२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पुनर्निर्माण र चुनावका लागि बजेटको स्रोत खोज्न ३ सदस्यीय कार्यदल गठन

पुनर्निर्माण र चुनावका लागि बजेटको स्रोत खोज्न ३ सदस्यीय कार्यदल गठन

पुनर्निर्माण र चुनावका लागि बजेटको स्रोत खोज्न ३ सदस्यीय कार्यदल गठन

पुनर्निर्माण र चुनावका लागि बजेटको स्रोत खोज्न ३ सदस्यीय कार्यदल गठन

पुनर्निर्माण र चुनावका लागि बजेटको स्रोत खोज्न ३ सदस्यीय कार्यदल गठन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • बुटवल । जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको चुनावका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

    बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री कार्यदलमा छन ।

    अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अहिलेको बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको हो ।

    चुनाव र पुनर्निर्माणका लागि केही बजेट चाहिन्छ, त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ र सम्भावनाका क्षेत्र कुन–कुन छन् भनेर अध्ययन गर्नका लागि कार्यदल बनाइएको प्रवक्ता पाण्डेयले बताए । बजेटमा परेका केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने अवस्था आउनसक्ने पनि उनको भनाइ छ । त्यसको प्राथमिकता निर्धारण गर्ने कार्याधिकार कार्यदलले पाएको छ ।

    हिजो कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबावमा बजेटमा परेका, पूर्वतयारी नसकिएका, टुक्रे योजना तथा कार्यक्रम कटौती गरिने बताए ।

    सरकारले पूरक बजेट नल्याउने र अहिलेको बजेटमा परेका योजना तथा कार्यक्रम कटौतीबाटै पुनर्निर्माण र चुनावका लागि झन्डै १ खर्ब रुपैयाँ बराबर स्रोत जुटाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij