२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मुलुकको सार्वभौमसत्ताप्रति अडान

मुलुकको सार्वभौमसत्ताप्रति अडान

मुलुकको सार्वभौमसत्ताप्रति अडान

मुलुकको सार्वभौमसत्ताप्रति अडान

मुलुकको सार्वभौमसत्ताप्रति अडान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भारत र चीनबिच गत अगस्ट १५ मा नेपाली भूमि लिपुलेक हुँदै गरिने व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै नेपालको स्पष्ट धारणा राखेका छन् । नेपाली भूमि लिपुलेक हुँदै सडक विस्तार गर्ने भारतीय योजनाप्रति नेपालले असहमति राख्दै आएको छ । नेपाली भूमि हुँदै हुने व्यापार सम्झौताप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाएर नेपालको सार्वभौमसत्ता र स्वाधीनताप्रति प्रष्ट अडान अपेक्षित थियो, जुन उनले व्यवहारमै देखाए ।


    सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ को सन्दर्भमा भएको भेटमा ओलीले लिपुलेकलाई नेपालको ‘अभिन्न अंग’ बताए । १८१६ को सुगौली सन्धिपछि लिपुलेक नेपालको भएको तथ्य र प्रमाण भए पनि भारतले दाबी गर्दै आएको यो भूमिबाट भारतीय हस्तक्षेप हटाउन अर्को छिमेकीको सहयोग अपेक्षित छ । उत्तरको छिमेकी चीनले नेपालको सहमति र जानकारी विना भारतसँग लिपुलेकको बाटो हुँदै व्यापार सम्झौता गर्नु निन्दनीय विषय थियो ।

    नेपालको आपत्ति र असहमति ओलीले प्रष्ट पारेर चीनको सहयोग र साथ खोजेको प्रष्ट पारेका छन् । प्रधानमन्त्री ओली सार्वभौमसत्ता र स्वाधीनताको मुद्दामा खरो र प्रष्ट देखिंदै आएका छन् । २०७२ सालमा भारतले नाकाबन्दी गरेपछि नेपालमा समस्याको चाङ चुलिदा पनि सम्झौता नगरी भारतलाई नाकाबन्दी खोल्न बाध्य पार्ने पात्र हुन् । संयोगले ओली त्यसबेला प्रधानमन्त्री थिए । उनले नाकाबन्दी नखोलेसम्म भारत भ्रमण नगर्ने अडान लिएपछि भारतले नाकाबन्दी खोल्न बाध्य भएको थियो । भूगोलमा सानो–ठूलो भए पनि स्वाभिमान र स्वाधीनता समान हुन्छ भनेर ओलीले निरन्तर अडान लिँदै आएका छन् । लिपुलेक–लिम्पियाधुरा र कालापानी क्षेत्रको भू–भाग नेपाली भूमि रहेको भन्दै त्यसलाई नेपाली नक्सामा समेट्ने काम ओली प्रधानमन्त्री रहेको समयमा भएको थियो । २०७७ जेठ ३१ गते ओली प्रधानमन्त्री रहेकै बेला नेपालको संसद्ले लिपुलेकलाई नेपालको संविधानको अनुसूचीमा समावेश गरेको थियो ।
    अबको विश्वको नेतृत्व पश्चिमा मुलुकबाट एशियातिर सर्दैछ । एशियाका दुई शक्तिशाली मुलुक चीन र भारतले मिलेर अघि बढ्न सक्दा विश्व व्यवस्थाको नेतृत्व एशियातिर सार्न सक्छन् । उनीहरुबिच मेलमिलाप र सहकार्य आवश्यक छ । यो सहकार्यमा  हिस्सेदार र साझेदार भयो भने नेपालले पनि फाइदा लिनसक्छ । भारत र चीनको आर्थिक प्रगतिबाट नेपालले मुलुकको विकासलाई ध्यान दिनुपर्छ । दुई शक्तिशाली छिमेकीको साथ र सहकार्यबाट नेपालले विकासमा फड्को मार्न सक्छ । नेपाल यस्तो मुलुक हो, दुवै मुलुकलाई नेपाल नभई हुँदैन । कतिपय अवस्थामा दुई मुलुक झगडा पर्दाको बेफाइदा पनि हामीले ब्यहोर्दै आएका छौँ । दुई मुलुकको सहकार्य हुँदाको बेफाइदा पनि हामीले व्यहोर्नु पर्ने नियति आउनु हुँदैन । त्यसका लागि बलियो र अडान भएको नेतृत्वले मात्रै शक्ति सम्पन्न मुलुकसँग कुराकानी गर्न सक्छ ।


    अब छिट्टै प्रधानमन्त्री ओलीले भारतको पनि भ्रमण गर्दैछन् । भारतसँग पनि लिपुलेक नेपालको हो भन्ने तथ्य सम्झाउनुपर्छ । भारतले नेपालसँगको सीमा विवाद तथ्य र प्रमाणका आधारमा समाधान गर्दा नै दुई मुलुकबिचको मित्रता फराकिलो बन्छ । नेपाल–भारतबिचको सुमधुर सम्बन्ध दुवै मुलुकको विकास र स्थिरताका लागि हितकर छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij