२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रहरीको मनोबल बढाऊ

प्रहरीको मनोबल बढाऊ

प्रहरीको मनोबल बढाऊ

प्रहरीको मनोबल बढाऊ

प्रहरीको मनोबल बढाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • भदौ २३ गते भएको नवयुवा प्रदर्शनमा १९ युवाको प्रहरीको गोली लागेर ज्यान गएपछि र २४ गतेको आगजनी तथा तोडफोडले निराश प्रहरीको मनोबल बढाउन आवश्यक छ । प्रधानमन्त्री शुसीला कार्कीले प्रहरीको मनोबल बढाउने गरी सरकारले काम गर्ने धारणा राख्दै आगजनी र तोडफोड भएका कार्यालयको निरीक्षण गरिसकेकी छन् । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पनि कानुन कार्यान्वयनका लागि प्रहरीको मनोबल बढाउन अपरिहार्य भएको बताएर कार्यभार सम्हालेका छन् । 


    अहिले समुदाय तहबाट पनि प्रहरीलाई अप्ठ्यारो परेको बेला साथ दिनुपर्ने आवाज उठ्न थालेको छ । प्रहरी भएमात्रै समुदाय सुरक्षित रहने भएकाले समुदायले चालेको पहलकदमी सकारात्मक मान्नुपर्छ । इतिहासमै यति छोटो समयमा मनोबल कमजोर हुनेगरी प्रहरी रक्षात्मक भयो । खासगरी २३ गते भएको प्रदर्शनमा सुरक्षा तयारी गर्न चुकेको प्रहरी २४ गते प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि पुरै रक्षात्मक भयो । सिंहदरबार, सर्वोच्च अदालतलगायत विभिन्न सरकारी निकायका साथै शीर्ष नेताहरुको घरमा आगजनी र तोडफोड नियन्त्रण गर्न नसकेको मात्रै नभई आफ्नै चौकी र कार्यालय पनि प्रहरीले जोगाउन सकेन् । प्रहरी जवानहरु हतियार छाडेर ज्यान जोगाउनुपर्ने अवस्थामा पुगे । अझै कतिपय ठाउँमा प्रहरीलाई कुटी कुटी हत्या गरेका घटना पनि भए । अहिले प्रहरीका लुटिएका हतियार क्रमशः फिर्ता हुँदैछन् ।

    तर आगजनी भएका गाडीले प्रहरी परिचालनमा समस्या भएको छ । नवनियुक्त गृहमन्त्रीको पहिलो काम प्रहरीलाई तत्काल आवश्यक गाडी व्यवस्थापन गर्न ध्यान दिनुपर्छ । काठमाडौंमा विभिन्न आठ एसपीलाई कमाण्डर तोकेर क्षतिको विवरण संकलन, आगजनीमा संलग्नको पहिचान र खोजी गर्ने काम भइरहेको छ । संकटका बेला प्रहरीले तंग्रिन गरेको प्रयासलाई सबैले सहयोग गरौँ । अहिले १२ हजारभन्दा बढी कैदीबन्दी अहिले जेल बाहिर छन् । ती कैदी बन्दीका कारण सुरक्षा चुनौती थपिएको छ । प्रहरीलाई पूर्ववत अवस्थामा कार्यक्षेत्रमा खटाउने र नियमित काम गर्न सक्यो भने समुदायले सुरक्षित महशुस गर्नेछ । नवयुवाको आन्दोलनमा प्रहरी कहाँ चुक्यो ? छानबिन आयोग गठन गरी त्यसले निकाल्ने निष्कर्षबाट पत्ता लाग्ला । तर अहिले समाजलाई भयरहित वातावरण श्रृजना गर्न प्रहरीले काम गर्ने वातावरण बनाउन सबैले सहयोग गरौँ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij