२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दुग्ध किसानका पीडा

दुग्ध किसानका पीडा

दुग्ध किसानका पीडा

दुग्ध किसानका पीडा

दुग्ध किसानका पीडा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • लामो समयदेखि दुग्ध उत्पादक किसानहरूले उठाउँदै आएको बक्यौता भुक्तानीको माग सम्बोधन भएसँगै उनीहरूको आन्दोलन स्थगित भएको छ । सरकार र आन्दोलनरत दुग्ध संघसंस्थाहरूबिच भएको वार्तामा कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने सहमति हुनु सकारात्मक छ । चाडबाडको बेला किसान सडकमा आउन बाध्य हुनु अस्वभाविकै थियो । लामो समयदेखि पीडित किसानलाई भुक्तानी गर्ने उद्योगहरुले गरेको प्रतिबद्धता कार्यान्वयनको कसीमा हेर्न बाँकी छ ।


    सरकारी कम्पनी दुग्ध विकास संस्थान र निजी डेरीहरुले किनेको दूधको पैसा नपाएको किसानको भनाइ छ । दुग्ध किसानले महँगो दाना खुवाएर गरेको पशुपालनको लागत महँगो छँदैछ, अझ दुध बेचेको पैसा नपाउँदा झन समस्यामा परेका छन् । दुई वर्षयता किसान पशुमा लम्की स्कीनको प्रकोपले मारमा परिरहेका छन् । किसानका हजारौं पशु मरे । सरकारले प्रकोप प्रभावितलाई उचित राहत दिन पटक्कै ध्यान दिएन् । दूधको उत्पादन लागत बढ्दा बजार मूल्य नबढिरहेको र कमै भए पनि नियमित भुक्तानी रोकिदा किसानको पीडा धेरै छ । भुक्तानी नदिँदा किसान पशुपालन व्यवसायबाट पलायन हुने जोखिम बढेको छ । अहिले दुग्ध विकास संस्थान र विभिन्न डेरीहरुले कम्तिमा ६ अर्ब रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी  छ ।


    सशस्त्र द्वन्द्वकालमा किसानको दूध नियमित संकलनमा समस्या हुँदा धेरै किसान पलायन भए । दुग्ध विकास संस्थानले मिल्क होलिडे लागु गरेको थियो । क्रमशः बौरिएको दूध उत्पादन व्यवसाय अहिले पुनः पहिलेकै अवस्थामा पुगेको छ । कोभिड पछि विभिन्न मुलुकमा रोजगारी गुमाएर यहाँ आएका युवाले व्यवसायिक पशुपालन सुरु गरेका थिए । यही केही गरौं भन्नेका लागि पशुपालन आकर्षक व्यवसाय थियो । अहिलेको विकराल अवस्थाले युवा पलायनलाई झन बढाउने देखिन्छ, जो मुलुकका लागि दीर्घकालका लागि घातक हुनेछ । अहिलेको समस्या तत्काल आएको होइन्, सरकारले बजारको सुनिश्चितता नगर्दा आएको हो ।

    भारतबाट निर्वाध आउने पाउडर दूध र अन्य दुग्धजन्य पदार्थलाई बेलैमा रोक लगाउन सरकारको ध्यान गएन् । यद्यपि अहिले बल्ल केही दुग्धजन्य पदार्थमा रोक लगाइएको छ । कम्तिमा सेना र प्रहरीमा नेपाली पाउडर दूधको उपभोगको सुनिश्चित गर्ने हो भने दुग्ध विकास संस्थानलाई धेरै राहत हुन्थ्यो । दुग्ध विकास संस्थानलाई राहत हुँदा त्यसको प्रभाव किसानसम्म पुग्थ्यो । यहाँ उत्पादन भएको दूध भारत र बंगलादेश निर्यातको प्रबन्ध मिलाउने हो भने किसानका लागि ठूलो राहत हुन्थ्यो ।


    केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसनलगायत संस्थाहरूले किसानको अर्बौं बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै आन्दोलनमा उत्रेका थिए । सहमतिअनुसार २०८२ असार मसान्तसम्मको बाँकी बक्यौता ५ असोजभित्र भुक्तानी गरिनेछ । त्यसैगरी, साउन महिनासम्मको बक्यौता ३० असोजभित्र चुक्ता गरिनेछ ।


    भदौ महिनासम्मको बाँकी रहेको भुक्तानी भने कात्तिक मसान्तभित्र सम्पन्न गर्ने समझदारी भएको छ । थप सहमतिअन्तर्गत दुग्ध उत्पादक सहकारी संघसंस्थाहरूबाट लिइरहेको दूधको परिमाणमा कुनै कटौती नगरी निरन्तर संकलन गरिनेछ । साथै, सरकारले तोकेको किसानको दूधको न्यूनतम खरिद मूल्य देशभरिका सबै उद्योगहरूबाट अनिवार्य रूपमा लागु गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । सहमति पूर्णरुपमा कार्यान्वयन गरी किसानको पीडा बुझिदिनुपर्छ ।


    तत्काल सहमति कार्यान्वयन पहिलो शर्त हो । सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर दुग्ध व्यवसायी किसानको भविष्य सुनिश्चित गर्नुपर्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij