२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आन्तरिक आगमन कक्ष

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आन्तरिक आगमन कक्ष

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आन्तरिक आगमन कक्ष

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आन्तरिक आगमन कक्ष

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आन्तरिक आगमन कक्ष
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • भैरहवा  । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमन नयाँ ठाउँमा व्यवस्थित बनाइएको छ । 
    ५ दशक बढीदेखि पुरानो संरचनामा रहेको विमानस्थलको आन्तरिकतर्फ आगमन, प्रस्थान र भिआइपी कक्ष एकै ठाउँमा हुँदा असहज स्थिति बनेपछि सेवा सुविधा स्तरोन्नति गर्दे सोमबारदेखि आन्तरिक आगमनलाई अत्याधुनिक बनाइएको हो । 


    विमानस्थल आन्तरिकबाट अन्तर्राष्ट्रिय बने पनि आन्तरिकतर्फको संरचनाहरु अपग्रेड हुन नपाउँदा सेवाग्राहीले सास्ती पाउने गरेका थिए । साँगुरो रहेको आन्तरिकतर्फको क्षेत्रलाई व्यवस्थित गरी अस्थायी कार्गो भवन, स्टोर र सुरक्षाकर्मीहरुके आवासको रुपमा प्रयोग भएको भवनलाई आन्तरिक आगमनको रुपमा बनाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । 
    उनले यहाँका संरचनाहरुलाई अन्यत्र व्यवस्थित गरी केही रुमहरुलाई मिलाएर ठूलो क्षेत्रमा आगमनको व्यवस्था मिलाइ सोमबार जेष्ठ नागरिकबाट यसको उद्घाटन गरी सञ्चालनमा ल्याएको बताए ।


     हाल यहाँबाट आन्तरिक कार्गो कुरियरको सेवा दिनका लागि ३ वटै एयरलाइन्स बुद्ध, यति र श्रीको लागि क्षेत्र पनि यही व्यवस्थापन गरिएको उनले जनाए । उनले अब कुरियर लिनका लागि सुरक्षा जाँच, पास लिनु पर्ने झन्झट नरहेने र सिधँै बाहिरबाट कुरियर लिन सक्ने व्यवस्था मिलाएको जानकारी दिए । 


    नयाँ आगमन कक्षमा केही महिनामै स्वचालित व्यागेज बेल्ट ह्यान्डेलिङको प्रणाली पनि जडान हुन्छ भने हाल यात्रुहरुको सहजताका लागि सबै आवश्यक पूर्वाधारहरु पानीको व्यवस्थापन, फ्रि वाइफाइ, छुट्टा छुट्टै शौचालय, आउने यात्रुको कुरुवाहरुको लागि प्रतिक्षालयको व्यवस्था गरिएको छ । 

    IMG_20250915_125909.jpg


    विमानस्थलको प्रस्थानतर्फ पनि अहिले १ सय ५० सीट क्षमताको यात्रु मात्रै अट्ने कक्ष रहेकोले यसलाई पनि स्तरोन्नति गरी सीमित सुविधालाई बढाउँदै आगामी १० वर्ष प्रयोग गर्न मिल्ने गरी क्षमता बढाउँदै सीट क्षमता दोब्बर  र सेवा सुविधा पनि थपिने छ । 
    भिआइपी कक्ष, प्रस्थान र आगमनको सेवा एकै ठाउँबाट दिँदा साँगुरो भएको कारण पुरानो ठाउँमा अहिले भिआइपी सेवा बन्द गरी प्रस्थान सेवा मात्रै दिनेगरी यहाँबाट आगमनको सेवा दिने व्यवस्था गरिएको विमानस्थलका सूचना अधिकारी विनोद रावतले बताए । 

    IMG_20250915_130006.jpg
    रावतका अनुसार आन्तरिकतर्फ गत वर्ष ८ लाख बढी यात्रुहरुलाई सेवा दिएकोमा अहिले केही बढ्दो रहेको बताउँदै यहाँबाट नियमित सरदरमा २० वटा उडान हुने गरेको छ । जसमा ३ वटा एयरलाइन्समार्फत् एक वटा पोखरा र बाँकी काठमाडांै उडान हँुदै आएको छ ।

    IMG_20250915_125931.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij