२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

१५ सय औं मोहम्मद जयन्ती मनाइयो (फाेटाेफिचर)

१५ सय औं मोहम्मद जयन्ती मनाइयो (फाेटाेफिचर)

१५ सय औं मोहम्मद जयन्ती मनाइयो (फाेटाेफिचर)

१५ सय औं मोहम्मद जयन्ती मनाइयो (फाेटाेफिचर)

१५ सय औं मोहम्मद जयन्ती मनाइयो (फाेटाेफिचर)
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • भैरहवा । भैरहवा सहित विश्वव्यापी रुपमा १५ सय औँ मोहम्मद जयन्ती मनाइएको छ ।  ईस्लामिक धर्म गुरु पैगम्बर हजरत मोहम्मदको जन्म दिनकै अवसरमा  रुपन्देहीको भैरहवामा ¥याली, जश्ने इद मिलादको कार्यक्रम, जीवनी वाचन, उपदेश र वाणीहरुको स्मरण गर्दे जन्मदिन मनाइएको हो । 

    मुस्लिम समुदायले महत्वपुर्ण यस दिनमा उहाँको अनुसरण सबैले गर्नुपर्ने भन्दै खुशयाालीको रुपमा पर्व मनाउने गरेका छन । 

    हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिना को १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको थियो । त्यसै दिनको खुसियालीमा यस दिनलाई मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि(रबिउलऔवल)को रुपमा मनाउने गरिन्छ ।

    भैरहवा र आसपास रहेका दर्जन बढि मस्जिद ,मदरसा मुस्लिम संघसंगठन, धार्मिक संघसंस्था तथा मुस्लिम अगुवाहरुकोे आयोजनामा भव्य ¥याली सहित धार्मिक सभा, जीवनी र विश्वभर फैलाएको धार्मिक सन्देशको बारेमा चर्चा गरि जन्मदिन मनाइएको छ । मोहम्मदको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । 

    भैरहवा सहित दोगहरा, गल्लामण्डी, बसडिलिया, पक्लिहवा, खजहना, खजुरिया, कठौतिया, उदयपुर, गोलिगढ, चैनपुर, बसन्तपुर, मदरसा र मुस्लिम समुदायको हजारैाँको सहभागितामा धार्मिक झण्डा, प्लेकार्ड र ईस्लामिक सन्देशका साथ नगर परिक्रमा गरेका छन ।  मुस्लिम समुदायले मस्जिद मदरसा र घरघर सजाउने, एक आपसमा शुभकामना आदानप्रदान गर्ने, मिठा परिकार बनाई प्रसाद सिरनीको रुपमा दिने गरिन्छ । 

    मोहम्मद जयन्तीको अवसरमा स्थानीय विभिन्न स्थानीय पालिकाहरुले सार्वजनिक विदा समेत दिएको छ । नेपाल सरकारले मोहम्मद जयन्तिमा सार्वजनिक विदा दिने भनि २०६९ साल जेठ ७ गते राष्ट्रिय मुस्लिम संयुक्त गठबन्धनसंग लिखित सम्झौता गरेपनि धर्मावल्म्बीहरुलाई मात्रै विदा दिदै आएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij