२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वालिङ नगरको घुमफिरमा अनियमित खर्च

वालिङ नगरको घुमफिरमा अनियमित खर्च

वालिङ नगरको घुमफिरमा अनियमित खर्च

वालिङ नगरको घुमफिरमा अनियमित खर्च

वालिङ नगरको घुमफिरमा अनियमित खर्च
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • उद्देश्यविनाको भ्रमण :
    श्रीकृष्ण सिग्देल
    स्याङ्जा 
    स्मार्ट उन्मुख नगर स्याङ्जाको वालिङ नगरपालिकाले अध्ययन, अवलोकन गर्ने नाममा गरिएको भ्रमणबाट लाखौ रकम खर्च गरेको देखिएको छ । आर्थिक वर्ष २०८०-०८१ मा वालिङ नगरपालिकाले विभिन्न जिल्लामा अध्ययन अवलोकन गरेको भ्रमण खर्चमा २४ लाख ९७ हजार ९ सय ४० रुपैयाँ खर्च गरेको देखिएको हो । महालेखापरीक्षकको कार्यालयले गरेको लेखारीक्षण प्रतिवेदनमा नगरपालिकाले गरेको भ्रमण खर्च उल्लेख गरिएको छ । महालेखाले उक्त खर्चलाई उद्देश्य बेगरको घुमफिर खर्च भएको समेत जनाएको छ । भ्रमणको सही सदुपयोग छ भन्ने आधार नरहेको भन्दै महालेखाले अनियमित खचलार्ई बेरुजुमा दर्ज गराइदिएको छ । 


    आर्थिक वर्ष २०७९-०८० मा पनि महालेखाले भ्रमण खर्च  उल्लेख नगरे पनि सुझाव दिएको उल्लेख गरेको छ । भ्रमण खर्च नियमावली, २०६४ बमोजिम भ्रमण गर्ने पदाधिकारी वा कर्मचारीले भ्रमण गर्नुको उद्देश्य र कार्य स्पष्ट उल्लेख गरी सम्बन्धित अधिकारीबाट स्वीकृत लिएर गर्नुपर्ने व्यवस्था छ । भ्रमण नियमावली २०६४ अनुसार प्रक्रिया अवलम्बन गरेर मात्रै भ्रमण गर्न महालेखाले लेखा प्रतिवेदनमा सुझाव दिएको छ ।


    तर वालिङ नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ मा भ्रमण आदेशको र खर्च नियमावलीको कुनै प्रक्रिया अवलम्बन नगरी गरेको भ्रमण खर्चलाई अनियमित खर्चका रुपमा उल्लेख गरिएको दिएको छ ।  ठोस उद्देश्य किटान नगरी भ्रमण खर्च लेख्दा भ्रमणको औचित्य यथार्थपरक नभइ खर्च अनियन्त्रित देखिने हुनाले पालिकाले स्पष्ट उद्देश्य तथा कार्य बेगर भ्रमण खर्च भुक्तानी गर्ने कुरामा नियन्त्रण गर्न महालेखाले सुझाव दिएको छ । उद्देश्य विनाका खर्चलाई घुमफिर मानिने हुँदा उक्त खर्च आफैँ व्यहोर्न समेत संकेत गरेको छ ।  


    दुई आर्थिक वर्षको महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार नगरपालिकाले भ्रमण आदेशको प्रयोजन नगरी र उद्देश्य विनाको भ्रमण गरेर खर्च गरेको देखिएको छ । आर्थिक वर्ष २०७९-०८० मा खर्च नलेखेर सुझाव दिएको महालेखाले आर्थिक वर्ष २०८०-०८१ मा भने खर्च नै उल्लेख गरेर पुन सुझाव दिएको छ । महालेखा आर्थिक पार्दशिताको सूचक हो भन्ने सम्म थाहा नपाउने नगरपालिका प्रमुख र उपप्रमुख अनावश्यक खर्च गरेको महालेखाले देखाएको छ । यसको अर्को उदाहरण हो, सवारी इन्धन खर्च । गण्डकी प्रदेश सरकारद्वारा पारित गाउँसभा नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७६ मा नगरप्रमुख र उप–प्रमुखले प्रतिमहिना ९०-९० लिटर सवारी इन्धन पाउने व्यवस्थालाई समेत उल्लघंन गरेको महालेखाले औंल्याएको छ ।

     
    वालिङ नगरपालिकाका प्रमुख उपप्रमुले आर्थिक वर्ष २०८०-०८१ मा कार्यालय प्रयोजनका लागि भन्दै सवारी इन्धनमा ३५ लाख खर्च गरेका छन् । वर्षभरीमा प्रमुख र उप–प्रमुखले १ हजार ८० लिटर इन्धन सुविधा पाउने कानुनी व्यवस्था छ ।  तर पालिकाका प्रमुखले प्रयोग गर्ने गाडीमा २६९३ लिटर डिजेल र उप–प्रमुखले प्रयोग गर्ने गाडीमा ३९९७ लिटर तेल खपत गरिएको महालेखाले सार्वजनिक गरेको लेखा प्रतिवेदनमा उल्लेख छ । तोकिएको परिणामभन्दा अत्याधिक खपत भएका कारण सवारी साधन पालिकाको काममा मात्रै प्रयोग भएको भनी एकिन गर्न सकिएन भन्दै महालेखाले अनियमित खर्चमा उल्लेख गरेको छ । यसमा मितव्ययी अपनाउन समेत सुझाव उल्लेख गरिदिएको छ । 


    जनप्रतिनिधिले भ्रमण खर्च धेरै गरे भनेर नागरिकबाट आलोचना भएरहेका बेला चालु आर्थिक वर्षको सुरुमै फेरि वालिङ नगरपालिकाले जम्बो टोली लिएर भारत भ्रमण गरेको छ । उप–प्रमुख कविता तिवारीको नेतृत्वमा जिल्ला समन्वय प्रमुख, उप–प्रमुख, नगरको वडा अध्यक्षसहित कार्यपालिका, राजनीतिकदल, शाखा प्रमुखहरु, पत्रकार, डिभिजन वन कार्यालयलगायत ५५ जनाको जम्बो टोली भारत भ्रमणमा गएको छ । जडीबुटी उत्पादन र बजारीकरणसम्बन्धी अध्ययन अवलोकन गर्न भन्दै भारतको हरिद्धार पतञ्जली योग पिठ प्रस्थान गरेको जनाएको छ । कार्यपालिकाको बैठकबाट भ्रमणको निर्णय भए पनि खर्च र कतिजना सहभागी हुने भन्ने विषयमा बैठकले अन्योलता देखाएको छ । यस विबषयमा नगरप्रमुख कृष्ण खाँणले भने जडीबुटीको सम्बन्धमा पतञ्जलीसँग छलफल भइरहेको र सोही मुताविक यो भ्रमण आयोजना गरिएको बताए । 


    भ्रमणको नेतृत्व उप–मेयरले गर्ने र पतञ्जीसँग पनि समन्वय गर्ने जिम्मेवारी उनलाई नै दिएको बताए । खर्चको विषयमा के हो भनी सोधेको प्रश्नमा नगर प्रमुख खाँणले नेपालको खर्च नगरपालिकाले र भारतको खर्च पतञ्जलीले व्यहोर्ने कुरा भएको बताए । तर यो भ्रमणको विषयमा पतञ्जलीले आधिकारिक पत्र भने नपठाएको बताइएको छ । नेपालभन्दा बाहिर भ्रमण गर्दा नेपाल सरकारको अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । पालिकाले सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखामा पत्राचार गरे पनि प्रक्रिया नपुगी आएकाले फिर्ता पठाइदिएको शाखा अधिकृत दिनेश ढकालले बताए । नगरपालिकाले जम्बो टोली लिएर भ्रमण गरेको विषयमा अहिले आलोचना भइरहेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij