२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु गर्यो व्यवसायिक उत्पादन

भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु गर्यो व्यवसायिक उत्पादन

भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु गर्यो व्यवसायिक उत्पादन

भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु गर्यो व्यवसायिक उत्पादन

भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु गर्यो व्यवसायिक उत्पादन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  •  बुटवल । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा आफ्नो उद्योग स्थापनासँगै इको नेपाल इनर्जी इन्डष्ट्रिज प्रा.लि.ले व्यवसायिक उत्पादन सुरु गरेको छ ।

    औद्योगिक क्षेत्रमा फरक उदाहरणसहित पर्यावरण संरक्षणमा विशेष टेवा पुग्नेगरी रबरजन्य फोहरलाई पुन प्रयोग गरी नयाँ उत्पादन गर्दै आएको छ । रोहिणी गाउँपालिका–१ स्थित सेज भित्र रहेको यस उद्योगले स्थानीय कच्चापदार्थमा आधारित फोहर र खेर गैरहेका रबरजन्य बस्तुहरु संकलनगरि औद्योगिक तेल, ब्ल्याक कार्वन तथा स्टिल तारहरु उत्पादन गर्दै आएको प्रा.लिका अध्यक्ष अजयमान श्रेष्ठले बताए ।

    यहाँ उत्पादन हुने फर्नेस आयल अर्थात पाइरोलाइसिस आयल सडक निर्माण, बिस्कुट उद्योग, सिमेन्ट कारखाना, स्टील कारखाना, सेरामिक उद्योग, ईट्टा कारखाना, हटवाटर जेनरेटर, हट एअर जेनरेटर आदिमा उपयोग हुँदै आएको श्रेष्ठले बताए । यस बाहेक प्रशोधनका क्रममा निस्कने बाइप्रोडक्टहरु ब्ल्याक क्याट ब्राण्डको ब्ल्याक कार्बन र स्टील तारहरु अन्य उद्योगहरुका लागि कच्चा पदार्थका रूपमा उत्पादन गर्दै आएको उनले बताए । उद्योगले आर्थिक लाभ मात्र नभई पर्यावरण संरक्षण तथा फोहर व्यवस्थापनमा समेत सहयोग गरेको श्रेष्ठको दाबी छ ।

    हाल ५० जनालाई प्रत्यक्ष तथा २ सय जना बढीलाई अप्रत्येक्ष रुपमा रोजगार सिर्जना गरिहेको उद्योगको क्षमता निकट भविष्यमै वृद्धि गरिने अध्यक्ष श्रेष्ठले बताए । ‘रोजगार सिर्जना मात्र होइन, काम नलाग्ने भनेर फालिएका गाडिका टायर, ट्युब जस्ता रबरजन्य फोहर बस्तुलाई पुनः प्रयोग गरेर पर्यावरण सफा राख्न टेवा पुगेको छ ।’–उनले भने ।

    सेज भित्र ११ हजार ५६९ दशमलव ५ स्क्वायर मिटर क्षेत्रफलमा अवस्थित उद्योगमा प्रतिदिन १० हजार लिटर तेल उत्पादन गर्न सक्ने २ वटा प्लाण्ट जडान गरिएको छ । उद्योगबाट उत्पादन हुने तेल साना–ठूला उद्योगहरु, रोड कन्सट्रक्सन आदिमा प्रयोग हुँदै आएकाले बजारको समेत समस्या नभएको उद्योगी श्रेष्ठ बताउँछन् । यसको गुणस्तर बजारमा पाइने अन्य फर्नेस आयल र हल्का डिजल भन्दा कम नभएको उनको दाबी छ ।

    बजारमा पाउने अन्य उत्पादनभन्दा यस उद्योगको उत्पादन मुल्यका हिसाबले समेत सस्तो पर्न जाने उनको दाबी छ । उद्योगले उत्पादनका क्रममा उत्सर्जन हुने फोहरलाई समेत कम गर्न अत्याधुनिक मेशिन जडान गरेको छ । उक्त मेशिनको सहायताले फोहर मिश्रित कणहरुलाई पानीबाट अलग गरी उक्त पानीलाई पुनः प्रयोग गर्न सकिने बनाउछ । उक्त प्लाण्टको जडानसँगै उद्योगबाट कुनै पनि प्रदुषित पानी वा वायु उत्सर्जन नहुने दाबी गरिएको छ ।

    यसैगरी उद्योगमा कार्यतर कर्मचारीहरुको सुरक्षालाई समेत विशेष ध्यान दिइएको छ । उत्पादनको दौरानमा मानवीय कमजोरी, हेलचेक्र्याइ वा विद्युत सर्ट सर्किटबाट प्लाण्टमा अत्यधिक ताप प्रसार भई हुनसक्ने बिष्फोट वा आगलागी जस्ता खतराबाट बच्न पिएलसी बेस प्लान जडान गरिएको छ । यसबाट सम्भावित खतरामा अटोमेटिक आलाराम वा हुटर बजेर अप्रेटर र सम्बन्धित कर्मचारीहरुलाई अलर्ट गर्ने आधुनिक प्रबिधि जडान गरिएको छ ।

    यसको सन्देश मोबाइलमा समेत बज्ने प्रणालीको ब्यवस्थाले उद्योगको सुरक्षा ब्यवस्था अझै प्रभावकारी हुने दाबी गरिएको छ । इको नेपालले जस्तै अन्य निजी क्षेत्रहरु समेत लगानीका लागि तत्पर भए पनि सरकारले सो अनुसारको वातावरण निर्माण गर्न नसकेको उद्योगी श्रेष्ठ बताउँछन् ।

    वर्गीकृत आधारमा उद्योगहरुको बिकास गर्न आवश्यक बित्तीय ब्यवस्थापनमा सरकार, निजी क्षेत्र, घरेलु बैंकहरुका बिचमा समन्वय र प्रतिवद्धता आवश्यक रहेको उनको तर्क छ । आयातित बस्तुहरुसँग हाम्रा उत्पादनहरुलाई सक्षम, प्रतिस्पर्धी बनाउन सरकारले प्रतिस्पर्धात्मक क्षमता मैत्री नीती बनाउनु पर्ने सुझाब दिन्छन् । यसैगरी रुग्ण उद्योगको स्पष्ट परिभाषा र तदनुसार उद्धारका उपायको ब्यवस्था गर्नुपर्ने उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij