२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विष्णु पाैडेललाई शेयरबजारकाे स्वागत : २६ महिनायताकै उच्च विन्दुमा नेप्से, कारोबार रकम ९ अर्ब नाघ्यो

विष्णु पाैडेललाई शेयरबजारकाे स्वागत : २६ महिनायताकै उच्च विन्दुमा नेप्से, कारोबार रकम ९ अर्ब नाघ्यो

विष्णु पाैडेललाई शेयरबजारकाे स्वागत : २६ महिनायताकै उच्च विन्दुमा नेप्से, कारोबार रकम ९ अर्ब नाघ्यो

विष्णु पाैडेललाई शेयरबजारकाे स्वागत : २६ महिनायताकै उच्च विन्दुमा नेप्से, कारोबार रकम ९ अर्ब नाघ्यो

विष्णु पाैडेललाई शेयरबजारकाे स्वागत : २६ महिनायताकै उच्च विन्दुमा नेप्से, कारोबार रकम ९ अर्ब नाघ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • बुटवल ।मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ । आजको वृद्धिसँगै नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ७०.१८ अंक बढेर २३१०.५९ विन्दुमा पुगेको छ । यो पछिल्लो २६ महिनायताकै उच्च हो । 

    यसअघि २९ वैशाख २०७९ मा नेप्से २३५०.४२ विन्दुमा बन्द भएको थियो । त्यसपश्चात इन्ट्राडेमा पनि नेप्सेले २३०० विन्दु नाघेको थिएन । आज सेन्सेटिभ इण्डेक्स १२.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३३ अंक बढेको छ । कांग्रेस–एमालेकाे संयुक्त सरकार बनेकाे र अर्थमन्त्रीमा अनुभवी विष्णु पाैडेल आएपछि शेयरबजारमा हरियाली छाएकाे हाे । 

    नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ८ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१५ स्टकको १ लाख १९ हजार ११ पटकको कारोबारमा ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

    आज ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बरुण हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, मन्दाकिनी हाइड्रोपावर, सिन्धु विकास बैंक र सिक्लेस हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, सिंगटी हाइड्रो इनर्जी, रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । ऋणपत्र र म्युचुअल फण्डहरूको मूल्य घटेको छ ।

    कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीकोआज २१ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १८ करोड नाघेको छ भने अपि पावरको करिब १८ करोडको शेयर किनबेच भएको छ ।

    १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.४५ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंक उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।  बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । आज म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij