२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्नूकर तथा पुल संघद्वारा खेलाडीलाई विदाई

स्नूकर तथा पुल संघद्वारा खेलाडीलाई विदाई

स्नूकर तथा पुल संघद्वारा खेलाडीलाई विदाई

स्नूकर तथा पुल संघद्वारा खेलाडीलाई विदाई

स्नूकर तथा पुल संघद्वारा खेलाडीलाई विदाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • बुटवल । नेपाल बिलियार्ड्‌स स्नूकर तथा पुल संघ रुपन्देहीले पोखरामा आयोजना हुने राष्ट्रियस्तरको स्नूकर प्रतियोगितामा बुटवलबाट भाग लिने खेलाडी,कोच र म्यानेजरलाई विदाई गरेको छ ।

    ११ जना खेलाडी सहित १३ जनाको टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, नगर  खेलकुद विकास समिति अध्यक्ष बोनिन पिया,संघका अध्यक्ष सुजन पुन लगायतले प्रतियोगितामा जितको शुभकामनासहित विदाई गरेका हुन् ।

    पोखरामा भदौ १७ देखि २८ गतेसम्म हुने प्रतियोगितामा शिशिर गुरुङ,सञ्जय कार्की,साराङ राना,कुडोल श्रेष्ठ,सुरज मकाजू,मुकेश क्षेत्री,अनुरोध जोशी,रमेश शाही,रोहितमान जोशी,विवेक विक,भोला मल्लाह छनोट भएका हुन् ।

    यस्तै प्रशिक्षक प्रदीप विक र म्यानेजर समुन्द्र अमात्यलाई पनि विदाई गरिएको छ । संघले सक्दो आर्थिक सहयोग सहित खेलाडीलाई विदाई गरेको हो ।

    कार्यक्रममा नगर प्रमुख पाण्डेय, खेलकुद विकास समिति अध्यक्ष पिया, संघका अध्यक्ष पुन, उपाध्यक्ष बासु प्रधान,  महासचिव प्रकाश क्षेत्री,सचिव प्रदीप विक,वरिष्ठ सल्लाहकार सञ्जय बज्राचार्य,पुर्व अध्यक्ष गजेन्द्रमान श्रेष्ठ लगायतले खेलाडीलाई जितको शुभामना दिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij