२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुरक्षित कार्यस्थल बनाउने रम्भाको अभियान

सुरक्षित कार्यस्थल बनाउने रम्भाको अभियान

सुरक्षित कार्यस्थल बनाउने रम्भाको अभियान

सुरक्षित कार्यस्थल बनाउने रम्भाको अभियान

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • पाल्पा 
    कार्यस्थलमा महिलाले भोग्दै आएको मौन पीडा, असुरक्षा र आत्मसम्मानमा हुने चोटलाई अन्त्य गर्न रम्भा गाउँपालिकाले  प्रभावकारी  कदम चालेको छ । गाउँपालिकाले भदौ १७ गते ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारसम्बन्धी आचार संहिता २०८२’ सार्वजनिक गर्दै कार्यस्थल सुरक्षित बनाउन औपचारिक अभियान सुरु गरेको हो । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले कार्यपालिकाको बैठकबाट आचार संहिता पारित गरेर कार्यान्वयनको लागि राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेका छन् ।

     रम्भा गाउँपालिकाको जुनसुकै कार्यस्थलमा कुनै पक्षमाथि यौनजन्य दुव्र्यवहार नहुने, भइहालेमा पीडित पक्ष वा तेस्रो पक्षबाट पनि उजुरी गर्न पाउने, उजुरी उपर कानुनी कारबाही देखी क्षतिपूर्तिसम्मको व्यवस्था रहेको उनले बताए । आचार संहिता जारी गर्न महिला कानुन र विकासमञ्च, महिला कल्याणसंघ पाल्पाले सहजीकरण गरेका थिए । 


     यौन दुरव्यवहार  आचार संहिताको आवश्यकता 
    सरकारी, गैर सरकारी तथा निर्माण कार्यस्थलमा महिलाले भोग्ने दुरव्यवहारको समस्या जटिल रहेको छ । कानुनको अभावमा पीडितहरुले पीडा लुकाएर बस्नु पर्ने बाध्यता  रहेको छ ।  धेरैजसो घटना उजागर नहुने, पीडित मौन बस्न बाध्य हुने, उजुरी गर्दा सामाजिक बदनामी वा उपल्लो स्तरको कर्मचारीले तल्लो तहका कर्मचारीलाई दबाउने, काममा गलत सिफारिस गर्ने जस्ता कृयाकलाप हुने गरेका छन् ।  कार्यस्थललाई सुरक्षित, विशेष गरी महिला कामदारलाई आत्मसम्मान बढाउन आचार सहिता आवश्यक रहेको  जिल्ला समन्वय समिति पाल्पाकी काशिका गैरेले बताइन ।  सुरक्षित कार्यस्थल बिनाको विकास सम्भव छैन  त्यसैले यस्तो आचार संहिता अपरिहार्य भएको हो, उप– प्रमुख गैरेले जोड दिइन । 


    आचार संहिताको कारण हुने फाइदा 
    आचार संहिता कार्यान्वयन हँुदा सबैभन्दा बढी महिलाहरुलाई फाइदा पुग्नेछ ।  आचार संहिताको कारण महिला मात्र  नभई पुरुष कर्मचारी पनि सुरक्षित महसुस गर्नेछन् । कार्यालयको सेवाप्रवाहमा गुणस्तर बढ्नेछ, । कर्मचारीहरु ढुक्क भएर काम गर्ने छन् र  दक्ष जनशक्तिको विकास हुनेछ । समग्रमा संस्थाको विश्वसनीयता उच्च हुने हुनेछ । यसले पीडितलाई मौन बस्नुपर्ने बाध्यता हटाउनेछ र दोषीलाई सजाय हुने वातावरण सुनिश्चित गर्नेछ ।  पीडितको अधिकार स्थापित गर्न,  गोपनीयताको सुरक्षा, कानुनी सहायता, मनो–परामर्श सुविधा र आवश्यक परे पुनःस्थापना सहयोगमा आचार संहिताबाट सहयोग पुग्ने छ । यो केवल महिलाको मात्र  मुद्दा होइन, कार्यक्षेत्रमा काम गर्ने सबैको सामूहिक सुरक्षा र सम्मानको सवाल रहेको महिला कानुन र विकास मञ्चका निर्देशक रामप्रसाद श्रेष्ठले बताए । 


    आचार संहिताका मुख्य प्रावधानहरू
    कार्यस्थलमा हुने यौनजन्य दुरव्यवहारमा पीडित वा तेस्रो पक्षले लिखित वा मौखिक उजुरी दिन सक्ने व्यवस्था रहेको छ । उजुरीमाथि छानबिन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा महिला शाखा, कानुनी सल्लाहकार र महिला प्रतिनिधि सदस्य रहने छन् । समितिले प्रारम्भिक तथ्य संकलन, गोपनीय सुनुवाइ, प्रमाणका आधारमा चेतावनीदेखि निलम्बन, पदमुक्त, जरिवानाको सिफरिस सम्बन्धित निकायमा गर्न सक्नेछ । यो आचार संहिता रम्भा गाउँपालिकाभित्र २०८२ भदौ १६ गतेदेखि पूर्णरुपमा कार्यान्वयनमा आएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए । 


    सबै  कार्यालय तहमा आचार संहिताको व्यवस्था 
    यो केवल रम्भा गाउँपालिकाको मात्र अभ्यास होइन, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन २०७१ अनुसार  प्रदेश, संघीय सरकारका  कार्यालयहरु र  सबै स्थानीय तहले अनिवार्य रुपमा यस्ता आचार संहिता बनाउनुपर्छ । हामीले वर्षौँदेखि यो माग गर्दै आएका थियौँ ।  आचार संहिता त जारी भएको छ, अब चुनौती भनेको कार्यान्वयन हो । आचार संहितालाई कागजमै सीमित नगरी कार्यान्वयनमा सबैको सहयोग जरुरी रहेको महिला कल्याण संघकी अध्यक्ष नारायणी खनालले बताइन । आचार संहिताको कार्यान्वयनले सुरक्षित कार्यको लागी वातावरण निर्माण हुने, कामदारमा जोश जागर उत्साह, आत्मबलमा बढाउने,  गुणस्तरीय काम तथा उत्पादकत्व बढाउने, संघ संस्थामा  जनशक्ति टिकाउने र संस्थाको विश्वसनीयता उच्च बनाउने देखिन्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij