२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी केबलकार र बुटवल हस्पिटलबीच छुट सम्झौता

लुम्बिनी केबलकार र बुटवल हस्पिटलबीच छुट सम्झौता

लुम्बिनी केबलकार र बुटवल हस्पिटलबीच छुट सम्झौता

लुम्बिनी केबलकार र बुटवल हस्पिटलबीच छुट सम्झौता

लुम्बिनी केबलकार र बुटवल हस्पिटलबीच छुट सम्झौता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२

  • बुटवल । लुम्बिनी प्रदेशकै पहिलो  लुम्बिनी केबलकार लि। र निजी क्षेत्रबाट सञ्चालित बुटवल हस्पिटल प्रालिबीच छुट सम्झौता भएको छ ।  

    सम्झौता अनुसार अस्पतालका सञ्चालक, शेयरधनी, कर्मचारी र अस्पतालमा न्यूनतम एक हजार रुपैयां खर्च गरेका विरामीलाई लुम्बिनी केबलकारले टिकट दरमा २० प्रतिशत छुट दिने भएको छ । हाल केबलकारको टिकट दर रु ७५० प्रतिव्यक्ति रहेको छ ।

    अस्पतालले पनि केबलकारका सञ्चालक,शेयर सदस्य, कर्मचारीलाई उपचारमा ५ देखि १५ प्रतिशत सम्म छुट दिने छ । यो छुट बेडचार्ज,ल्याबटेस्ट, अप्रेसन, एक्से,भिडियो एक्सरे,फिजियोथेरापी र औषधी खरिद आदिमा समेत हुनेछ ।

    सम्झौतापत्रमा हस्पिटलका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट डा, कृष्ण खनाल र लुम्बिनी केबलकारको तर्फबाट अपरेसन म्यानेजर डिएन कायस्थ र्सैंजूले हस्ताक्षर गरी आदान प्रदान गरेका छन् ।

    सो अवसरमा केबलकारका तर्फबाट म्यानेजर प्रज्ज्वल घिमिरे र लेखा विभाग प्रमुखख राजन लम्सालको पनि सहभागिता थियो । दुई प्रतिष्ठित संस्थाबीचको सम्झौताले दुबै संस्थासंग सम्बन्धित सबै पक्षलाई फाइदा पुग्ने र दुई संस्थाबीच व्यवसाय प्रवद्र्धन र आपसी सहकार्य निरन्तर मजबुद हुंदै जाने दुबै संस्थाले विश्वास व्यक्त गरेका छन् ।

     लुम्बिनी केबलकार विश्वमै सबैभन्दा अत्याधुनिक, लोकप्रिय र सुरक्षित अष्ट्रियाको डुपलमायर कम्पनीबाट निर्मित युरोपियन प्रविधिको केबलकार हो । २५ वटा गोण्डुला रहेको लुम्बिनी केबलकारले एक दिनमा ६ हजार जनालाई आवतजावत गराउन सक्छ ।

    केबलकारको टप स्टेशन पाल्पाको बसन्तपुर डांडामा छ । जुन ठाउं प्राकृतिक हिसाबले स्वच्छ, शान्त हरियालीयुक्त र मनोरम छ। गर्मीमा शीतल र जाडोमा घाम लाग्ने हुंदा जुनसुकै मौसममा घुमेर आनन्द लिन सकिने महोल बसन्तपुरमा छ । त्यहां प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर, सय वर्ष पुरानो दुर्गा मन्दिर, स्तरीय रेष्टुरेन्ट, सेमिनार हल,  जीपलाइन, स्काइ साइक्लिङ, पिङ,  सेमिनार हल लगायत पर्यटकीय पुर्वाधार छन् ।  

    बुटवल हस्पिटल निजी क्षेत्रको लुम्बिनी प्रदेशकै सुविधासम्पन्न अस्पताल हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij