२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देहीकोे जनजीवन सामान्य बन्दै, पत्रकारहरुको अगुवाईमा बजार चलायमान गराउन शान्ति र्याली

रुपन्देहीकोे जनजीवन सामान्य बन्दै, पत्रकारहरुको अगुवाईमा बजार चलायमान गराउन शान्ति र्याली

रुपन्देहीकोे जनजीवन सामान्य बन्दै, पत्रकारहरुको अगुवाईमा बजार चलायमान गराउन शान्ति र्याली

रुपन्देहीकोे जनजीवन सामान्य बन्दै, पत्रकारहरुको अगुवाईमा बजार चलायमान गराउन शान्ति र्याली

रुपन्देहीकोे जनजीवन सामान्य बन्दै, पत्रकारहरुको अगुवाईमा बजार चलायमान गराउन शान्ति र्याली
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • भैरहवा ।  रुपन्देहीको अवस्था सामान्य बन्दै गएको छ । जेन–जीको आन्दोलन पछि विग्रिएको अवस्था पछि जारी भएको कफ्र्युर निषेधाज्ञाले जनजीवन प्रभावित बनेको थियो । विस्तारै बजार चलायमान गराई पूर्वअवस्थामा ल्याउनका लागि शुक्रबार सिमा विन्दु बेलहियाबाट शान्ति–सद्भाव ¥याली समेत निकालिएको छ । पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबको अगुवाईमा बजार चलायमान गराउने र शान्ति कायम गराउनका लागि सबैलाई अनुरोध गर्दै युवा तथा विभिन्न संघ संस्थाहरुको सहकार्यमा ¥याली गरिएको हो । बेलहियाबाट सुरु भएको ¥याली आखाँ अस्पताद, देवकोटा चोक हुदै बुद्ध चोक सम्म आएको थियो । 

    ¥याली समापनको क्रममा बोल्दै युवा सागर ज्ञवालीले भ्रष्टाचार विरुद्धको शान्ति पूर्ण आन्दोलनमा केही घुसपैठ साथीहरुले गर्दा मानवीय र संरचनामा क्षति पुग्ने कार्य भएकोमा हामी दुखित छौ । क्षति भन्दा पनि परिवर्तनका लागि भएको आन्दोलनले नयाँ पुस्तामा र नयाँ बाटोमा लगेको बताउदै अब नयाँ नेपाल बनाउने तर्फ लाग्ने, आन्दोलन, तोडफोड आगजनी भन्दा टाढा रही सद्भाव शान्ति सुशासन कायम गरी बजार चलायमानको सुरुवात गर्न आग्रह गरे ।

    यस्तै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक डाक्टर टोकराज पाण्डेले जिल्लामा घटेको अप्रिय घटनाले हामी मर्माहित भएको बताउदै जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न सबै हातेमालो गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए । सबै नागरिक विना वर्दीको प्रहरी हो र प्रहरी वर्दी सहितको नागरिक भएकोले अबको कार्यमा सुरक्षाकर्मी, प्रशासनलाई साथ सहयोग समर्थन गरि शान्ति सुव्यवस्था कायम गर्नमा सहयोगको आव्हान गरे ।

    उनले पछिल्लो समय भएको आगजनी, तोडफोड, लुटपाट र उत्सृङखल कार्यमा संलग्नको पहिचान हुदैछ, सामाजिक संजाल, भिडियो, फुटेज र फोटोको माध्यमबाट उनीहरुको पहिचान भएकोले पक्राउ गरि कानुन अनुसारको कारवाही प्रक्रिया अगाडि बढ्ने बताए । अराजक गतिविधी निम्त्याउनेलाई बल प्रयोग गरि नियन्त्रणमा लिई क्रमश अगाडि बढ्ने बताउदै उनले सबै मिडियाकर्मी, उद्योगी व्यवसायी र संघसंस्था, नागरिक समाज सबै नागरिकहरुमा सहकार्यका लागि अपिल समेत गरे । प्रजिअ पाण्डेले सबैलाई पेशा, व्यवसाय मर्यादित र सुरक्षीत ढंगले अगाडि बढाउन समेत अनुरोध गरे ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले युवाहरुका जायज माग सम्बोधन गर्दै संयमित भएर अगाडि बढ्नुपर्ने र युवाको जायज मागप्रति निजी क्षेत्रको ऐक्यबद्धता रहेको बताए ।  

    रुपन्देहीमा शुक्रबार विहान ६ बजे सम्म कफ्र्यु आदेश भए पछि बजार खुलाउन र पूर्ववत अवस्थामा ल्याउन शान्ति सद्भाव ¥याली निकालिएको हो । केही दिनयता लागु गरेको कफ्र्यु आदेश हटाएसँगै अवस्था क्रमशः सामान्य बन्दै गएको छ । अवस्था सामान्य भएपनि थप परिस्थतिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्थापन  गरेको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले कफ्र्यु हटाइएको छ । कफ्र्यु हटेसँगै बजार, यातायात, विद्यालय तथा अन्य सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

    लुम्बिनी प्रेस क्लब भैरहवा, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनका क्रममा केही व्यक्तिहरुले घुसपैठ गरेर सरकारी र निजी सम्पत्तिमाथि आक्रमण गरेको बताउदै शान्तिको कामना गर्दै शुक्रबार बिहान भैरहवामा शान्ति–सदभाव ¥याली निकालिएको बताए । उद्योगी–व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी, सुरक्षाकर्मी, सामाजिक संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागीतामा नेपाल–भारत सीमा नाका बेलहियादेखि बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाको बुद्धचोकसम्म ¥याली निकालिएको उनले भने। 

    शान्ति–सद्भाव र्‍यालीमा लुम्बिनी प्रेस क्लब सहित, रूपन्देहीको सिद्वार्थनगरमा रहेका पेसागत र व्यावसायिक संघसंस्थाहरू नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग बाणिज्य संघ, रूपन्देही, चेम्बर अफ कमर्स, रूपन्देही, सिद्धार्थ संजाल, रूपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्रालि, नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, रूपन्देही, सिद्धार्थ होटल संघ नेपाल, भैरहवा मर्निङवाक ग्रुप, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रूपन्देही, पश्चिमाञ्चल यातायात प्रालि लगायतको सहभागिता थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij