२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिमलताल पहिरोः १ महिला सहित १५ जनाको शव फेला, ६ जनाको सनाखत हुन बाँकी

सिमलताल पहिरोः १ महिला सहित १५ जनाको शव फेला, ६ जनाको सनाखत हुन बाँकी

सिमलताल पहिरोः १ महिला सहित १५ जनाको शव फेला, ६ जनाको सनाखत हुन बाँकी

सिमलताल पहिरोः १ महिला सहित १५ जनाको शव फेला, ६ जनाको सनाखत हुन बाँकी

सिमलताल पहिरोः १ महिला सहित १५ जनाको शव फेला, ६ जनाको सनाखत हुन बाँकी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • रामकुमार श्रेष्ठ / नवलपरासी । चितवनको सिमलताल पहिरोमा परी त्रिशुली नदीमा खसेको २ वटा बसमा रहेका यात्रुहरु मध्ये आज थप एक जनाको शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान अन्दाजी ३०/३५ बर्षीय पुरुषको शव नवलपुरका गैडाकोट ७ गैरी नारायणी नदीको बगरमा दबेर रहेको अवस्थामा शव भेटिएको हो । यो सहित उक्त दुर्घटनामा परेका १५ जनाको शव फेला परेको छ ।

    उक्त शव निकालेर भरतपुर अस्पताल चितवन पोष्टमार्टमका लागि पठाइएको छ । शवको सनाखत हुन सकेको छैन । भेटिएका १५ जना शव मध्ये ९ जनाको सनाखत भएको छ भने ६ जनाको अझै सनाखत हुन सकेको छैन ।

    वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र गणपति डिलक्सको बागमती प्रदेश ०३–००१ ख– २४९५ नम्बरको बस चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले बगाएर वेपत्ता भएको थियो ।

    name list lumbinipatrika.jpg
    undefined

    २ वटा बसमा गरेर ६५ जना यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले नाम सार्वजनिक गरेको छ । वेपत्ता बस र अझै ५० जना यात्रु फेला पर्न सकेका छैनन । अहिलेसम्म पूर्वी नवलपरासीमा ११ जना, चितवनमा ३ जना र पश्चिम नवलपरासीमा १ जना गरी १४ जनाको शव भेटिएको छ ।

    शव भेटिएका मध्ये सर्लाही जिल्लाको बरहथवा नगरपालिका ३ निवासी १९ बर्षीय रमित कुसुर माझी, चितवन जिल्लाको माडी नगरपालिका १ बस्ने २२ बर्षीय विकास परियार, भरतपुर महानगरपालिका २२ निवासी २३ बर्षीय सुदीप विक, भारतको सितामणी बर्गिनिया बस्ने २८ बर्षीय ऋषिपाल साह, सितामणी बेतिया निवासी ३० बर्षीय जयप्रकाश ठाकुर, सोही ठाउँका ३० बर्षीय सजाद अन्सारी, बारा जिल्लाको विश्रामपुर निवासी ४३ बर्षीय प्रमानन्द पण्डित, रौतहटको जमुनामाई गाउँपालिका ४ निवासी राहुम मिया र रौतहट जिल्लाको परुवा नगरपालिका ६ निवासी ४० बर्षीय ऋषिकुमार सिंहको सनाखत भएको छ ।

    ४ जना पुरुष, १ जना महिला र १ जना बालक गरी ६ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij