२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रमुख प्रशासकीय अधिकृत खनालको स्पष्ट दृष्टि

प्रमुख प्रशासकीय अधिकृत खनालको स्पष्ट दृष्टि

प्रमुख प्रशासकीय अधिकृत खनालको स्पष्ट दृष्टि

प्रमुख प्रशासकीय अधिकृत खनालको स्पष्ट दृष्टि

प्रमुख प्रशासकीय अधिकृत खनालको स्पष्ट दृष्टि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • अविजित पन्थी
    अर्घाखाँची
    वि.सं. २०४९ सालमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ९ मा जन्मिएका सुवर्ण खनाल हाल पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन् । गाउँकै साधारण परिवेशमा हुर्केका खनालले प्रारम्भिक शिक्षा गाउँमै हासिल गरेपछि उच्च शिक्षा प्राप्तिका लागि निरन्तर संघर्ष गरे । विज्ञानप्रतिको रुचिका कारण त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकोत्तर गर्न सफल हुँदा उनको ज्ञानप्रतिको जिज्ञासा त्यत्तिमै सीमित भएन । कानुन र न्यायबारे गहिरो बुझाइ आवश्यक छ भन्ने ठान्दै हाल एल.एल.बी. अध्ययन पनि जारी राखिरहेका छन् ।


    वि.सं. २०७६ सालमा निजामती सेवामा प्रवेश गरेपछि खनालले अर्घाखाँची जिल्ला अदालतमा प्रारम्भिक अनुभव संकलन गरे । त्यसपछि गुल्मीस्थित कोष तथा लेखा नियन्त्रण कार्यालय हुँदै भूमि व्यवस्था, शहरी तथा गरिबी निवारण मन्त्रालय काठमाडौंसम्म पुग्दै उनले करिब छ वर्ष लामो अनुभव हासिल गरे । यस अवधिमा उनले आर्थिक प्रशासन, नीति कार्यान्वयन, लेखा परीक्षण, सेवा प्रवाह र सुशासनका विविध पक्षमा प्रत्यक्ष काम गर्ने अवसर पाए । यिनै अनुभवको आधारमा अहिले पाणिनि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।


    खनाल भर्खरै मात्र पाणिनि गाउँपालिकामा आएका छन् । धेरै समय नभए पनि सुरुवातमै उनले गाउँपालिकाको प्रशासनिक सुशासन, जवाफदेहिता र चुस्त सेवा प्रवाहलाई प्राथमिकतामा राखेका छन् । उनको दृष्टिमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार गाउँपालिकाको समृद्धिको आधार स्तम्भ हुन् । उनले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै, कार्ययोजना अघि बढाउन सहकार्य र समाधानमुखी दृष्टिकोण अपनाएका छन् ।


    गाउँपालिकाले आफ्नै बजेटमार्फत् शिक्षा क्षेत्रमा धेरै कार्यक्रम अघि बढाएको छ । स्मार्ट कक्षा सञ्चालन, डिजिटल बोर्ड स्थापना, छात्रवृत्ति वितरण, पोषिलो खाजा, बालमैत्री कक्षा निर्माण र कम्प्युटर प्रशिक्षक कार्यक्रम सञ्चालन गर्ने नीति राखिएको छ । यी सबै कार्यक्रमहरूलाई खनालले कार्यान्वयन गर्न, गुणस्तरीय शिक्षा प्रवाह गर्न र शिक्षक तथा विद्यार्थीलाई सहजीकरण गर्न प्राथमिकता दिएका छन् ।


    स्वास्थ्य क्षेत्रमा पनि बजेटअनुसार पहलहरू तय छन् । हाल अन्तिम चरणमा रहेको १५ शैयाको अस्पताललाई सञ्चालनमा ल्याउने, सुरक्षित मातृत्व, पोषण, किशोरी मैत्री सेवा, आयुर्वेद, अपांगता उपचार सहायता, निःशुल्क औषधि वितरण, योग तथा ध्यान जस्ता सेवा प्रवाह गर्ने योजना छ । खनालले यी पहलहरूलाई छिटो प्रभावकारी रूपमा लागू गर्न, दुर्गम बस्तीका नागरिकसम्म स्वास्थ्य सुविधा पु¥याउन कार्यरत छन् ।


    कृषि तथा पशुपालनमा मौरीपालन, आलु खेती, बाख्रापालन, पशु खोप, कृत्रिम गर्भाधान, डोअर–टु–डोअर कार्यक्रम, “एक गाउँ–एक प्रविधिक” र “एक पालिका–एक भेटनरी डाक्टर” जस्ता कार्यक्रम बजेटअनुसार तय छन् । खनालले यी कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्दै कृषकलाई आधुनिक प्रविधि, तालिम र बजार व्यवस्थापनमा सहयोग पु¥याइरहेका छन् । साथै, वातावरण संरक्षणका लागि एक लाख बिरुवा रोप्ने योजनाको कार्यान्वयनमा पनि उनी सक्रिय रहेका छन् ।


    पूर्वाधारतर्फ प्रमुख सडक, अन्य मोटरबाटा, पुल, खानेपानी तथा भवन मर्मत योजनाहरू बजेटमै तय छन् । खनालले यी योजनालाई प्राथमिकतामा राख्दै निर्माण कार्य अगाडि बढाउन, सडक–पुलको मर्मत–संरक्षण सुनिश्चित गर्न, र पाणिनि तपोभूमि तथा सिस्ने खोलामा पर्यटकीय पुल निर्माणमार्फत् धार्मिक, सांस्कृतिक र पर्यटन विकासलाई अघि बढाउन कार्य गर्दै छन् । 
    साथै, पाणिनि तपोभूमिको लागि जग्गा प्राप्ति गरी संघ र प्रदेश सरकारबाट विनियोजित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा समेत उनी सक्रिय रहेका छन् ।


    रोजगारी सिर्जना, सीपमूलक तालिम, उद्यम विकास, होटल तथा आतिथ्य तालिम र स्वरोजगार प्रोत्साहन कार्यक्रम बजेटअनुसार लागू गरिनुपर्ने कार्यहरू हुन् । खनालले गाउँपालिकाका युवा वर्गलाई अवसर दिलाउन, रोजगार र स्वरोजगारलाई सहज बनाउन यी योजनाहरूको प्रभावकारी कार्यान्वयनमा जुटेका छन् ।


    त्यस्तै, दैवी प्रकोप व्यवस्थापन, मर्मत कोष, कर्मचारी कल्याणकारी कोष र गाउँसभा तथा वडास्तरीय योजनाका लागि छुट्टै व्यवस्था बजेटअनुसार छन् । खनालले यी व्यवस्थापनलाई पारदर्शी, प्रभावकारी र समयमै कार्यान्वयन गर्न ध्यान दिएका छन् ।
    उनको कार्यशैली संवाद, सहकार्य र समाधानमुखीपनामा आधारित छ । निर्वाचित जनप्रतिनिधि र प्रशासन एउटै लक्ष्यमा पुग्ने सहयात्री हुन् भन्ने विश्वासका साथ उनी गाउँपालिका अध्यक्षदेखि वडा प्रतिनिधिसम्म प्रत्यक्ष संवाद गर्दै सहकार्यमा जोड दिएका छन् ।


    ३२ वर्षकै उमेरमा यति ठूलो जिम्मेवारी सम्हाल्नु आफैंमा चुनौतीपूर्ण भए पनि खनालको परिपक्व सोंच, पेशागत इमान्दारी र पारदर्शी नेतृत्वले पाणिनीवासीमा नयाँ आशा जगाएको छ । सहकर्मीहरूले उनलाई इमान्दार, लगनशील र नविन सोंचका प्रशासकका रूपमा वर्णन गर्छन् भने नागरिकहरूले सुशासन, सेवा सहजता र पूर्वाधार विकासमा उनकै नेतृत्वबाट उपलब्धि हुने विश्वास राखेका छन् ।


    सुवर्ण खनालको जीवनयात्रा एउटा साधारण ग्रामीण युवाको संघर्ष, पढाइ र सेवाभाव हुँदै प्रशासनिक नेतृत्वसम्मको कथा हो । गाउँकै माटोमा हुर्केका एक युवा आफ्नो प्रतिभा, लगनशीलता र इमान्दारीका आधारमा प्रमुख प्रशासकीय अधिकृत बनेको देख्दा पाणिनिवासीहरू आशावादी बनेका छन् । पारदर्शिता, जवाफदेहिता र नतिजामुखी कार्यशैलीमार्फत् उनले पाणिनि गाउँपालिकालाई प्रदेशमै उदाहरणीय बनाउने लक्ष्य लिएका छन् । नागरिकहरू गर्वका साथ भन्न थालेका छन् – “पाणिनिको उज्यालो भविष्य अब सुवर्ण खनालको नेतृत्वमा सुरक्षित छ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij