२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जेनजी प्रदर्शनीका घाइतेको प्रादेशिक अस्पताल बुटवलमा  निशुल्क उपचार

जेनजी प्रदर्शनीका घाइतेको प्रादेशिक अस्पताल बुटवलमा  निशुल्क उपचार

जेनजी र अस्पताल बिच भयाे सहमती

जेनजी प्रदर्शनीका घाइतेको प्रादेशिक अस्पताल बुटवलमा  निशुल्क उपचार

जेनजी प्रदर्शनीका घाइतेको प्रादेशिक अस्पताल बुटवलमा  निशुल्क उपचार

जेनजी र अस्पताल बिच भयाे सहमती

जेनजी प्रदर्शनीका घाइतेको प्रादेशिक अस्पताल बुटवलमा  निशुल्क उपचार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • बुटवल । जेनजी रुपन्देहीको पहलमा हाल चलिरहेको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण युवाहरूको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क रूपमा हुने भएको छ ।

    जेनजी रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पतालबीच भएको सहमतिअनुसार आन्दोलनमा घाइते भएका सम्पूर्ण व्यक्तिहरूलाई आवश्यक उपचार तत्काल उपलब्ध गराइनेछ । अस्पताल प्रशासनले निःशुल्क उपचारका लागि विशेष व्यवस्था मिलाएको र यसबारेमा सबै घाइते तथा उनका परिवारलाई अस्पताल पुगेर सेवा लिन आग्रह गरिएको छ।

    आपतकालीन अवस्थामा सहयोगका लागि अस्पतालका मेसु डा। इन्द्र ढकाललाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । कुनै पनि आकस्मिक परिस्थितिमा घाइते तथा उनका परिवारले डा. ढकाललाई ९८५७०३५४४४ नम्बरमा सम्पर्क गर्न सक्नेछन् । यस नम्बरमार्फत तुरुन्तै आवश्यक उपचार र अन्य प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

    सोहि अस्पतालका मेसु ईन्द्र ढकालका अनुसार अहिले सम्म लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा लिन आएकाको संख्या अहिले सम्म १४ जना रहेको छ एक जनाको अप्रशन भई भर्ना भएको बताए । ढकालले भने अन्य घाईतेहरु बाहिरी निजि स्वास्थ्य संस्थामा उपचार गराईरहेको कुरा सुन्नमा आएको हुदाँ सम्पूर्ण घाईतेहरुलाई अस्पतालमा आई निशुल्क सेवा लिन अपिल गरेका छन घाईतेहरुलाई पहिलो प्राथमिक्तामा राखि सहज रुपमा उपचार गराउने डा। ढकालले बताए ।

    जेनजी रुपन्देहीका संयोजक आदित्य आचार्यले विज्ञप्तिमार्फत आन्दोलनका क्रममा घाइते भएका सबैलाई अस्पताल पुगेर सेवा लिन आग्रह गरेका छन् ।“हाम्रो आन्दोलनमा घाइते भएका प्रत्येक साथीलाई उपचारको हक सुनिश्चित गर्न यो पहल गरिएको हो । आपतकालीन अवस्थामा उल्लेखित सम्पर्क नम्बरमा फोन गरेर सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौँ,” संयोजक आचार्यले भनेका छन् ।

    आन्दोलनको क्रममा धेरै घाइते भएकाले उनीहरूको उपचारमा आर्थिक तथा व्यवस्थापकीय चुनौती आउने देखिएको थियो । सोही चुनौती समाधान गर्न जेनजी रुपन्देहीले अस्पताल प्रशासनसँग समन्वय गरी निःशुल्क उपचारको व्यवस्था गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij