२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्थानीय तहमा प्रशासनिक नेतृत्व

स्थानीय तहमा प्रशासनिक नेतृत्व

स्थानीय तहमा प्रशासनिक नेतृत्व

स्थानीय तहमा प्रशासनिक नेतृत्व

स्थानीय तहमा प्रशासनिक नेतृत्व
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तको भरमा चल्दै आएका स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ । दुई सयभन्दा बढी स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । स्थानीय तहमा एकैपल्ट कर्मचारीको नेतृत्वको व्यवस्थापन गरेर संघीय सरकारले स्थानीय तहलाई सही दिशामा अघि बढ्नका लागि बाटो खोलीदिएको छ ।


    संघीय सामान्य प्रशासन मन्त्रालयले एकैपल्ट १२२ जना उप–सचिव र ९७ शाखा अधिकृतको एकैपटक सरुवा गरेको छ । तीमध्ये अधिकांशलाई पालिकाहरुको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए । यससँगै गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य भएको छ  । निमित्तको भरमा काम गर्दा धेरै समस्या झेलेका स्थानीय तहले अब ती समस्याबाट मुक्त पाउने आशा पलाएको छ । निमित्तले निर्णयको जोखिम नलिदा कतिपय विकास निर्माणका काम प्रभावित भएको स्वंय स्थानीय तहका जनप्रतिनिधिले गुनासो गर्दै आएका थिए । राजनैतिक नेतृत्वले दबाबमा काम गर्न लगाउने प्रवृत्ति मौलाउँदा सुशासन कमजोर बनेको र बेथिति मौलाएको थियो । अब विधिमा हिंडेर थिति बसाल्न प्रमुख कार्यकारी अधिकृतले भूमिका खेल्न सक्छन् ।
    देशभरीका ७५३ मध्ये २०० पालिका लामो समयदेखि निमित्तका भरमा चलेका थिए । देशभरीका गाउँपालिका र नगरपालिकालाई निमित्तविहीन बनाउन सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले लिएको निर्णय महत्वपूर्ण छ । सेटिङ मिलाएर सिंहदरबारकै सेरोफेरोमा बस्ने कर्मचारीको प्रवृत्तिलाई मन्त्री न्यौपानेले तोडेकी छन् ।


    अब पालिकाले प्रमुख कार्यकारी अधिकृतलाई टिक्ने वातावरण बनाउनुपर्छ । कर्मचारी प्रशासन विधिमा चल्न र चलाउन वातावरण बनाउने राजनैतिक नेतृत्वको काम हो । कर्मचारी प्रशासन विधि र थितिमा चल्दा विकासको प्रतिफल निस्कन्छ नै, सुशासन पनि कायम हुन्छ । निमित्तलाई झैं दबाबमा चलाउने प्रवृत्ति कायम राख्ने हो भने  कर्मचारी स्थानीय तहमा टिक्नै नसक्ने वातावरण बन्ने छ । राजनैतिक नेतृत्वकै कारण कर्मचारी टिक्न नसकेको भन्ने भाष्यलाई चिर्नका लागि पनि कर्मचारीलाई दबाब र प्रभावमा होइन्, विधिमा चल्न प्रोत्साहित गर्नु राजनैतिक नेतृत्वको काम हो ।


    अब सह–सचिव प्रमुख प्रशासकीय अधिकृत हुनेमध्ये ९ वटा उप–महानगरपालिका र एउटा महानगरपालिकामा समेत छिट्टै दरबन्दीअनुसारको कर्मचारी खटाउन मन्त्रालयले पहलकदमी लिनुपर्छ । अहिले उप–महानगरपालिकामा उप–सचिवले काम चलाउँदै आएका छन् । स्थानीय तहमा प्रशासनिक नेतृत्वको अभाव पूर्ति हुँदा उनीहरुले नतिजा दिनसक्छन् । संघीय शासन प्रणालीलाई व्यवहारिक रुपमा स्थापित गर्नका लागि राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको संयोजनमा मात्रै सम्भव छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij