्यालय रहेको सहकारीको प्रथम इकाई साधारणसभा सहकारीका अध्यक्ष डा. गोकर्णराज पन्थीको अध्यक्षतामा भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका–११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले सहकारी बलियो बनाउदै शेयर सदस्यको लगानी शुरक्षित गर्न निर्देशन दिए। उनले सहकारीको निरन्तर प्रगतिमा शुभकामना मन्तव्य व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त र पारदर्शी ढङ्गले सदस्य हितमा काम गर्न आग्रह गरे ।
कार्यक्रममा सहकारी बैक बुटवलका प्रमुख नारायण बेलबासेले सहकारीको अवस्था राम्रो रहेको बताउदै आवश्यक सतर्कता अपनाउन आग्रह गरे। उनले लगानीको क्षेत्रको बारेमा ख्याल गरेमा सहकारी समस्यामा नपर्ने बताए।
यातायात मजदुर भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले शेयर लगानीबाट भविष्यमा प्रतिफल आउनुपर्ने बताए।
सहकारीका वित्तीय प्रतिवेदनअनुसार २०८२ आषाढ मसान्तसम्म सहकारीमा १३ हजार ३७१ जना शेयर सदस्य रहेका छन्।
सहकारीको कुल शेयर पुँजी रू. १२ करोड ७२ लाख ४२ हजार ८०० पुगेको छ भने जगेडा कोषमा रू. ७ अर्ब ५२ करोड २६ लाख ७९ हजार ८१६ संकलन भएको छ।
कार्यक्रममा सहकारीका पदाधिकारी, शेयर सदस्य तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।




