२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कालीगण्डकीद्वारा बाँझो जग्गामा तरकारी खेती

कालीगण्डकीद्वारा बाँझो जग्गामा तरकारी खेती

कालीगण्डकीद्वारा बाँझो जग्गामा तरकारी खेती

कालीगण्डकीद्वारा बाँझो जग्गामा तरकारी खेती

कालीगण्डकीद्वारा बाँझो जग्गामा तरकारी खेती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • प्रकाश डोटेल
    स्याङ्जा
    गाउँपालिकाका अधिकांश सडक कालोपत्रे छन् । पालिकाले हरेक नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । न्यूनतम २० युनिट विद्युत् उपभोग फ्रि सुविधा दिँदा समेत गाउँ छोड्नेको संख्यामा कमि नआएपछि जग्गा बाँझो हुने क्रम बढ्दै गयो । जग्गा बाँझो हुने क्रमलाई रोक्न जग्गा भाडामा लिएर स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तरकारी खेती सुरु गरेको छ ।


    आर्थिक वर्ष २०८१-०८२ बाट पालिकाभित्र बाँझो छाडिएका जग्गा भाडामा लिएर कालीगण्डकीले तरकारी खेती सुरु गरेको हो । बसाइँ सरेर गएका र खेती गर्न छाडेका करिब २५ कृषकको जग्गा भाडामा लिएर तरकारी खेती गरिएको गाउँपालिकाका अध्यक्ष खिम थापाले बताए । स्थानीयलाई प्रेरित गर्न र हौसला थप्न जग्गा भाडामा लिएर खेती शुरु गरेको उनले सुनाए । 


    प्रतिरोपनी वार्षिक झण्डै दुई हजार ५ सयमा तिन वर्षका लागि भाडामा लिएको झण्डै ८५ रोपनी जग्गामा तरकारी खेती गरिएको छ । भाडामा लिइएको जग्गामा १२ लाख खर्चेर आवश्यक संरचना बनाएको कालीगण्डकीले तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ ।


    कालीगण्डकीका ३, ५ र ७ नं. वडामा बाँझो छाडिएका जग्गामा तरकारी खेती गरिएको छ । पहिलो वर्ष जग्गा व्यवस्थापन र नर्सरी स्थापनामा धेरै समय बितेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फर्शुराम उपाध्यायले बताए । जग्गा र नर्सरी व्यवस्थापन गर्दागर्दै बचेको समयमा लगाएको बोडि, सिमी, फर्सि, काँक्रो, घिरौला, गोलभेडा, आलु र प्याज बिक्रीबाट सामान्य आम्दानी लिएको अधिकृत उपाध्यायले जनाए ।


    पालिकाकाले चलाएको फर्मबाट उत्पादित तरकारी स्थानीय बजार, जिल्लाकै गल्याङ् र वालिङमा खपत हुँदै आएको छ । पहिलो वर्ष सामान्य आम्दानी लिएको गाउँपालिकाले चालु वर्षदेखि राम्रै आम्दानी लिने आशा गरेको छ । पहिलो वर्ष खर्चेको १२ लाख अरु वर्ष खर्चन पर्दैन् प्रत्येक वर्ष १२ लाखकै हाराहारीमा आम्दानी लिन सकिनेमा गाउँपालिकाले विश्वास जनाएको छ ।


    जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती लगाइन्छ । उत्पादित तरकारी स्थानीयस्तरमा खपत नभए छिमेकी बुटवल बजार निर्यातका प्रबन्ध मिलाएको गाउँपालिकाले जनाएको छ । विषादी प्रयोग नगर्ने फर्ममा रैथाने जातका तरकारीका बिरुवा लगाईएको गाउँपालिकाले दाबी गरेको छ ।


    कृषि शाखामा सूचीकृत भएका कामदार परिचलान गरेर फर्मको काम चलाइएको छ । सरकारले तोकेको न्यूनतम ज्याला दिएर कामदारमार्फत् फर्ममा काम गरेको कृषि अधिकृत अनुप पौडेलले बताए । मौसमअनुसार, बन्दा, काउली, खुर्सानी, सिमी, काँक्रा, घिरौला, प्याज र आलु उत्पादन गरिनेछ । आलु र प्याज बढी भए चिस्यान केन्द्रमा राख्ने व्यवस्था मिलाएकोे पौडेलले बताए ।


    कालीगण्डकीले आर्थिक वर्ष २०७६-०७७ देखि १० वर्षका लागि स्थानीयको बाँझो जग्गा भाडा लिएर ड्रागन खेती गर्दै आएको छ । ९० लाखको खर्चमा आवश्यक संरचना बनाएर ड्रागन खेती गरेको पालिकाले पछिल्लो तिन वर्षदेखि आम्दानी लिन थालेको छ । अघिल्लो वर्ष ८ लाख मुनाफा आर्जन गरेको कालीगण्डकीले चालु सिजनमा ५ लाख ५० हजार रुपैयाँ आर्जन गरिसकेको छ ।


    ड्रागन खेतीबाट आर्जन गरेको अनुभवलाई तरकारी खेतीमा लगाएको हो । स्थानीयलाई कृषिबाट आम्दानी लिन सकिन्छ भन्दै मखमली फूल र केरा खेतीको व्यावसायिक उत्पादनमा लगाएको कालीगण्डकीका प्रशासकीय अधिकृत उपाध्यायले बताए । मखमली फूल र केरा खेती गरेका कृषकलाई अनुदानसँगै बजारीकरणको व्यवस्था पालिकाले गरेको उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij