२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाललाई नहेप्प

नेपाललाई नहेप्प

नेपाललाई नहेप्प

नेपाललाई नहेप्प

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • नेपालसँग एउटा कुरा रहेनछ, त्यो हो क्षेप्यास्त्र । अर्थात् बम बारुद । यी देखि बाहेक त सबै रहेछन् । क्षेप्यास्त्र निर्माण गर्न र प्रयोग गर्न नेपालले चाहेन । किन होला ? यसको पनि उत्तर छ । उत्तर हो शिवको देश, बुद्धको देश, पौराणिक सीता र मध्यकालीन भृकुटीको देश । 


    यस्ता महापुरुष र विभूतिहरुको देशले क्षेप्यास्त्र निर्माण र प्रयोग गर्नु शोभनीय हुँदैन पनि । त्यसैले हातहतियारको खेतीमा नेपाल लागेको छैन । कसैले घाँटीभरि रुद्राक्षको माला पहिरेर क्षेप्यास्त्र बोक्नु शोभनीय हुँदैन । उपयुक्त पनि हुँदैन ।
    सार्वभौमसत्ता सम्पन्न नेपालको भूमि, संस्कृतिमाथि थिचोमिचो भइरहने, लुटपाट र साँध मिचिरहने हो भने नेपाल देश र नेपाली जनता टुलुटुलु हेरेर बस्न सक्दैनन् । जननेता मदनभण्डारी भनिरहनुहुन्थ्यो– विपक्ष र संधियार जसरी आउँछ त्यो बेला नेपाल त्यसैगरी उपस्थित हुनु धर्म हो । धर्म निर्वाह गर्नका लागि महाभारत युद्ध भएको हो । कृष्णले  युद्ध नीति बमोजिम चल्न अर्जुनलाई आदेश दिएको कथा स्मरणीय छ । त्यस्तै जो कोहीले हेपिरहे– धर्म निर्वाह गर्दा नेपालले कताकता दुख्ने गरी नै अकु प्रेसर गर्नुपर्ने हुन्छ । त्यो अकु प्रेसर कुनै दिन सामान्य नभएर अनुमान गर्न नसक्ने खालको पनि हुन सक्छ । किन भने नेपाल देश भनेको आजका  जीवित मान्छेको मात्र होइन । यो देशको भूमि र संंस्कृति  त भोलिका सन्ततिको नै हो । त्यसैले नेपालमाथि छिमेकी वा कसैले पनि आक्रमण नगर्दा नै उसको कल्याण हुने देखिन्छ । तर दम्भ छ । त्यो दम्भ ठूलो छ । आफ्नो भू–भाग ठूलो भएको दम्भ छ । आफूसँग गोला बारुद र क्षेप्यास्त्र छ भन्ने कुराको दम्भ छ ।  शस्त्रअस्त्र र बम बारुद छ भन्ने दम्भ छ । ठूलो जनसंख्या छ भन्ने पनि दम्भ छ, हरेक कुरामा दम्भ र घमण्ड छ, त्यसैले हेप्छन्, हेप्ने संस्कार बनेको छ । त्यसैले हेप्ने संस्कार बसेको छ ।  सीमा मिच्ने बानी परेको छ, त्यो मिचाई एक ठाउँ होइन, दख्खिनतिरबाट हेर्ने हो भने त सयौं ठाउँ छ । प्रमुख रुपमा दख्खिना नै हो, लिपुलेकमा त उत्तरा पनि जोडिएछ । 


    सार्वभौम सम्पन्न, स्वतन्त्र नेपाललाई सोधपुछ नगरी दख्खिनाले दखिनबाट उत्तर चीनको तिब्बतसम्म सडक बनाउने काम गरेको छ  । लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूमि हो भन्ने प्रमाण पेश गर्दा गर्दै सडक निर्माण गर्ने ! कस्तो हेपाहा प्रवृृत्ति हो ! कस्तो मिचाहा प्रवृत्ति हो !


    नेपालका प्रधानमन्त्री केपी शर्मा ओली उपनिवेशवाद विरोधी वा जापानले चीनमाथि  आक्रमण गरेको सन्दर्भ र चीनले विजय प्राप्त गरेको सम्झनामा आयोजित शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ओली अहिले चीनमा हुनुहुन्छ । नेकपा एमालेका अध्यक्ष ओलीले मिचाहा दख्खिनाको झेंको झार्नु भएको छ । ओलीले झेंको झारेको बोली हो, गोलीले झेंको झार्न थाल्यो भन्ने कस्तो नमज्जा होला ! त्यो अवस्थामा कता कता जनधनको खति होला ! खति हुनु राम्रो होइन । 


    बुद्धको जन्मभूमि, शान्ति भूमि नेपालका जनता र सरकारले पनि सधैँ सधँै शान्तिको रुद्रमाला वा बोधिचित्तको माला जपेर बसिरहनु पर्छ भन्ने केही छैन !


    नेपालको परराष्ट्रनीति अहिले पनि पञ्चशीलमा आधारित छ वा पञ्चशीलले मार्ग दर्शन गरिरहेको छ । पञ्चशीलको अर्थ हो, सहअस्तित्वको सिद्धान्त हो । बाँच र बाँच्न देऊ भन्ने सिद्धान्तमा आधारित छ । 


    दक्षिणतर्फको देश भारतले पनि आफूलाई पञ्चशीलवादी ठान्दछ । पञ्चशीलको सिद्धान्तको कन्सेप्ट राख्ने एक जना नेता त जवाहार लाल नेरु नै हुन् । तर जवाहारलाल नेरु, इन्दिरा गान्धी, नरेन्द्र मोदीलगायत कसैले पनि पञ्चशीलको सिद्धान्तको भावना र अक्षरलाई कहिल्यै पनि मानेनन् र मान्दै छैनन् । पञ्चशीलको सिद्धान्त त विश्वलाई देखाउने सुनौलो साइनबोर्ड मात्र बनाएका छन् । त्यसैले सिक्किमलाई त्यही भारतले निल्यो भुटान भन्ने देश त छ । तर सुरक्षाको जिम्मा भारतले आफ्नो स्वामित्वमा लिइसक्यो । हाम्रो देशका सुस्ता, महेशपूरा मेचीतिरका र महाकालीतिरका नेपाली गाउँहरु कताकता भारतीय गाउँ बनेका छन् । र, बन्दैछन् । हाम्रो कुटी, गुञ्जी, नाभी कालापानीमाथि नाङ्गो आक्रमण गरेको वा दाह्रा नङ्गा धसेको विश्व जनमतले देखेको छ ।  अर्थात् पूर्वबाट पश्चिमबाट र दख्खिनबाट खेतबारीको साँध मिचुवा दुुष्टले अलि अलि कोतर्र्दै जमिन आफ्नोतिर पारे झै गरी पार्दैछ । लाज शर्म पचेकाले जे गरे पनि हँुदोरहेछ ।


    अन्त्यमा सरकारको कर्तव्य के ? आफ्नो राष्ट्रवादी नीतिलाई विश्व जनमत समक्ष प्रस्तुत गर्नु नै हो । जनताको कर्तव्य के  ? सरकारले उठाएका राष्ट्रवादी कदम र अभियानलाई  सकारात्मक ढंगले ग्रहण गर्नु नै हो । नागरिक समाजको कर्तव्य के ? नागरिक समाजको कर्तव्य भनेको जनतालाई राष्ट्रियताको पक्षमा प्रवाहित गर्नु नैै हो । 


     अहिले प्रधानमन्त्री केपी शर्मा ओली अर्थात् सरकारका प्रमुख जनवादी चीनको शिखर सम्मेलनमा हुनुहुन्छ । अहिले भारतले नेपालको सम्पूर्ण जमिन मिचेर चीनको तिब्बतसम्म सडक पु¥याएको र त्यसमा नेपालले पटक–पटक आपत्ति जनाउँदा जनाउँदै किन चीन र भारतसमेत मिलेर किन व्यापार गर्ने समझदारी गरेको हो भन्ने विषयमा नेपालले चर्काे आवाज उठाएको छ । नेपालले कडा आपत्ति जनाएको छ । विश्वका सचेत जनसमुदायको कानमा नेपाल तरंगित छ, झङ्कृत छ । भारतीय धेरै मिडियाकर्मीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि हुन् भनेका छन् र मोदीप्रति कडा आपत्ति जनाएका छन् । भनेपछि नेपाली मिडियाकर्मी, बुद्धिजीवि, सचेत नागरिक सबै यस अभियानमा सरकारलाई साथ दिन परेनर !

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij