२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अन्नपूर्ण न्युरोको सेवा क्रिमसन अस्पतालबाट

अन्नपूर्ण न्युरोको सेवा क्रिमसन अस्पतालबाट

अन्नपूर्ण न्युरोको सेवा क्रिमसन अस्पतालबाट

अन्नपूर्ण न्युरोको सेवा क्रिमसन अस्पतालबाट

अन्नपूर्ण न्युरोको सेवा क्रिमसन अस्पतालबाट
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • बुटवल । न्युरोसम्बन्धी जटिल उपचार समेत अब क्रिमसन अस्पताल मणिग्राममा हुने भएको छ । अन्नपूर्ण न्युरो अस्पतालका न्युरो सर्जन डा.समृद्ध मल्लले आइतबारदेखि क्रिमसन अस्पतालमा सेवा सुरु गरेका छन् ।


    जटिल समस्याका बिरामीको उपचार तथा शल्यक्रियाको लागि नेपालका प्रख्यात न्युरो विशेषज्ञ डा.बसन्त पन्तसमेतको टीम अबदेखि क्रिमसनमै आउने भएको छ । अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा उपलब्ध गराउने सेवा स्थानीयस्तरमै उपलब्ध हुन सकोस् भनेर सम्झौता गरिएको क्रिमसन अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।


    दुर्घटना वा अन्य मष्तिष्कसम्बन्धी गम्भीर समस्याको लागि अहिले यस क्षेत्रका बिरामीहरु अहिलेसम्म काठमाडौं नै धाउनु पर्ने अवस्था छ । न्युरो अस्पतालसँग सम्झौतापछि यहि सेवा पाउँदा बिरामी र आफन्तलाई सजिलो हुनेछ ।


    क्रिमसन अस्पतालमा न्युरो सेवासहित हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, जनरल फिजिसियन, नाक, कान, घाँटी रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, छाति तथा फोक्सो रोग विशेषज्ञ, छाला तथा यौनरोग विशेषज्ञ, पेटरोग विशेषज्ञ सेवा उपलब्ध छन् । त्यसैगरी रेडियोलोजिष्ट, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, एनेस्थेसिया तथा सघन उपचार विशेषज्ञ, बालरोग विशेषज्ञ, नशा तथा मनोरोग  विशेषज्ञ, मृगौला रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, प्याथोलोजी फिजियोथेरापी सेवा पनि अस्पतालले दिँदै आएको छ ।


    अस्पतालमा भारतीय सेनाबाट अवकाश पाएका परिवार, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा गोर्खा वेलफेयरका सदस्यहरुलाई निःशुल्क उपचार हुने गरेको छ ।


    त्यसैगरी नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क प्रसूति सेवा, डायलाइसिस सेवा र मुटु उपचार सेवा पनि उपलब्ध रहेको छ ।


    अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष, क्रिटिकल केयर युनिट आइसियु, सिसियु, एनआइसियुलगायतका अत्याधुनिक प्रविधि पनि अस्पतालमा उपलब्ध छन् । 
    ( एडभरटोरियल )

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij