२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संविधान जोगाउने संकल्प गरौँ

संविधान जोगाउने संकल्प गरौँ

संविधान जोगाउने संकल्प गरौँ

संविधान जोगाउने संकल्प गरौँ

संविधान जोगाउने संकल्प गरौँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • आज संविधान दिवस । नागरिकले चुनेका प्रतिनिधि रहेको संविधानसभाले संविधान बनाएको दश वर्ष पुगेको छ । संविधान कार्यान्वयनको दशक पुग्दा अहिले संविधान घाइते भएको छ । संवैधानिक प्रक्रिया मिचेर राष्ट्रपति रामचन्द्र पौडेलले गरेको  सरकार गठनलाई लिएर चौतर्फी आलोचना भएको छ ।


    नेपाली जनताले लामो समयदेखि गर्दै आएको एकताबद्ध संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक शासन व्यवस्था स्थापना भएको हो । लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक शासन प्रणालीलाई संविधानले संस्थागत गरेको हो । नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गर्दै नागरिकका आकांक्षा पूरा गर्ने ढोका खोलेको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्दै अघि बढ्दा अहिले युवा विद्रोहका माग पूरा गर्न अन्तरिम सरकार गठन भएको छ । यो सरकार संसदबाट गठन भएको हो ।

    विद्रोहलाई व्यवस्थापन गर्न राष्ट्रपति  पौडेलले जुन प्रक्रिया अघि सारे, त्यो अस्वभाविक कदम र प्रक्रियालाई सही मार्गमा ल्याउने काम तोकिएको मितिमा चुनाव गर्दा मात्रै सम्भव छ । बाटो बिराएको संविधान कार्यान्वयनलाई सही बाटोमा ल्याउन सरकार जति जिम्मेवार हुनुपर्छ, दलहरु पनि उत्तिकै जिम्मेवार हुन आवश्यक छ ।
     संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा संकल्प हुनुपर्छ ।  कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्ताबेजको रुपमा संविधान स्थापित भएको छ ।


    अहिले व्यवस्था फेरियो, तर अवस्था फेरिएन भनेर चुलिएको असन्तुष्टिलाई संविधानको सही कार्यान्वयनबाट व्यवस्थापन गर्न सकिन्छ  । आज नै नागरिकको अवस्था बदल्ने संकल्प गरौं । शासन प्रणालीलाई संस्थागत गर्दै उद्योगधन्दाको विकास, रोजगारी श्रृजना र युवा जनशक्तिलाई देशमै केही गरेर बस्न सक्ने बनाउन साझा संकल्प गरौँ  । युवा विद्रोहपछि संविधानमाथि प्रहारको श्रृखंला सुरु भएको छ । लोकतान्त्रिक प्रणालीलाई जीवन्त राख्न राजनैतिक दल र युवापंक्तिको खबरदारीको खाँचो छ ।
    अन्त्यमा, संविधान दिवसको अवसरमा सबैमा शुभकामना !

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij