भैरहवा । रुपन्देही प्रहरीले कारागारबाट भागेका ७ कैदी नियन्त्रणमा लिएको छ । सोमबारदेखि नेपालका विभिनन ठाएमा भएको प्रदर्शन पछि कारागार कार्यालयमा भएको तोडफोड, आगजनी पछि विभिन्न जिल्लाबाट भागेका कैदखीबन्दीहरुलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो ।
रुपन्देही प्रहरीका अनुसार चितवन कारागारमा रहेका ४ जना, नवलपरासी कारगारमा रहेका १ जना र केन्द्रिय कारागार काठमाण्डौमा रहेका २ जना गरी ७ जना कैदी बन्दीहरुलाई प्रहरी कार्यालय र मातहतको टोलीले नियन्त्रणम लिएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।
कार्यालयका अनुसार चितवन कारागारबाट भागेका भारत हरियानाको नागिनामा बस्ने २४ वर्षिय सवारी अंगभंग मुद्धाका कैदी अब्बास खान, भारत उत्तर प्रदेश थाना बेहोजोईमा बस्ने ४८ वर्षिय लागु औषध मुद्धाका कैदी अनिल गिरी, भारत उत्तर प्रदेश थाना केलादेवी बस्ने ४१ वर्षिय लागु औषध मुद्धाका कैदी राजपाल सिंह र भारत उत्तर प्रदेश थाना बाह्रवंकी बस्ने ३८ वर्षिय सवारी ज्यान मुद्धका कैदी मोनु कश्याब नियन्त्रणमा आएका छन ।
यस्तै नवलपरासी कारागारबाट भागेका रुपन्देही सैनामैना नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ५२ की बहु(बिवाह मुद्धाकी कैदी करिस्मा राना, केन्द्रीय कारागार काठमाडौंबाट भागेका लागु औषध कोकिन मुद्धाका कैदी तान्जानियान नागरिक बर्ष ५३ को रामाधानी सिम्बा अुबुम्बा र लागु औषध कोकिन मुद्धाका कैदी तान्जानियान नागरिक बर्ष ४७ को त्वालिबकिपबु पसुवा लाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि सम्बन्धित ठाँउमा पठाइने छ ।




