२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

डिंगरनगर सहकारीका १८०४ जनाले मागे बचत फिर्ता

डिंगरनगर सहकारीका १८०४ जनाले मागे बचत फिर्ता

प्रतिवेदनअनुसार सञ्चालक समितिबाट ८ करोड बढी अनियमितता, १२ करोड रुपैयाँ हिनामिना (खाए÷मासेको), २५ करोड रुपैयाँ अपचलन र ८५ करोड रुपैयाँ नीतिगत अपचलन भएको अडिट प्रतिवेदनले देखाएको थियो ।

डिंगरनगर सहकारीका १८०४ जनाले मागे बचत फिर्ता

डिंगरनगर सहकारीका १८०४ जनाले मागे बचत फिर्ता

प्रतिवेदनअनुसार सञ्चालक समितिबाट ८ करोड बढी अनियमितता, १२ करोड रुपैयाँ हिनामिना (खाए÷मासेको), २५ करोड रुपैयाँ अपचलन र ८५ करोड रुपैयाँ नीतिगत अपचलन भएको अडिट प्रतिवेदनले देखाएको थियो ।

डिंगरनगर सहकारीका १८०४ जनाले मागे बचत फिर्ता
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • बुटवल
    रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका एक हजार ८०४ जना बचतकर्ताले बचत फिर्ताको माग गर्दै निवेदन दिएका छन् । उक्त सहकारीमा शेयर सदस्यको ३३ करोड रुपैयाँ बढी बचत रहेको छ । 


    सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुलीले बचत अपचलन गरेको भन्दै उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी परेको दुई हप्ता बित्न लागे पनि प्रहरीले मुद्दा दर्ता गरेको छैन । 
    छानबिन समितिले एक महिना लगाएर तयार गरेको प्रतिवेदनको तथ्य–प्रमाणका आधारमा उनीहरुलाई पक्राउ गरी निक्षेप सुरक्षित र बचत फिर्ताको जाहेरी दिए पनि राजनीतिक चलखेलले ढिलासुस्ती गरिएको बचतकर्ताको आशंका छ । अध्यक्ष र सचिव नेपाली कांग्रेसका स्थानीय नेता हुन् ।  


    छानबिन प्रतिवेदनअनुसार सञ्चालक समितिबाट ८ करोड बढी अनियमितता भएको देखिएको छ । यस्तै, १२ करोड रुपैयाँ हिनामिना (खाए÷मासेको) , २५ करोड रुपैयाँ अपचलन र ८५ करोड रुपैयाँ नीतिगत अपचलन भएको अडिट प्रतिवेदनले देखिएको छ ।


    सहकारीको रकम हिनामिना प्रकरणमा कारबाही प्रकृया अघि बढ्दा त्यसले रुपन्देही ३ को उप–निर्वाचनलाई समेत प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ । सर्वसाधारण जनताको करोडौं रकम हिनामिना गर्ने अध्यक्ष, सचिव नेपाली कांग्रेसका स्थानीय नेता भएकाले यसको नकारात्मक असर नेपाली कांग्रेस पार्टीलाई समेत पर्ने स्थानीय कांग्रेस कार्यकर्ताहरु बताउँछन् । 
    सहकारी सञ्चालकले विभिन्न व्यक्तिका नाममा ३४ करोड ७ लाख ५५ हजार ८१४ रुपैयाँ गैरकानुनी  ऋण प्रवाह गरेको छ । ऋण प्रवाह गर्दा ९ करोड २८ लाख ३० हजार बराबरको मात्र धितो राखेको छ । यस हिसाबले सहकारीको कुल ऋणमध्ये २१ करोड ७४ लाख ६६ हजार ५४९ रुपैयाँ जोखिममा छ ।


    त्यस्तै, व्यवस्थापक वसन्त पराजुलीले ४ करोड ७० लाख ७६ हजार १२१ रुपैयाँ अनियमितता गरेको अडिट रिपोर्टले औंल्याएको छ । पराजुलीसँग उक्त रकमको ब्याजसहित ४ करोड ८० लाख ९७ हजार असुल्नुपर्ने देखिएको पनि अडिट रिपोर्टमा उल्लेख छ ।
    सञ्चालक समितिले ८ करोड २७ लाख ३१ हजार ४७६ रुपैयाँ अनियमितता गरेको हुँदा उक्त रकम समितिले जिम्मा लिनुपर्ने सुझाव पनि अडिट रिपोर्टमा दिइएको छ ।


    अध्यक्ष, सचिव र व्यवस्थापकविरुद्ध सहकारी ठगीमा किटानी जाहेरी परेको र बचतकर्ताहरुबाट पनि बचत फिर्ताको उजुरी परेकाले भेरिफाइ गर्ने काम भइरहेको बताए ।

     
    ‘१८०४ जनाको सामूहिक उजुरी आएको हुँदा कतिपय उजुरीकर्ताको हस्ताक्षर नभएको पाइएकाले उहाँहरुलाई सम्पर्क गरेर भेरिफाइ गर्देंछौं, यो सकेपछि मुद्दा दर्ता होला ।’–इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले भने ।


    सहकारीबाट ऋण लिएका सञ्चालकहरुलाई उपस्थित भएर ऋण लिएको रकम यकिन गर्न भनिसकेकाले यसपछि अभियोजन अघि बढ्ने बताए । 


    किटानी जाहेरी परेपछि अनुसन्धान अगाडि बढेको हुँदा अनुसन्धान टुंगिएपछि अभियोजन गर्ने डीएसपी रानाले बताए । 


    व्यवस्थापक वसन्त पराजुली एक साता प्रहरीको हिरासत बसेर छुटिसकेका छन् भने अध्यक्ष र सचिवविरुद्ध पनि रुपन्देही जिल्ला अदालतले एक महिनाअघि नै पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरू अहिलेसम्म पक्राउ नपर्दा बचतकर्ताले राजनीतिक संरक्षणको आशंका गरेका छन् ।


    ‘अध्यक्ष तिवारी र सचिव थापा दुवैजना कांग्रेसका स्थानीय नेता हुन्, गृहमन्त्री पनि कांग्रेसकै भएकाले राजनीतिक आडमा उनीहरूलाई जोगाउने षड्यन्त्र गरिएको हो कि भन्ने धेरै बचतकर्ताहरूको आशंका छ,’ सहकारीका सदस्य कमल शर्माले भने–‘प्रहरीको सुस्तताले आशंका सत्य हो कि भन्ने बल पुगेको देखिन्छ ।’ 


    ऋण प्रवाह गर्दा फाइलमा प्रक्रिया पूरा नगरिएको, १० लाखभन्दा माथिको फाइलमा इञ्जिनियरिङ मूल्यांकन नगरेको, ऋण नलिएका व्यक्तिहरूको नाममा ऋण देखाई महिनाको अन्त्यमा देखिएको ऋण अर्को महिनाको पहिलो साता ‘शून्य’ बनाइएको, नक्कली सदस्यहरू बनाएर ऋण लगानी गरेको, ऋण लगानी गरेको ६ महिनापछि सदस्य बनाएको जस्ता बदमासी भएको प्रतिवेदनमा उल्लेख छ ।


    अध्यक्ष तिवारी १७ वर्षदेखि अध्यक्ष पदमा रहेका र सञ्चालक समितिमा एउटै दलका मान्छेको बर्चस्व रहेकाले मिलेमतोमा बचत अपचलन भएको आरोप छ ।


    प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा (१) मा, एउटै व्यक्ति लगातार एउटै पदमा दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्था छ ।


    सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री लामो समयदेखि फरार रहेकाले बचतकर्ताहरू अन्यौलमा परेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij