बुटवल । सोमबार दिनभर देशभर भएको जेनजीको आन्दोलनका कारण अस्तव्यस्त भनेको विद्यालय क्षेत्र बुटवलमा भने भोलि बन्द हुने भएको छ।
विशेष परिस्थितिका कारण भोलि (मिति २०८२ साल भदौ २४ गते) बुटवल उपमहानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरू बन्द हुने बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले जानकारी दिए।
बुटवल उपमहानगरपालिकाले आज सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूलाई एक दिनका लागि बिदा दिन अनुरोध गरेको हो।
नगर प्रमुख पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “वर्तमान विशेष परिस्थितिका कारण बुटवलस्थित सम्पूर्ण विद्यालयहरूमा बिदा गरिएको व्यहोरा अनुरोध छ।”




