परासी
नेपालमा भारतीय केरा आयात हुँदा नेपाली केरा किसान मर्कामा परेका छन् । भारतबाट आयात हँुदा केरा किसानहरुले केराको मूल्य नपाउँदा मर्कामा परेका हुन् । बजारमा ल्याउने तयारी अवस्थामा केराले बजार नपाउँदा पश्चिम नवलपरासीका केरा किसानहरु चिन्तित भएका छन् ।
पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकामा केरा खेतीतर्फ किसानहरु आकर्षित र जीवनयापन गर्दै आएका छन्, तर भरतीय केरा आयात हँुदा यहाँका किसानहरु लगाएको केरा बजार र उचित मूल्य नपाउँदा प्रतापुर ४ का गोपाल ठकुरी चिन्तित भएका छन् । उनले भारतीय केरा आयात हुँदा हामीले उत्पादन गरेको केराले बजार नपाउँदा मार्कामा परेको गुनासो गरे । भारतीय केरा सस्तोमा आयात हुँदा नेपालमा उत्पादन भएको केराले उचित मूल्य र बजार नपाउँदा बोटमै कुहिन थालेको उनले बताए । उनले एक बिगाहामा केरा खेती गरेको, तर बजार, उचित मूल्य नपाएको र गतवर्ष ४० देखि ४५ रुपैयाँ दर्जनमा बिक्री गरेको भए पनि यस वर्ष १० देखि १५ रुपैयाँमा व्यापारीहरु किन्न आएको बताए ।
यस्तै सुस्ता ४ नसही १ बिगाहामा केरा खेती गर्दै आएकी चोकमाया घलेले उत्पादन गरेको केराले बजार नपाउँदा थन्काएर राख्नु परेको बताइन् । बिक्रीको लागि तयार भएको केरा कतै बेच्न सकेको छैन । यहाँ व्यापारीले सस्तो मूल्य मागेपछि लगाएको बोटको र बिक्री गरेर पैसाले मलको पैसा पनि नउठ्ने उनले बताइन् । यहाँ व्यापारीले १० देखि १५ रुपैयाँ दर्जन हिसाबले किन्न आएको उक्त मूल्यमा दिनुभन्दा बोटमै कुहाएको भन्दै भारतीय बजारबाट केरा आउँदा यहाँका किसानहरु मारमा परेको र यसलाई तत्काल सरकारले रोक्नुपर्ने उल्लेख गरिन् ।
गत वर्ष १० लाख केरा बिक्री गरेको र यस वर्ष जम्मा ४० हजार केरा बिक्री वितरण गरेको घलेको भनाइ थियो ।
यसैगरी प्रतापुर ६ काठहवाका मोतीलाल कोइरीले ६ बिगाहामा केरा खेती गर्दै आएका छन् । खेतमा केरा तयार भएको, तर व्यापारीले २० रुपैयाँ दर्जनमा मागी रहेका छन्, उक्त मूल्यमा बिक्री गरे भने लागाएको ज्यालामजदुरी पनि नउठ्ने भन्दै उनले जबसम्म भरतबाट आउने केरा बन्द हँुदैन, यहाँका किसानहरुको केराको पाउनुपर्ने मूल्य नपाउने गुनासो गरे । उनले ऋण लिएर केरा खेती गरेको, तर अहिले अवस्थामा यही मूूल्यमा बिक्री गरेमा ऋण तिर्न के व्याज पनि तिर्न नपुग्ने अवस्था आएको जनाए । सुस्ता ४का तीन बिगाहा लिजमा लिएर केरा खेती गदै बैजनाथ कानु बानियाँले केराको बजार नपाउदाँ र मूल्य नपाउँदा मारमा परेको बताए । भारतीय बजारबाट आयात हुने केरासरकार रोकेर नेपालमा उत्पादन भएको केरा बिक्री वितरण र सही उचित मूल्यमा बिक्री वितरणको वातावरण सिर्जन गर्नुपर्ने बताए ।
प्रतापुरका ८ का केरा खेती व्यवसायिक रुपले गर्दै आएका अमरसेन कोईरीले बैंकको ऋण लिएर खेती गर्दै आएको र केरा तयार भएको तर व्यापारी केरा किन्न नआएको र आए पनि सस्तो मूल्य माग्ने गरेको हामी सस्तोमा नदिने बरु बोटमै केरा पाकेर सुक्छ, तर सस्तोमा नदिने बताए । उनले यो सब भारतबाट आयत हँुदा नेपाली केराले मूल्य नपाएको गुनासो गरे । उनले भने–‘व्यपारीहरुले २० रुपैयाँ यहाँ केरा किन्न भनेर आउने गरेको भए पनि उक्त मूल्यमा दिँदा लगाएको ज्याला मजदुरी र ऋण पनि तिर्न नसकिने अवस्था रहेको छ ।’
१५ कठ्ठामा केरा खेती गर्दै आएका सुस्ता ४ नसहीका धनबहादुर गुरुङले केराले बजार नपाउँदा बोटमै केरा थन्काएर राखेको गुनासो गरे । भारताट आउने केरा सस्तो मूल्यमा बिक्री हुन थालेपछि यहाँ उत्पादन भएको केरा बिक्री वितरण हुन नसकेको र बोटमै कुहिन थाले गुरुङले जनाए । उनले बोटमै केरा पाकेको छ, अझै पाकेर बोटबाट केरा बिक्री गर्न कहाँ लैजाने चिन्ताले सताएको बताए ।
१८ सय २५ बिगाहमा केरा खेती लगाइएको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए ।
उनको अनुसार एक हजार २५ मेटिक टन उत्पादन हुने गरेको छ । तर यसवर्ष भारतीय केराको आयातले गर्दा यहाँ आधी पनि केरा बिक्री नभएको यादवले जानकारी दिए । उनले भारतीय केरा बन्द भए न भने केरा किसानहरुले आन्दोलन गर्ने चेतावनी दिए । गतवर्ष २५ देखि ३५ रुपैयाँ दर्जनसम्म केरा बिक्री भएको, तर यस वर्ष १५ देखि बढीमा २५ सम्म बिक्री गर्न किसान बाध्य छन् ।




