परासी ।पश्चिम नवलपरासीमा जेनजी प्रदर्शनकाे क्रममा तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण संकलन गर्न जिल्ला प्रशासन क्षति मूल्याङ्कन समिति समिति गठन गरेकाे छ । जेनजी प्रर्दशनकाे क्रममा सार्वजनिक सम्पत्ति, निजी र संस्थाका संरचनामाथि तोडफोड र आगजनी भएको क्षति मूल्याङ्कन समिति गठन गरेकाे हाे ।
जिल्लामा भदौ २४ गते जेनजी प्रदर्शनकाे क्रममा करिब ५० वटा बढी सर्वजनिक सार्वजनिक सम्पत्ति, निजी र संस्थाका संरचनामाथि तोडफोड र आगजनी भएको थियो । क्षतिकाे विवारण संकलन गर्न सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
उनकाे अनुसार समितिमा जिल्ला प्रहरी, जिल्ला प्रशासन, सरकारी वकील, कोष तथा लेखा नियन्त्रक, सडक पूर्वाधार कार्यालय र सात वटै स्थानीय तहका अधिकृतस्तर र प्राविधिक कर्मचारीहरु रहेकाे बताए । समितिले २/३ दिनभित्र विवरण संकलन गर्न कार्य गरिने रेग्मीले बताए ।




