२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अमेरिकी साम्राज्यवादले कसरी युगोस्लाभियालाई ध्वस्त गर्‍यो ?

अमेरिकी साम्राज्यवादले कसरी युगोस्लाभियालाई ध्वस्त गर्‍यो ?

अमेरिकी साम्राज्यवादले कसरी युगोस्लाभियालाई ध्वस्त गर्‍यो ?

अमेरिकी साम्राज्यवादले कसरी युगोस्लाभियालाई ध्वस्त गर्‍यो ?

अमेरिकी साम्राज्यवादले कसरी युगोस्लाभियालाई ध्वस्त गर्‍यो ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  •  

    सीनकेली 

    ---

    (पूर्वी युरोपमा रहेका ६ वटा राज्यहरू (बोस्निया–हर्जगोभिना, क्m्रोएशिया, म्यासेडेनिया, मन्टेनेग्रो, सर्बिया र स्लोभेनिया) मिलेर सन् १९१८मा युगोस्लाभिया निर्माण भएको थियो । दोस्रो विश्वयुद्ध पछि यो ‘संघीय समाजवादी गणतान्त्रिक युगोस्लाभिया’ बनेको थियो जसका नेता मार्सल जोसेफ ब्रोस टिटो थिए । सन् १९८० मे ४ मा टिटोको मृत्यु भयो । त्यसपछि युगोस्लाभियामा जातिय द्वन्द्व देखापर्न थाल्यो । टिटोको मृत्यु पछि सर्बियाका राष्ट्रपति स्लोबोदन मिलोसेभिकको उदय भयो । उनी सन् १९९७ जुलाई २३ मा उनी ‘संघीय समाजवादी गणतान्त्रिक युगोस्लाभिया’का राष्ट्रपति बने । सन् १९९९मा कोसोभोमाथि आक्m्रमण गरेका निहुँ बनाएर नाटोले युगोस्लाभियामा आक्m्रमण गर्‍यो । पछि कोसोभोबाट युगोस्लाभियाले सेना फिर्ता ल्याउने शर्तमा नाटोको आक्m्रमण रोकियो । सन् २०००मा राष्ट्रपतिको निर्वाचनमा मिलोसेभिकको हार भयो । त्यसपछि एउटा आन्दोलन देखापर्‍यो जसलाई अक्टोबर विद्रोह पनि भन्ने गरिन्छ । यो आन्दोलनसँगै मिलोसेभिकको पतन भयो । उनलाई नाटोले आक्m्रमण गरेको बखत मानव अधिकार उल्लंघन गरेको आरोपमा अन्तर्राष्ट्रिय अदालत हेगमा लगियो । सन् २००६ मा हेगमा मुद्दा चलिरहेकै समयमा सन् २००६ मार्च ११ मा उनको निधन भयो । उनको निधनको कारण हार्ट अट्याक बताइयो तर यसमा सँधै शंकाको ठाउँ रह्यो । मिलोसेभिकको पतन हुनुभन्दा पहिले नै सन् १९९१ देखि नै युगोस्लाभिया टुक्m्रिन थालेको थियो । स्लोभेनिया र क्m्रोएशियाले जुन १९९१ मा नै स्वतन्त्रता घोषणा गरेका थिए । मिलोसेभिकको पतनले यो युगोस्लाभियाको विखण्डन तीव्र बन्यो । सन् २००८को फेब्रुअरीमा सर्बियाले पनि स्वतन्त्रता घोषणा गरेपछि युगोस्लाभियाको पूर्ण विखण्डन भई नयाँ ६ वटा राष्ट्रहरू (स्लोभेनिया, क्m्रोएशिया, बोस्निया–हर्जगोभिना, म्यासेडोनिया (अहिले उत्तरी म्यासेडोनिया), मन्टेनेग्रो र सर्बिया) बने । 
    खासमा मिलोसेभिकको पतन र युगोस्लाभियाको विखण्डनमा अमेरिकी साम्राज्यवादको हात थियो । युगोस्लाभियामा कसरी अ‍ेमरिकी साम्राज्यवाद खेलेको थियो र त्यसको लागि कसरी अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू प्रयोग गरिएका थिए भन्ने यो लेखले प्रष्ट पार्दछ । यो लेख सन् २००१ जूनमा बेलायतको नयाँ कम्युनिष्ट पार्टीको प्रकाशन ‘द न्यु वर्कर’मा प्रकाशित भएको थियो । यसको अनुवाद र प्रकाशन नेपाल क्m्रान्तिकारी युवा संघले वि.सं. २०६४ मा गरेको थियो । उक्त प्रकाशनको सामान्य सम्पादन सहित पाहुरका पाठकलाई यहाँ प्रस्तुत गरिएको छ । — सम्पादक )

    सन् १९९९ मा ७८ दिनसम्म नाटोले बमबारी गर्दा युगोस्लाभियाली जनताले आफ्नो अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त हुँदा पनि आफ्नो राष्ट्रिय एकता कायम राखेका थिए । त्यस पश्चात १५ महिनामा एउटा ‘स्वतन्त्र मजदुर संघ’ को नेतृत्वमा भएका युवा प्रदर्शनहरू, मिलोसेभिकविरोधी लेखहरू, संयुक्त विरोध र हडतालहरू एउटा पृथक विषय बन्यो । यदि त्यसबेला पश्चिमी संचारमाध्यमहरूले गरेको प्रचार प्रसारमा भरपर्ने हो भने त्यो लोकप्रिय प्रदर्शनहरूको एउटा लहर थियो जसले एउटा घृणित सत्तालाई पल्टायो ।


    तर यी सबै कसरी भए ? युगोस्लाभियामा निर्वाचन हुँदा युगोस्लाभेली समाजवादीहरूले विपक्षी पार्टीहरूलाई अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सिआईए) को आर्थिक सहयोग पाएको र बारम्बार अमेरिकी हस्तक्षेप भएको चेतावनी दिएका थिए । ८ महिनामा त्यहाँ के भएको थियो भन्नेबारे त्यहाँ सबभन्दा नजीकबाट अध्ययन गर्नेहरूले शब्दमा बोलेका छन् ।

    गएको वर्ष अर्थात् सन् २००० को २० सेप्टेम्बरमा न्युयोर्क टाइम्सका पत्रकार स्टेफेन इर्लाङ्गरले ‘युगोस्लाभिया र हंगेरी अथवा सर्विया र मोन्टेनेग्रोका सिमानाहरूमा पैसाले भरिएका सुटकेश वा बाकसहरू ओसारपसार हुने जानकारी दिएका थिए ।’ ‘भ्वाइस अफ अमेरिका’का ब्यारी उडस्‌को यस सन्दर्भमा यस्तो धारणा थियो – ‘सहयोगदाताहरू सर्विया छिर्न नपाउने हुनाले सर्वियाली गैर–सरकारी संस्थाहरूको धेरैजसो बैठक हंगेरी, चेक गणतन्त्र र स्लोभाकियामा हुन्थ्यो र त्यही बैठकहरू नै सर्वियाको प्रजातान्त्रिक क्रान्तिको आधार बन्यो ।’

    ती १५ महिनाको अवधिमा के के भए भन्ने पत्ता लाउन र ती सबैको लागि आएको पैसाको स्रोत कुन हो भन्ने पत्ता लाउन एउटा लामो यात्राको आवश्यकता पर्दछ, त्यो यात्रा अमेरिकी राजधानी वाशिङ्गटनबाट शुरु हुन्छ र हंगेरीको राजधानी बुडापेष्टको एउटा पाँचतारे होटलमा अन्त्य हुन्छ । यस यात्रामा हामीले सेन्ट एण्ड्रिजाको ‘तीर्थाटन’ गर्नेछौ र अमेरिकाको फ्लोरिडा राज्यको अनुहारमा एउटा खाडल खन्ने अमेरिकी रिपब्लिकन पार्टीबाट निर्वाचन कसरी गर्ने भन्ने पाठ सिक्नेछौं । भियतनाम युद्धमा सहभागी र बाल्टिमोरका सेवानिवृत्त एक जँड्याहा अमेरिकी कर्णेलबाट अहिंस्रक प्रदर्शनहरू कसरी गर्ने हो भन्ने सिक्नेछौं । 

    सर्बियाको चारैतिर लागेको घेरा

    सन् १९९४ मा स्वतन्त्र युरोप रेडियो र रेडियो मुक्तिले युगोस्लाभियामा आफ्नो प्रसारण शुरु गर्‍यो । भ्वाइस अफ अमेरिका जस्तै यो पनि सिआइए कै एउटा सृजना थियो । सन् १९७१ त्यहाँ यस्ता मामिलाहरूमा सिआइएको संलग्नता यस्तो खुल्ला गुप्तता भइसकेको थियो कि अमेरिकी राज्य विभागले प्रत्यक्ष रूपमा आफ्नो रकम लगाउँथ्यो । फलतः यस्ता प्रचार युद्ध वा शीत युद्धका स्टेशनहरूले युगोस्लाभियाबाहेक बाँकी युरोपमा थोरैमात्र विश्वसनीयता प्राप्त गरेको थियो ।

    सन् १९९७ मा अमेरिकी राज्यमन्त्री म्याडिलिन अलब्राइटले सर्वियामा ‘स्वतन्त्र संचार’ को लागि ५० लाख डलरको सहयोग गर्ने घोषणा गरिन् । त्यो रकम प्राप्त गर्ने एउटा पक्ष मिलोसेभिकविरोधी व्यवसायिक रेडियो स्टेशन वी ९२ थियो र यसले सर्वियाभर ‘स्वतन्त्र’ रेडियो स्टेशनको संयन्त्र स्थापना गर्‍यो । भ्वाइस अफ अमेरिकाका अनुसार त्यस रेडियो स्टेशन स्थापना गर्न चाहिने उपकरणहरूको लागि युरोपेली आयोग, बिबिसी र जार्ज सोरस र भ्वाइस अफ अमेरिकाबाट स्थापना गरेको ओपन सोसाइटी इन्स्टिच्युसनले योगदान गरेको थियो । दक्ष ज्ञान र पैसाले अमेरिकी बी ९२लाई विश्वभर इन्टरनेटमा आफ्नो समाचार प्रसारण गर्न सफल बनायो ।

    सन् १९९६ मा बेल्ग्रेडस्थित अमेरिकी दूतावासले पूर्वी युरोपेली प्रजातन्त्रका लागि समर्थन (सिड) को कोषबाट १०० वटा स्वतन्त्र संचार संगठनहरूलाई प्रतिसंगठन २४ हजार डलर सहयोग दिएको थियो । क्भ्भ्म् ले सन् १९८९ यता अर्थात सन् २००१ सम्म त्यस क्षेत्रमा २ अरब ६० करोड डलर खर्च गरिसकेको थियो । सन् १९९६ मा मात्रै अमेरिकी सूचना निकायले भ्वाइस अफ अमेरिकाद्वारा अमेरिकामा संचालित ४ वटा कार्यशाला गोष्ठीहरूमा भाग लिनको लागि सर्वियाका २९ जना पत्रकारहरूको खर्च बेहोरेको थियो ।

    अमेरिकी सूचना निकाय र अन्य वाह्य ‘अनुदानदाता’ हरूको सहयोगमा सन् १९९९ देखि स्वतन्त्र विद्युतीय संचार माध्यममा टी.भी. र रेडियो नेटवर्क, एनेमसञ्चालन भयो । १८ वटा टी. भी. स्टेशनहरूमध्ये ६ वटाको सम्पूर्ण कर्मचारीहरूलाई अमेरिकाले ‘टी. भी. समाचार प्रसारण’ को लागि प्रशिक्षण दिएको थियो । ३३ वटा रेडियो स्टेशनहरूको लागि पनि तालिम उपलब्ध गराइएको थियो । छापाखानाहरूलाई अखबार छाप्ने कागजहरू र रकमहरूलाई कसरी संचालित गर्ने हो भन्नेबारे सल्लाह दिइएको थियो ।

    सन् १९९९ जुलाई २९ तारिखमा रोबर्ट गेलबर्ट अमेरिकी राष्ट्रिय सभाको परराष्ट्र सम्बन्ध समिति सामु सर्वियामा ‘स्वतन्त्र रेडियो स्टेसनहरू’ को ‘घेरा फैलिएको’ प्रमाण जुटाउन सक्षम भए । २० सेप्टेम्बर सन् २००० को दिन न्युयोर्क टाइम्सका स्टेफेन इलाङ्र्गरले ‘बेलग्रेडस्थित स्वतन्त्र पत्रकार र प्रसारकहरूलाई अमेरिकी सहयोग अधिकारीहरू आफूले कति रकम खर्च गरिरहेको छ भन्ने विषयमा ‘चिन्तित नहुन बताएको’ जानकारी दिएका थिए । अमेरिकी आदेशको अनुसरण नगरेसम्म टी. भी., रेडियो प्रसारण सेवा र टी.भी. स्टुडियोहरू नाटो बमबारीका शिकार बने ।

    हरेकको लागि उच्च तहको हवाइ यात्रा सुविधा– सांसद डेल बम्पर्स 

    सन् १९९९ जुलाई महिनामा भएको अमेरिकी राष्ट्रिय सभाको बैठकमा । पूर्वराजदूत गेलबर्टले ‘कोसोभो संकट शुरु भएको दुई वर्षको अवधिमा अमेरिकाले गैरसरकारी संस्थाहरू, राजनीतिक पाटीहरू, स्वतन्त्र संचारमाध्यम, युवा, प्रदर्शन र स्वतन्त्र मजदुर संघहरूलाई सहयोग गरी सर्वियाली प्रजातान्त्रिकरणको समर्थनमा १ करोड ६५ लाख डलर खर्च गरिसकेको कुरा स्वीकार गरे । 

    यी सबैको लागि आवश्यक रकम अमेरिकी राज्य विभागबाट आउँथ्यो र त्यसलाई वितरण ग्क्क्ष्ब् ले गर्थ्यो । ग्क्क्ष्ब् ले गर्ने अन्य कामहरू‘अमेरिकी नीतिहरूको विदेशमा परिभाषित गर्ने, विस्तार गर्ने र वकालत गर्ने हो । सन् १९९८ मा मात्रै उसले यस कार्यको लागि ४४ करोड ३० लाख डलर खर्च गरेको थियो । सन् १९९९ मा अमेरिकाले थोरै मात्र प्रचारमा आएको संगठन ‘प्रजातन्त्रको लागि राष्ट्रिय गुठी’ वा ‘प्रजातन्त्रको लागि राष्ट्रिय दान कोष’—एनइडि (ल्बतष्यलब िभ्लमयधmभलत ायच म्झयअचबअथ– ल्भ्म्) लाई २ करोड १० लाख डलर प्रदान गयो ।

    एनइडि पूर्वराष्ट्रपति रोनाल्ड रेगनका राष्ट्रिय सुरक्षा सल्लाहकार र सिआइएका निर्देशक विलियम क्यासीको मानस–पुत्र थियो । ‘निजी गैर–सरकारी प्रयासहरूबाट विश्वभरका प्रजातान्त्रिक संस्थानहरूको समर्थन गर्न’ सन् १९८२ मा रेगनले संसदबाट कोष अनुमोदन गराएका थिए ।

    उक्त विधेयकको मस्यौदाकार एलेन वेनस्टेन थिए । उनले पछि गएर ‘एनइडि ले अहिले गरिरहेका धेरै कार्यहरू २५ वर्ष अगाडि ऋक्ष्ब् ले लुकीछिपी गर्दथ्यो’ भन्ने कुरा स्वीकारे । एनइडि का अनुसार त्यसका ‘कार्यक्रमहरूले दीर्घकालीन अमेरिकी हितहरूलाई बढावा दिन्छन् ।’
    एनइडिले वर्तमान समयमा आफ्ना क्रियाकलापहरू क्युवा, जनवादी चीन, कंगो, दक्षिण अफ्रिका, सुडान, म्यानमार (बर्मा) र युगोस्लाभियामा केन्द्रित गरेको छ । रेगनका पूर्व सुरक्षा सल्लाहकार फ्रायड कार्लुसि र पूर्वनाटो सर्वोच्च कमाण्डर वेस्ली के क्लार्कलाई यस वर्ष नयाँ बोर्ड सदस्यहरूमा नियुक्त गरेबाट एनइडिका प्राथमिकताहरू थाहा पाउन सकिन्छ ।

    यसको विगतका १८ वर्षमा एनइडिले दिएका अनुदानहरूको मूल्यांकनबाट यसप्रवृत्तिको विषयमा बढी थाहा पाउन सकिन्छ ।
    सन् १९८० तिर निकारागुआमा रेगनले छेडेको अमेरिकादेखि निकारागुआसम्मको घृणित युद्धको बेला कर्णेल ओलिभर नर्थको ‘इरान – कन्ट्रा ‘प्रजातन्त्र अभियान’ को लागि एनइडिले रकम प्रदान गरेको थियो ।

    सन् १९९० देखि १९९२ सम्ममा यसले ‘क्युवाली अमेरिकी राष्ट्रिय कोष’ लाई २ लाख ५० हजार डलर सहयोग गरेको थियो । यसले सन् १९९६ को मंगोलिया निर्वाचनमा जालसाझी गरेको थियो । सन् १९८९ मा निकारागुआको सान्डिनिष्टाविरोधी गठबन्धनलाई ३० लाख डलर सहयोग गरेको थियो । यसले सन् १९९० मा बुल्गेरियाको प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारलाई र सन् १९९१ र १९९२ मा अल्बानियाको सरकारलाई ढाल्ने योजना बनाएको थियो ।

    सन् १९९४ देखि १९९६ सम्म अमेरिकी स्वतन्त्र श्रमिक विकास संस्थानलाई यसले १५ पटक गरी २५ लाख डलर सहयोग गरेको थियो । यस संस्थानलाई एनइडिले लामो समयदेखि विश्वका प्रगतिशील संघहरू ध्वस्त गर्न प्रयोग गर्ने गर्दथ्यो । सन् १९८० मा यो फ्रान्समा सक्रिय थियो र यसले फ्रान्समा कम्युनिष्ट पार्टीलाई चासोको विषय बनाएको थियो । सन् १९८४ मा प्रजातन्त्रको निम्ति राष्ट्रिय दान कोष एनइडिले ‘प्राध्यापकहरूको वामपन्थी संगठनको प्रतिकार गर्न अर्को एउटा मजदुर संघ जस्तो प्राध्यापक र विद्यार्थीहरूको संगठनलाई’ समर्थन गरेको थियो । विदेशलाई घृणा गर्न कम्युनिष्टविरोधी संगठन, फ्रान्सेली राष्ट्रिय अन्तर–विश्वविद्यालय संघलाई यसले १५ लाख डलर अनुदान दिएको विषयलाई ‘मुक्ति’ले उदांग्यायो ।

    एनइडिले आफ्नो कोषबाट एकतिहाइ जतिमात्र खर्च गर्ने गर्दछ । यसबाहेक बाँकी रकम अरु धेरै संगठनहरूबाट खर्च गर्थ्यो । तीमध्ये एउटा संगठन अन्तर्राष्ट्रिय श्रमिक ऐक्यवद्धता अमेरिकी केन्द्र हो र यो अमेरिकी मजदुर महासंघ (टुक) जस्तै (एएफएल–सिआइओ) सँग सम्बद्ध छ । सन् १९४७ देखि एएफएल–सिआइओले विश्वभरका मजदुर संघहरूलाई नष्ट गर्दै अमेरिकी राज्य विभाग र सिआइएको मोर्चाको रूपमा कार्य गर्दै आएको थियो ।

    त्यसले कम्युनिष्टविरोधी अन्तर्राष्ट्रिय स्वतन्त्र मजदुर महासंघको स्थापना गरेर विश्व मजदुर आन्दोलनलाई टुक्रयाउनुमा महत्वपूर्ण भूमिका खेलेको थियो । समाजवादी “देशहरू सामेल भएको विश्व मजदुर महासंघलाई पश्चिमा मजदुर आन्दोलनसँग कुनै पनि प्रकारको सम्बन्धबाट अलग्ग गर्न यसको स्थापना भएको थियो ।

    अर्को एउटा संगठन अन्तर्राष्ट्रिय निजी कम्पनी केन्द्रहो र यो अमेरिकी वाणिज्य संघसँग सम्वद्ध छ । यसले विकासशील विश्वमा स्वतन्त्र कम्पनीहरूलाई प्रोत्साहित गर्दछ र आफ्ना सदस्य कम्पनीहरूको लागि ठेक्का दिलाउन चिन्तित रहने गर्दछ । अन्तर्राष्ट्रिय गणतान्त्रिक संस्थान (आइआरआइ) र राष्ट्रिय प्रजातान्त्रिक संस्थान (एनडिआइ)ले क्रमशः अमेरिकी रिपब्लिकन र डेमोक्रेटिक पार्टीको हितहरूको प्रतिनिधित्व गर्दछ ।
    ‘द नेशन’ पत्रिकाका वाशिङ्गटनस्थित सम्पादक डेभिड कर्नले एनइडिको अनुदान प्राप्त गर्नेहरू रिपब्लिकन, डेमोक्रेटिक पार्टीका कार्यकर्ताहरू, रुढीवादी मजदुर संगठनवादीहरू र स्वतन्त्र व्यापारीहरूको सानो वृत्तको लागि एउटा संघीय राज्यको खर्चको योजना बनाएका थिए ।

    १३० डलर र एउटा मोबाइल फोन 

    पश्चिममा मिलोसेभिकविरोधी आन्दोलन ‘उनको अन्त्य भयो’ र ‘यही सही समय हो’ जस्ता नाराहरू भित्तामा लेखेर शुरुभयो । ‘तल्लैदेखि जग भएका प्रभावशाली राजनीतिक सङ्गठनहरू निर्वाचन अभियान व्यवस्थापन र निर्वाचन सर्वेक्षण जस्ता कार्यहरूलाई प्रोत्साहित गरेकोमा आफूलाई गौरवान्वित अनुभव गर्ने अन्तर्राष्ट्रिय गणतान्त्रिक संस्थानले युवा सङ्गठनहरू’ बनाउने जिम्मा लियो ।

    फ्लोरिडाका रिपब्लिकन गभर्नर र राष्ट्रपति बुशका भाइ जेव बुशले सन् १९९९ मार्च महिनामा आइआइआइको अथक कार्यले ‘विश्वमा प्रजातन्त्र, खुला समाज र विश्वभर स्वतन्त्रताको आशा बढाएको छ’ भनी बताए ।फ्लोरिडामा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनमा रिपब्लिकनहरूले हासिल गरेको अनुभव पूर्व युगोस्लाभियाको सन्दर्भमा अति मूल्यवान सावित भयो । मेसिडोनियाका प्रधानमन्त्री जर्जीवेस्किले स्पष्ट शब्दमा भने– ‘५३ वर्षमा पहिलो पटक मेसेडोनियामा कम्युनिष्टहरू सत्तामा पुगेन । हाम्रो विजय आइआरआइको सहयोगविना सम्भव थिएन ।’

    ‘सर्वियाली विद्यार्थी प्रदर्शन गराउने समूहलाई आफूले प्रशिक्षण दिएको’ भनेर आइआरआइले गर्वपूर्वक घोषणा गन्यो । यो समूहको नाम ओटपोर वा ‘प्रतिरोध’ (च्भकष्कतबलअभ) थियो । त्यो समूह सन् १९९८ अक्टोबरमा वेल्ग्रेड विश्वविद्यालयमा स्थापना भएको थियो ।स्थापनादेखि नै अमेरिकाले ओटपोरसँग सम्बन्ध राख्यो ।एनइडिका पाउल म्याककार्थीले ’अअसन् १९३९ अगष्टदेखि ओटपोरले उल्लेख्य मात्रामा डलर प्राप्त गर्न थालेको बताए । एनइडिबाट सबैभन्दा बढी रकम प्राप्त गर्ने संख्या इत्एइच् बन्यो । म्याक कार्थी, ओटपोरका नेताहरू भेट्न पोडगेरिका, मोन्टेनेग्रो, हंगेरीको सेगेड र बुडापेष्टमा जान्थे । 

    सन् २००० को एनइडिको प्रतिवेदनअनुसार सन् १९९९ मा स्लोभाकियाको राजधानी ब्राटिस्लाभास्थित ओटपोरका क्षेत्रीय कार्यालयहरूलाइएनइडिले ७ लाख ३५ हजार १७७ डलर सहयोग गरेको थियो र युगोस्लाभियामा सार्वजनिक कार्यक्रमहरू विशेष गरी अमेरिकी सहायता कोष जारी राख्नको लागि युसआइएले ‘विद्यार्थी आन्दोलनलाई सक्षम बनाउन भौतिक र सङ्गठनात्मक समर्थनको निम्ति’ ७४ हजार ७३५ डलर अनुदान दिएको थियो ।

    वासिङ्गटन पोष्टका माइकल डोब्सका अनुसार ‘यो पहिलो चुनाव एउटा समूहमाथि केन्द्रित क्रान्तिको परीक्षण थियो ।’ बजार प्रमुख मिलान स्टेभानोविकले बताए— अमेरिकाको यो नै वास्तविक वैज्ञानिक प्रमाणमा आधारित प्रथम रणनीतिक अभियान थियो ।’
    सन् १९९९ अक्टोबर महिनामा अन्तर्राष्ट्रिय गणतान्त्रिक संस्थानका डेनियल कालिनगार्टले ओटपोरका नेताहरूलाई हंगेरी र मोन्टेनेग्रोमा ७ देखि १० पटकसम्म भेटे । सन् २००० को ३१ मार्चदेखि ३ अप्रिलसम्म बुडापेष्टको हिल्टन होटलमा भएको गोष्ठीमा २४ जना ओटपोरका नेताहरूले भाग लिएका थिए । उक्त गोष्ठीमा कर्णेल रोबर्ट हेलभीले हड्ताल कसरी गर्ने, सङ्केतहरूबाट कसरी कुराकानी गर्ने, डर कसरी हटाउने र सरकारी निकायहरूलाई कसरी बेवास्ता गर्ने भन्ने कुरामा सम्बोधन गरेका थिए ।

    रिपब्लिकन अमेरिकीहरूले हिल्टन होटलमा आफ्नो डेरा जमाएका थिए । त्यो होटल पुरानो सहर भएको सुन्दर क्यासलजिल्लामा थियो । अमेरिकीहरूले चाहेजस्तो ३२२ वटा कोठाहरू भएको आधुनिक मापदण्डमा थोरैमात्र परेपनि तिनीहरू वातानुकुल बन्दोबस्त भएको, राम्रो नुहाउने ठाउँ र सानो रक्सी खाने भट्टीको समेत सुविधा भएको धक्कु लगाउँथे । मनमोहक वातावरणमा पियानोको संगीतले अन्तर्राष्ट्रिय पाहुनाहरूलाई सेवा पुऱ्याउँदै घुमन्तु जाति जिप्सीहरूको बाजा– गाजाको धुनमा त्यहाँ हंगेरियाली खाना पस्किइन्थ्यो । ओटपोरका प्रमुख श्रदा पोपोभिकको शब्दमा ‘एउटा सुविधा सम्पन्न होटलमा क्रान्तिको आयोजना गर्नु मुर्ख्याइँ हो तर अमेरिकीहरूले उक्त ठाउँको छनोट गरेका थिए ।’

    कर्णेल हेलभी लामो समयसम्म पैदल सैनिक थिए र उनले सन् १९८० को दशकमा भियतनाममा दुईपटक मात्र कार्य गरेका थिए । पछि उनी हार्भर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मामिलामा केन्द्रमा वरिष्ठ सैनिक अधिकारी बने । त्यहाँ उनी अन्तर्राष्ट्रिय मामिला केन्द्र  को अहिंसक नाकाबन्दी कार्यक्रम चलाउने जीन शार्पसँग नजिकिए । शार्पले सन् १९८३ मा अमेरिकाको दक्षिणी राज्यहरूमा भेदभावविरुद्धको अभियान र उपनिवेशी शासनविरुद्धको गान्धीको संघर्षको अध्ययनहरूमा आधारित रहेर नराम्रो नाममा ‘अल्बर्ट आइन्सटाइन संस्थान’ स्थापना गरे । शार्पका अनुसार ‘यी सबै राजनैतिक शक्ति खोस्नको लागि थियो १ यसबारे अरुको अगाडि अस्वीकार गरिन्थ्यो ।’

    सीराकज विश्वविद्यालयका लुइस क्रेसवर्गले ‘जीन शार्पको लिथुआनियाका कोही व्यक्तिहरू र वाल्टीक देशहरूका केही व्यक्तिहरूसँग बढी हेलमेल भएको’ कुरा स्वीकारेका छन् । ३ वटै वाल्टिक राज्यका नेताहरूले आफ्नो सोभियतविरोधी संघर्षहरूमा क्ष्च्क्ष् को संलग्नताको प्रशंसा गरेका छन् । 
    शार्पका उपायहरूलाई ‘भ्रातृहरूको उद्धार’ नामक सङ्गठनले क्युवामा उपयोग गयो । त्यसका नेता जोसे बासुल्टोले उक्त उपाय सफल हुने विश्वास व्यक्त गरेका थिए । सन् १९८३ देखि १९८५ सम्म हेलभी म्यानमार वा वर्माको अमेरिकी राजदूतावासमा अमेरिकी सुरक्षा पार्श्ववर्तीको सुरक्षा सहचरी थिए ।

    सन् १९९३ देखि १९९६ सम्ममा उनी आइन्सटाइन संस्थानका प्रशासनिक अधिकारी र ब्रुस जेन्किन र आइआरआइका माइकल मिचेलसँग मिलेर हाल गृह नजरबन्दमा रहेकी म्यानमारकी राष्ट्रिय प्रजातन्त्र लीगकी नेतृ आङ साङ सूचीका विद्यार्थी समर्थकहरूलाई प्रशिक्षण दिने कार्यमा संलग्न थिए । त्यसपछि हेलभी सीमा जोडिएको थाइल्याण्डमा गए । उनले आङ साङ सूचीका समर्थकहरूलाई प्रशिक्षण दिन जारी राखे तथा कारेन विद्रोहीहरूका जेनेरल बो म्यासँग पनि सम्बन्ध राखे । यी क्रियाकलापहरूबारे म्यानमार सरकारले संयुक्त राष्ट्रसंघीय महासचिव समक्ष गुनासोको औपचारिक पत्र पठाउने कार्यको आधार बन्यो ।

    सन् १९८८ देखि १९८९ सम्ममा उनी हङकङमा थिए र त्यही समयमा पेकिङको तियानमेन चोकमा प्रदर्शनहरू भएका थिए । त्यहाँबाट उनी बुडापेष्टमा क्ष्च्क्ष् को सहयोगमा युगोस्लाभियाली विद्यार्थीहरूको ओटपोरका नेताहरूलाई आफ्नो ‘राजनीतिक अवज्ञा’ पुस्तकको प्रयोग गर्न प्रशिक्षण दिए । सन् २००० को जुलाई महिनामा श्रदान मिलिभोजेभिक ‘उनको अन्त्य भयो’को नाराका साथ अगाडि आए ।

    त्यस पर्चा र स्टिकरहरू छापेपछि यो नाराबारे जनताको विचार जान्न मत सर्वेक्षण गरियो । ‘स्टिकर र बजार व्यवस्थापक’ विभागका प्रमुख इवो एण्डिकले न्यूयोर्क टाइम्सलाई भने– ‘त्यसबेला जनताको धारणा थाहा पाउने सर्वेक्षणका नतिजाहरू सान्है महत्वपूर्ण थियो ।’तिनीहरूले कसरी कार्य गरे भन्ने कुरा तलको उदाहरणबाट प्रस्ट हुन्छ ।

    एउटा सानो नगरबाट ओटपार संगठनमा सामेल हुन बेल्ग्रेडआएका आका राडिकलाई पोपोभिकले केही क्षणको कुराकानीपश्चात् पर्चाहरू, पोस्टरहरू, ओटपार टी–शर्टह, १३० अमेरिकी डलर र एउटा मोबाइल फोन दिए । न्युयोर्क टाइम्सका अनुसार उसलेभन्यो ‘म खुशी थिएँ, म तीशब्द प्रचार गर्न घर जाँदा आफू क्रान्तिकारी भएको अनुभव गरें ।’त्यसबेला औसत ज्याला ३०डलरभन्दा कम थियो, कालोबजारमा डलरको मूल्य चर्कोथियो ।

    सन् २००० मा अन्तर्राष्ट्रिय सम्बन्ध राख्ने स्लोबोदान होमेनअलब्राइटको सम्बोधन सुन्न बर्लिन पुगे तथा त्यसपछि क्रोएसियाका लागि पूर्वअमेरिकी राजदूत विलियम डी. मोन्टगोमेरसँग अमेरिकी दूताबासमा भेटे । अमेरिकी अधिकारीहरूसँग सल्लाह गर्न होमेनले ’दर्जनौं पटक यात्रा’ गरे १ यस सन्दर्भमा मोन्टगोमेरीको भनाइ थियो– म्याडिलिन अलब्राटकोलागि मिलोसेभिक उच्च प्राथमिकताको एउटा व्यक्तिगत विषय थियो, उनी मिलोसेभिकको पतन चाहन्थिन् र ओटपोर मिलोसेभिकको शासनसँग टक्कर लिन तयार थियो ।

    मिलोसेभिकको पतनभन्दा अगाडिका केही महिना सर्वियामा लागेको आगो, शक्ति, उत्साह, पैसा र हरेक चीजको ओइरो कहीं पनि ओइरेको थिएन । अमेरिकी सहयोग संस्थाका सह–प्रशासक डोनाल्ड एल प्रेस्लीले सन् २००० को लागि छुट्याइएको २ करोड ५० लाख डलरमध्ये कैयौं हजार डलर टिसर्ट र पर्चा जस्तो प्रदर्शनका सहायकसामग्रीहरूको लागि ओटपोरलाई दिइएको थियो । वासिङ्गटनस्थित रोन्को कन्सल्टिङले ‘उसको अन्त्य भयो’ लेखिएको २७ करोड २० लाख स्टीकरहरू छाप्न युगोस्लाभियामा नपाइने ५ हजार रंगको बट्टा र ८० टन विशेष कागतको आपूर्ति गरेको थियो । यसको लागि युएसएडले रकम वेहोरेको थियो । 

    पैसा भरिएको सुटकेसहरूको विषयमा ओटपारका मार्को डुरिक मिलोसेभिकले वासिङ्गटन मासिक लाई भने ‘सरकारमा केही भ्रष्टाचार हुँदा यस्ता पैसा आउने बाटाहरू रहे ।’

    एक दिनको ५ डलर
    दक्षिणी हंगेरीस्थित एउटा सानो नगर सेगेड युगोस्लाभ सीमाभन्दा १० मिनेटको मोटरको दूरीमा छ । त्यसको नजिकै एउटा सर्वियाली मन्दिर छ । सन् २००० को गर्मी याममा हजारौं युगोस्लाभहरूले क्ष्च्क्ष् को रकममा त्यहाँको भ्रमण गर्ने निर्णय गरे । सेगेडमा आइआरआइका जोन एनेलि ‘स्वतन्त्र निर्वाचन पर्यवेक्षकहरूलाई’ प्रशिक्षण दिने तयारीमा जुटेका थिए । उनले भने– ‘हामीहरूले ती युगोस्लाभियालीहरूलाई निर्वाचनबारे सिकाउन नक्कली मतदान बाकस राखेर मतदान केन्द्रहरू बनायौ र मतदानका सबै प्रक्रियाहरू तिनीहरूलाई सिकायौं ।’

    इत्एइच् का ४०० सदस्यहरूले अमेरिकी प्रशिक्षण प्राप्त गर्न सेगेडको भ्रमण गरे तथा त्यहाँबाट फर्केर थप १५ हजारलाई तिनीहरूले तालिम दिए । निर्वाचनको दिन हरेक ‘स्वतन्त्र’ पर्यवेक्षकलाई ५ डलर दिइयो । त्यो रकम अमेरिकी राज्य विभागले व्यहोरेको थियो ।

    ती पर्यवेक्षकहरूको पर्यवेक्षणमा आधारित रहेर प्रतिपक्षले मतगणनाभन्दा पहिले नै परिणामको घोषणा गरे । ती परिणामहरू स्वतन्त्र युरोप रेडियो (रेफकी) ’रेडियो मुक्ति’ (आरएल), बेलायती प्रसारण केन्द्र (बिबिसी), भ्वाइस अफ अमेरिकामार्फत् देशभरि प्रचार गरियो र युएसआइएको रकममा सञ्चालित ‘स्वतन्त्र’ सञ्चारमाध्यमहरूले त्यसलाई दोहोर्‍याए ।

    हराउने टे्रडमार्क र बेच्ने टे्रडमार्क

    युगोस्लाभियाको निर्वाचनको एउटा उल्लेखनीय पक्ष के थियो भने विभाजित प्रतिपक्ष पहिलो पटक मिलोसेभिकविरोधी एकजना उम्मेदवारको वरिपरि एकजुट भएका थिए । त्यहाँका राजनीतिक पार्टीहरूको जिम्मेवारी अमेरिकाको एनडिआइले लिएको थियो, एनडिआइले आफ्ना क्रियाकलापहरू रिपब्लिकनहरूका प्रिय होटल हिल्टनभन्दा ५ मिनेटको दूरीमा रहेको मारियोट होटलमा बसेर सञ्चालन गर्दथ्यो ।

    ल्म्क्ष् को केन्द्रीय पूर्वी युरोपेली कार्यक्रमका प्रमुख डेबोराह अलेक्जेन्डरले सन् १९९९ को अक्टोबरमा मारियोट होटलमा एउटा गोष्ठीको आयोजना गरेको थियो । यस कार्यक्रमको लागि वाशिङ्गटनस्थित एउटा कम्पनीले विभिन्न राजनीतिक रणविद्हरूको सहयोग लियो । सन् १९९२ मा क्लिन्टन यौन दुर्बलताको काण्डमा मुछिँदा उक्त कम्पनीले तयार गरेको रणनीतिको कारण डेमोक्रेटहरूले दोस्रो पटक निर्वाचनमा विजय प्राप्त गरे । त्यो विजय सस्तो थिएन ।

    मारियोट होटलमा डाग स्कोएनले मत सर्वेक्षणका परिणामहरूको चित्रहरूलाई २४ वटा विपक्षी पार्टीहरूमध्ये १८ वटाका नेताहरूसामु देखाए । अलेक्जेन्डर र स्कोऐनले टिपेका मानिसहरूलाई मतसंग्रहका निश्चित समूहहरूको बन्दोबस्त गरिएको थियो । स्कोऐनले सम्मेलनमा एक हुन आह्वान गरे । कुनै पनि समारोहमा अमेरिकीहरूले आफूहरूप्रति सहमत नहुनेले पैसा प्राप्त नगर्ने कुरा स्पष्ट पारेका थिए । अलेक्जेन्डरले जिन्जिकलाई कोष्टुनिकाको अभियान व्यवस्थापकको रूपमा कार्य गर्न प्रेरित गरेका थिए । कोष्टुनिका भने कम मन नपराएका सूचीका व्यक्ति थिए । 

    अनुपयुक्त र भरपर्दो नभएको हुँदा भुक ड्रास्कोभिकलाई सामेल गरिएन । कोष्टुनिकालाई अमेरिकी सम्बन्धहरूबाट चोखै राखिए तापनि कसरी सन्देश दिने, पत्रकारहरूलाई कसरी जवाफ दिने र मिलोसेभिकका समर्थकहरूको तर्कहरूलाई कसरी खण्डन गर्ने भन्ने विषयमा बुडापेष्टमा ५००० राजनीतिक कार्यकर्ताहरूलाई प्रशिक्षण दिलाउन अलेक्जेन्डरलाई अमेरिकी रकम दिइयो ।

    निर्वाचनको समय नजिकिदै गएपछि सन् २००० भरि साप्ताहिक रूपमा नियमित मत सर्वेक्षणहरू थालियो । एकपटक फेरि अमेरिकी पैसाबाट सञ्चालित ‘स्वतन्त्र’ सञ्चारमाध्यमहरूले ’स्वतन्त्र’ मत सर्वेक्षणका परिणामहरू प्रचारप्रसार गरे ।

    युगोस्लाभियाका प्रतिपक्षलाई अमेरिकी सांसद हूपरले १२ वटा क्षेत्रीय कार्यालयहरू र खरीद गर्नुपर्ने सामग्रीहरूको सूची उपलब्ध गराए । उनले अमेरिकी राष्ट्रियसभामा भनेका थिए– ‘युगोस्लाभियामा परिवर्तनको लागि बनेको गठबन्धन (द एलाइन्स फर द चेञ्ज)को लागि पैसाको आवश्यकता छ, केही सय हजार अर्थात् केही लाख डलरको रकम र प्रशिक्षणले ठूलो फरक ल्याउन सक्दछ । बुल्गेरियाको सन्दर्भमा गरिए जस्तै युगोस्लाभियाको गठबन्धनको लागि प्रदर्शन गर्न, फ्याक्स, फोन, कम्प्युटर, बाहनहरू र राजनीतिक अभियानका अन्य आवश्यक सामानहरू जुटाउन रकमको अविलम्ब आवश्यकता परेको कुरामा म जोड दिन चाहन्छु ।’

    ‘डेमोक्रेटहरूले भाडामा लिएको बजार व्यवस्थापक कम्पनीका प्रमुख श्रदान बोगोसाभजेभिकलाई इत्एइच् र ‘परिवर्तनको लागि गठबन्धन’ को समूहहरूमा ध्यान केन्द्रित गर्ने जिम्मा दिइएको थियो । यस कार्यको लागि उनलाई एनडिआईर आइआरआइले पैसा दिने गर्दथे ।’

    ‘हामीहरू एउटा ट्रेडमार्क बनाउने प्रक्रियामा थियौं र अर्को ट्रेडमार्कलाई हराउने प्रक्रियामा थियौं । बेच्ने ट्रेडमार्क कोस्टुनिका थियो । हराउनुपर्ने ट्रेडमार्क मिलोसेभिक थियो । प्रतिपक्ष कार्यकारीहरूले गरेको ५ मिनेट लामो सम्बोधनलाई अलेक्जेन्डरद्वारा प्रशिक्षित कार्यकर्ताहरूले युगोस्लाभियाभर फैलाउनुभन्दा पहिले त्यस सम्बोधनको हरेक शब्दलाई अमेरिकी सल्लाहकारहरूसमक्ष छलफल गरिएको थियो र मत सर्वेक्षणसँग जाँचिएको थियो ।’

    ऐक्यबद्धता

    सन् २००० को सिलसिलामा ‘स्वतन्त्र मजदुर संघ’ले हड्तालहरू, संगीत समारोह, घर–घरमा जाने अभियान र विभिन्न प्रदर्शनहरू गयो, त्यस्ता गतिविधिहरूले अन्ततः मिलोसेभिकको पतन भयो । ‘परिवर्तनको लागि गठबन्धन’को समर्थनमा राष्ट्रव्यापी पर्चा छर्ने, पत्रिकाहरूमा लेखहरू प्रकाशित गर्ने र विज्ञापनहरू प्रसारण गर्ने अभियान सुरु गरियो । निर्वाचनको दिनमा ‘मजदुर संघ’ ले १४०० भन्दा बढी ‘स्वतन्त्र’ निर्वाचन पर्यवेक्षकहरू उपलब्ध गरायो । 

    बेलायतमा त्रोत्स्कीवादी ‘समाजवादी मजदुर’ले उक्त ‘संघ’ को प्रशंसा गयो । त्यस्तै संरा अमेरिकामा ‘संघर्षशील’ले लेख्यो – ‘स्वतन्त्र मजदुर संघ’को एउटा उद्देश्य र सिद्धान्त’ हो – ‘निजीकरणको आधारमा व्यापक र परिवर्तनमुखी सुधार, आर्थिक दक्षता र सामाजिक न्याय ।’ यो एक आश्चर्यजनक कुरा हो ।

    युगोस्लाभियामा ‘राजनीतिक र आर्थिक परिवर्तनको समर्थनमा मजदुरहरूलाई क्रियाशील बनाउन, सर्वियाको मजदुर संघको आन्दोलनको लागि भौतिक समर्थन र सहयोग जुटाउन प्रजातन्त्रको निम्ति राष्ट्रिय दान कोषले अन्तर्राष्ट्रिय श्रम ऐक्यवद्धताको लागि अमेरिकी केन्द्र’लाई दुई पटक गरी ४ लाख ४८ हजार ५०० डलर सहयोग गरेको भन्ने उल्लेख, एनइडिको प्रतिवेदन हेर्दा कुनै नौलो कुरा देखिदैन । 

    अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सिआइए) र राजस्व विभागको मोर्चाको रूपमा रहेको अमेरिकाको मजदुर संघको महासभा (टियुसी) जस्तै एएफएल–सिआइओको ऐक्यवद्धता केन्द्रको सम्बन्ध स्वतन्त्र मजदुर संघसँग त्यसको स्थापनाकाल सन् १९९१ देखि नै थियो । त्यसबेला सामाजिक प्रजातन्त्रवादीहरूको भोज्भोडिना लिगका सभापति नेनाड कनकले एएफएल–सिआइओसम्मेलनमा भाग लिएका थिए । सन् १९९५ नोभेम्बरमा कनक ‘जर्ज मेनी मानव अधिकार पुरस्कार’ प्राप्त गर्न अमेरिका फर्केका थिए ।

    सन् २००० को जुलाई १६ देखि ३० तारिखसम्म उनले फेरि रकमको विषयमासभापति जोन स्विनी र एएफएल–सिआइओको अन्तर्राष्ट्रिय विभागका सह–निर्देशक फिल फिशम्यानसँग भेटघाट गरे । त्यसबेला उनी अमेरिकी संघहरूको जर्ज मेनी प्रशिक्षण केन्द्र पनि गएका थिए । गोष्ठीहरूको समापनपछि उनले एन्का कासिङ्गको घरमा रात्रिभोजमा सामेल हुने सौभाग्य पाए ।

    गुप्त साँठगाँठ

    आजका दिनहरूमा एउटा निर्वाचन किन्न कति पैसा लाग्छ ?एनआइडिले यस कार्यको लागि सन् १९९९ मा ३ करोड १० लाख डलर प्राप्त गरेको थियो तर त्यसले विश्वभरका कार्यहरू गर्नुपरेको थियो । त्यसबाहेक अमेरिकी राज्य विभागका अन्य अंगहरू जस्तै युएसएड, त्यसका सूचना केन्द्रहरू, सिड कार्यक्रमबाट पनि आर्थिक सहयोग प्राप्त हुन्थ्यो । त्यसबाहेक फ्रिडम हाउस, सोरष फाउण्डेशन र जर्मन मार्शल कोष पनि त्यस सूचीमा सहभागी थिए ।

    अमेरिकी राज्य विभागका पूर्व–विश्लेषक डेनियल सर्वरको शब्दमा ‘हामीहरूले केही अति राम्रो निर्णय गर्‍यो । हामीले साह्रै सीमित मात्रामा पैसा दियौं – केही करोड ।’ मतानुसार ५ करोड डलरको हाराहारीमा पुग्छ । सेप्टेम्बर निर्वाचन र सन् २००० डिसेम्बर महिनाको संसदीय निर्वाचनबीच धेरै भिन्नता थियो । नयाँ सर्वियाली अर्थमन्त्री जेलिकका अनुसार निर्वाचनको समयमा एक अर्ब डलरभन्दा बढी विदेशी सहायता प्राप्त भएको थियो र ती सबै जनताको जीवनस्तरमा नाटकीय परिवर्तन ल्याउन खर्च गरिएको थियो ।

    अहिले के छ ? ‘युरोपेली वाणिज्य महासंघले एक बेल्ग्रेड मजदुरको भनाइलाई प्रकाशमा ल्याएको छ । उक्त मजदुरको भनाइ थियो – ‘हामीले स्वतन्त्रता पायौं तर अहिले हामीसँग खानलाई रोटी छैन ।’ निर्वाचनपश्चात् युगोस्लाभियामा रोटीको मूल्य २.५ दिनार (युगोस्लाभियाली मुद्रा) बाट बढेर १२ दिनार पुगेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij