२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

माण्डवी गाउँपालिकामा शिक्षकहरुको मनपरी काज सरुवा

माण्डवी गाउँपालिकामा शिक्षकहरुको मनपरी काज सरुवा

माण्डवी गाउँपालिकामा शिक्षकहरुको मनपरी काज सरुवा

माण्डवी गाउँपालिकामा शिक्षकहरुको मनपरी काज सरुवा

माण्डवी गाउँपालिकामा शिक्षकहरुको मनपरी काज सरुवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • प्युठान। माण्डवी गाउँपालिकाले पालिका भित्र कार्यरत शिक्षकहरुको मनपरी काजसरुवा गर्न थालेको छ।शिक्षा ऐन भन्दा बाहिर रहेर मनपरी काजसरुवा गरेको भन्दै आइतबार नेकपा एमाले र रास्वपा र वडाध्यक्ष समेत पालिकामा बिज्ञप्ति बुझाएको हो ।

     
    शिक्षा ऐनमा बिशेष अवस्थामा बाहेक शिक्षकको सरुवा शैक्षिक सत्रको सुरु वा अन्त्यमा गरिनेछ।बिशेष अवस्था भन्नाले निज सो बिद्यालयमा रहन सक्ने, बिषयगत दरबन्दी आवस्यक नरहेको, स्वास्थ्यमा समस्या, अपाङ्गता तथा पतिपत्नी संगै रही सेवा गर्न पाउने अवस्था वा अन्य चित्तबुझ्दो कारण समेत बुझिनेछ भनेर ऐनमा स्पष्ट लेखेको छ।तर माण्डवी गाउँपालिका गाउँ शिक्षा समितिका अध्यक्ष एवं माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा साउन २२ गते बसेको बैठकले १५ जना शिक्षक सरुवा गर्ने निर्णय गरेको थियो। शिक्षक सरुवा बिषयमा शिक्षा समिति संयोजकलाई नै सम्पर्क गर्नुहोस मलाइ होइन भन्दै अध्यक्ष अधिकारीले फोन काटेका थिए ।


    उता माण्डवी गाउँपालिका शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले पालिकाले चाहे आवस्यकता  अनुसार पालिका भित्र जुनसुकै जतिबेला पनि शिक्षक काजसरुवा गर्नसक्ने बताइन।निमावी तहमा स्थायी शिक्षक नै प्रधानाध्यापक हुनुपर्ने हुँदा सरुवामा थपघट भएको समेत शिक्षा शाखा कार्कीको भनाई छ।   


    माण्डवी गाउँपालिका शिक्षक महासंघका अध्यक्ष खिमानन्द पोख्रेलले साउन २२ गते गाउँपालिकामा बसेको बैठमा शिक्षक काजसरुवा गरेको निर्णयमा हस्ताक्षर गरेका छन्। शिक्षक तथा महासंघका अध्यक्ष पोख्रेललाई टेलिफोन सम्पर्कमा कुरा गर्न खोज्दा पछी कुरा गर्छु भन्दै फोन काटेका थिए।केहि समयपछि फोन सम्पर्क गर्दा म कक्षा कोठामा छु भन्दै फेरी फोन काटे।

     
    माण्डवी गाउँपालिका वडा– १ का वडाध्यक्ष बाम बहादुर बुढाले  शिक्षक काजसरुवामा तहगत, बिषयगत र  शिक्षक सरुवा गर्ने समय पनि नभएको हुँदा प्रस्ट राजनीति प्रतिसोध र दम्भ भएको आरोप लगाए।साथै वडाध्यक्षलाई कानुनि व्यवस्थामा बाल विकास बिद्यालयलाई संरक्षण गर्ने अधिकार वडामा हुँदा हुँदै पनि गाउँपालिका शिक्षा समितिले ठाडो कानुन मिचेर बालबिकास सहजकर्तालाई समेत काज सरुवा गरेको हुँदा यसले समग्र माण्डवीको शिक्षा क्षेत्र तहस नहस हुँदै गइरहेको समेत वडाध्यक्ष बुढाले बताए ।


    प्रधानाध्यापक नियुत्ती गर्दा बिद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी नगराई पालिका गाउँ शिक्षा समितिले नियुत्ति गरेको छ, यो ऐन बिपरित भएको माण्डवी गाउँपालिका वडा–३ का वडाध्यक्ष धनेन्द्र कार्कीले बताए।पालिकाले साउन २२ गते गरेको शिक्षक काज सरुवामा पनि राजनिति प्रतिसोध र हचुवाको भरमा शिक्षक काज सरुवा गरेको उनले आरोप लगाए ।   


    माण्डवी गाउँपालिकाका संस्थापक अध्यक्ष श्रीधर रोका मगरले शिक्षा ऐन नै नपल्टाई पालिकाले शिक्षकहरुको काजसरुवाको बिषयलाई कार्यपालिकाले मनपरी निर्णय गरेको बताए।शिक्षक काजसरुवाको  बिषयमा वडाध्यक्ष, सरोकारवाला र बुद्धिजीवीहरु पालिकामा उपस्थित भएर ध्यानाकर्षण पत्र बुझाएको र आइतबार प्रेश बिज्ञप्ति माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीलाई बुझाएको रोकाले जानकारी दिए।माण्डवीमा शिक्षा क्षेत्र मात्र नभएर समग्र पालिकाले गरेको हरेक गतिबिधीहरु नजिक बाट नियालिरहेका हुँदा अब खबरदारी सँगै आवस्यक परेमा सहकार्य गर्ने समेत संस्थापक अध्यक्ष रोकाको भनाई छ।        
    माण्डवी गाउँपालिका–३ बगैचा स्थित भुवनेश्वरी निमावीका प्रधानाध्यापक पदम घर्तीले यतिबेला काज सरुवा गर्ने, तहगत र बिषयगत नमिलेको, कार्यविधि बिना र भातृ संगठनका आधारमा शिक्षकहरुको काजसरुवा गरेको आरोप लगाएका छन्।
    शिक्षक काज सरुवाको बिषयमा माण्डवी गाउँपालिकावडा –१,३ का वडाध्यक्ष र ५ का बा वडाध्यक्ष कमला खड्काले बिज्ञप्ति निकाल्दै साउन २२ गते गाउँपालिका शिक्षा समितिको बैठकले काजशिक्षक सरुवामा बिधि र प्रकृया बिपरित र साउन २३ गते कर्मचारी सरुवा अब्यवहारिक भएको भन्दै भदौ ५ गते बिज्ञप्ति समेत निकालेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij