२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गण्डक ब्यारेजमा बेवारिसे शव फेला

गण्डक ब्यारेजमा बेवारिसे शव फेला

गण्डक ब्यारेजमा बेवारिसे शव फेला

गण्डक ब्यारेजमा बेवारिसे शव फेला

गण्डक ब्यारेजमा बेवारिसे शव फेला
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ स्थित गण्डक ब्यारेज पुलको त्रिवेणीमा १ जना पुरुषको शव फेला परेकोे छ । 


    नवलपुरको नेपाल–भारत सिमानामा रहेको ब्यारेजपुलको २५ नम्बर ढोकामा घोप्टो अवस्थामा तैरिरहेको हाल नाम थर, वतन, नखुलेको अन्दाजी बर्ष २० को पुरुष व्यक्तिको शव फेला परेको नवलपुर प्रहरीले जनाएको छ । 


    शव पानी बाहिर निकाली थप अनुसन्धान गरिरहेको नवलपुर प्रहरीले जनाएको छ । त्यसैगरी नवलपुरको गैडाकोट नगरपालिका ११ भेडाबारीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा १ जना घाइते भएका छन् । 


    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोतीबाट  नारायणगढतर्फ जाँदै गरेको लु. प्र. ०१–००१ ख ०३१२ नम्बरको बसले बा.प्र. ०३–००४ प ३३० नं. को मोटरसाइकललाई ठक्कर दिएको हो । 


    दुर्घटनामा परी मोटरसाइकल चालक गैडाकोट ११ भेडाबारी निवासी ३३ बर्षीय सन्तोष कंडेल घाईते भएका छन् । 
    उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको, टाउकोमा चोट लागेको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij