बुटवल । नवीन विद्यार्थी क्लबको छैठौं पदस्थापन कार्यक्रम आइतबार बुटवलमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै राजनीतिमा युवा प्रवेश गरेर राष्ट्रभित्रको निराश चिर्न आवश्यक रहेको बताउँदै नविनमा अध्ययन गर्ने विद्यार्थीको भविष्य उज्ज्वल रहेकोमा जोड दिँदै विद्यालयलाई प्रदेश सरकार र व्यक्तिगत रुपले सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।
विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखाकी अधिकृत कोपिला ज्ञवालीले क्लबले विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेकोमा सराहना व्यक्त गर्दै समुदायमा युवाहरुले सवारी नियमको पालना नगर्ने, बढी गतिमा र आवाजमा चलाएर समाजमा विकृति सिर्जना गरेकोमा त्यसलाई नियन्त्रणमा राख्न युवा विद्यार्थीहरुलाई आग्रह गरे ।
विद्यालयका प्रधानध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयका समग्र गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए ।
छैठौं पदस्थापन कार्यक्रममा २०२४-०२५ का अध्यक्ष सुवास पौडेलको नेतृत्वबाट २०२५-०२६ का लागि लक्ष्मी पाण्डेयको अध्यक्षतामा नयाँ समिति पदस्थापन गरेको छ । पदस्थापन कार्यक्रममा २०८१ को एसईई, २०८२ को एसएलसी परीक्षा र विद्यालय तहमा उत्कृष्ट नतिजा दिन सफल शिक्षकहरुलाई सम्मान समेत गरेको थियो ।
कार्यक्रममा नवीन विद्यार्थी क्लबका संस्थापक अध्यक्ष मधुसुदन नेपाल, निवर्तमान अध्यक्ष सुवास पौडेल, नवगठित क्लबका अध्यक्ष लक्ष्मी पाण्डेय, अंकित खनाल, विकास पन्थीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सुवास पौडेलको अध्यक्षतामा एलिजा रेग्मी र समिक्षा जि.सी.को सञ्चालनमा सम्पन्न भएको थियो ।




