२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

समाचारप्रति आपत्तिजनक टिप्पणी गर्दै: नगरप्रमुख भण्डारी

समाचारप्रति आपत्तिजनक टिप्पणी गर्दै: नगरप्रमुख भण्डारी

समाचारप्रति आपत्तिजनक टिप्पणी गर्दै: नगरप्रमुख भण्डारी

समाचारप्रति आपत्तिजनक टिप्पणी गर्दै: नगरप्रमुख भण्डारी

समाचारप्रति आपत्तिजनक टिप्पणी गर्दै: नगरप्रमुख भण्डारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र २१ २०८२
शनिवार, भाद्र २१ २०८२

  • प्युठान।जनप्रतिनिधिको सुविधामा एक वर्षमै एक करोड खर्च शीर्षकमा प्रकाशित भएको समाचार प्रति  स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुखले आपत्तिजनक टिप्पणी गरेका छन्। 


    आव २०८० /०८१ को महालेखा प्रतिबेदनलाई श्रोत मानेर प्रकाशित समाचारप्रति नगरप्रमुख टेक प्रसाद भण्डारीले  स्वर्गद्वारी प्रमुखको सचिवालय फेसबुक पेजबाट लामो स्टाटस लेख्दै पत्रकारमाथि आरोपपूर्ण,तथ्यहीन भनाई पोस्ट गरेका हुन्।  

    बुधबार दैनिक लुम्बिनी पत्रिका र अनलाईन पत्रिका मार्फत स्वर्गद्वारी नगरपालिका जनप्रतिनिधिको सुविधामा एक वर्षमै एक करोड खर्च शिर्षकमा प्रकाशित भएको थियो।

    आर्थिक वर्ष २०८०/०८१ को अन्तिम महालेखा परीक्षकको प्रतिवेदनअनुसार पालिकामा जनप्रतिनिधिहरुको बैठक र अन्य भत्तामा ९८ लाख ३८ हजार खर्च भएको उल्लेख गरेको छ।तर नगरप्रमुख भण्डारीले महालेखा प्रतिबेदनलाई समेत तथ्यहीन,भ्रम र पत्रकारमाथि नै तुच्छ टिप्पणी गर्दै आफ्नो फेसबुक पेजबाट पोस्ट गरेका छन्।  


    पालिकाले वास्तविक रूपमा पदाधिकारी बैठक भत्तामा विनियोजन गरेको रकम सबै स्थानीय तहमा बुझ्दै आएको समाचारमा प्रस्ट लेखिएको छ।तर भने नगरप्रमुखले  उत्त बिषयलाई स्वीकार नगरी उल्लेखित समाचारमा तुच्छ अभिव्यक्ति दिएका छन्।


    उनले  समाचारमा नगरपालिकालाई मात्र किटान गरेको, पूर्वाग्राही तरिकाले लेखेको,  कामै नगर्ने, कार्यक्रम नगरी पेट पाल्ने, मिहेनत नगर्ने, कमाई खाने भाडो, पेट भरीए सहि पेट नभरिए गलत,  जस्ता अभिव्यक्ति सामाजिक संजालमा पोस्ट गरेका छन्।उनका यी अभिव्यक्तिले सत्य कुरा बाहिर ल्याउनु नै गतल रहेको आशय बुझ्न सकिन्छ।


    यसरी मिडिया र पत्रकारमाथि खनिदै नगर प्रमुख भण्डारीले प्रेस स्वतन्त्रताको धज्जी समेत  उडाएको छन्। उता भने महालेखाको प्रतिबेदन समेतलाई भ्रम र तथ्यहीन भएको भन्दै नगरपालिकाले  आपत्ति समेत प्रकट गरेको छ। 


    उता शुक्रबार नगरपालिकाले  विज्ञप्तिमार्फत्  आव २०८०/०८१ को अन्तिम महालेखा प्रतिबेदनलाई श्रोत मानेर लेखिएको समाचारप्रति तथ्यहिन र भ्रामक रहेको भन्दै    स्वर्गद्वारी नगरपालिकाको प्रवत्ता सुरज संगम मगरले हस्ताक्षर गरेको विज्ञप्ति  सार्वजनिक गरेको छ।

     

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij