२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच पर्यटन प्रवद्र्धन सम्झौता

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच पर्यटन प्रवद्र्धन सम्झौता

सम्झौताले पर्यटन प्रवद्र्धन र आपसी सहकार्य निरन्तर मजबुद हुंदै जाने दुबै संस्थाले विश्वास व्यक्त गरेका छन् ।

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच पर्यटन प्रवद्र्धन सम्झौता

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच पर्यटन प्रवद्र्धन सम्झौता

सम्झौताले पर्यटन प्रवद्र्धन र आपसी सहकार्य निरन्तर मजबुद हुंदै जाने दुबै संस्थाले विश्वास व्यक्त गरेका छन् ।

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच पर्यटन प्रवद्र्धन  सम्झौता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • बुटवल । लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लि. बीच पर्यटन प्रवद्र्धनका लागि सम्झौता भएको छ ।  
    सम्झौता पत्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजसर डिएन कायस्थले हस्ताक्षर गरेका छन् । 
    सम्झौता अनुसार लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी अति विशिष्ट पाहुना (भीभीआईपी) लाई लुम्बिनी केबलकार यात्रा मार्फत बसन्तपुर हिल स्टेशन भ्रमण र कामाख्या मन्दिरको दर्शन गराउने भएको छ । यस्तै लुम्बिनी विकास कोषका पदाधिकारी, कर्मचारी र लुम्बिनी घुम्न आएका पर्यटकलाई केबलकारको टिकट दरमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ ।  छुट सुविधाका लागि पदाधिकारी र कर्मचारीले अद्यावधिक परिचयपत्र तथा पर्यटकले लुम्बिनी भ्रमणका लागि काटेको टिकट देखाउनुपर्ने छ । हाल केबलकारको टिकट दर रु ७५० प्रतिव्यक्ति रहेको छ ।
    सो अवसरमा बोल्दै लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले लुम्बिनी केबलकारसंगको सम्झौताले दुबै ठाउंको पर्यटन प्रवद्र्धनमा सकारात्मक भूमिका खेल्ने बताए । उनले लुम्बिनी भ्रमणमा आउने स्वदेशी र विदेशी पर्यटकको बसाई लम्ब्याउन लुम्बिनी केबलकार हुंदै बसन्तपुर यात्रा गराउन आवश्यक रहेको बताए । बसन्तपुरको हावापानी तराई भन्दा १० डिग्री कम हुने भएकाले भारतीयसंगै बौद्धमार्गी तेस्रो मुलुकका पर्यटकलाई सजिलै आकर्षण गर्न सकिने बताए । शाक्यले श्रीलंका र म्यानमार लगायत बौद्धमार्गी वाहुल्य राष्ट्रका ट्राभल एजेन्सीसंग सहकार्य गरेमा केबलकारमा विदेशी पर्यटक भित्राउन सकिने सुझाव दिए ।  
     लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईले लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुर ध्यान केन्द्रका लागि पनि उपयुक्त रहेकाले  बनाउन पहल गर्नुपर्ने सुझाव दिए । 
    केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थले लुम्बिनी विकास कोषसंग सम्झौता हुनु गौरवको विषय भएको उल्लेख गर्दै यसले अत्याधुनिक प्रविधिको सुरक्षित केबलकार यात्रा र बसन्तपुर हिल स्टेशन भ्रमणमा पर्यटक आगमन बृद्धि गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । 
    केबलकारले अन्य व्यवसायिक, शैक्षिक र अन्य संघसंस्थासंग पनि सम्झौता गरेर व्यवसाय प्रवद्र्धन गर्दै आएको बताए । विश्वमै सबैभन्दा अत्याधुनिक, लोकप्रिय र सुरक्षित प्रविधिको केबलकार भएको र टप स्टेशन समुद्री सतहबाट एक हजार मिटर उचाईको बसन्तपुरको स्वच्छ, शान्त र शितल वातावरणमा रहेकाले हरेक वर्ष पर्यटक आगमन बृद्धि भएको कायस्थले बताए । 
    लुम्बिनी केबलकार अष्ट्रियाको डुपलमायर कम्पनीबाट निर्मित युरोपियन प्रविधिको हो । २५ वटा गोण्डुला रहेको लुम्बिनी केबलकारले एक दिनमा ६ हजार जनालाई आवतजावत गराउन सक्छ ।
    सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरे , लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका प्रमुख स्वकीय सचिव श्याम रोका लगायतको पनि उपस्थिति थियो । सम्झौताले पर्यटन प्रवद्र्धन र आपसी सहकार्य निरन्तर मजबुद हुंदै जाने दुबै संस्थाले विश्वास व्यक्त गरेका छन् ।
    केबलकारको टप स्टेशन पाल्पाको बसन्तपुर डांडामा छ । जुन ठाउं प्राकृतिक हिसाबले स्वच्छ, शान्त हरियालीयुक्त र मनोरम छ। गर्मीमा शीतल र जाडोमा घाम लाग्ने हुंदा जुनसुकै मौसममा घुमेर आनन्द लिन सकिने महोल बसन्तपुरमा छ । त्यहां प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर, सय वर्ष पुरानो दुर्गा मन्दिर, स्तरीय रेष्टुरेन्ट, सेमिनार हल,  जीपलाइन, स्काइ साइक्लिङ, पिङ,  सेमिनार हल लगायत पर्यटकीय पुर्वाधार छन् ।  कम्पनीले छिटै बसन्तपुरमा पांच तारे होटेल बनाउने तयारी थालेको छ । उक्त होटेलमा एक हजार जना क्षमताको बैंक्वेट हल,स्वीमिङ पुल,क्यासिनो लगायत सेवा र सुविधा रहने म्यानेजर प्रज्ज्वल घिमिरेले जानकारी दिए ।  स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार आईएमई ग्रुप अन्तर्गतको भगिनी कम्पनी हो ।  
    ((((((

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij