२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

डण्डा नदीमा वेपत्ता बालकको शव भेटियो

डण्डा नदीमा वेपत्ता बालकको शव भेटियो

डण्डा नदीमा वेपत्ता बालकको शव भेटियो

डण्डा नदीमा वेपत्ता बालकको शव भेटियो

डण्डा नदीमा वेपत्ता बालकको शव भेटियो
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • भैरहवा ।  रुपन्देहीको सिद्धार्थनगर ९ गोनहिया अवस्थित बाध नजिकैबाट डण्डा नदीमा वेपत्ता भएको बालकको शव फेला परेको छ । 

    ओमसतिया गाँउपालिका वडा नम्बर ५ सिसहनिया बस्ने वर्ष १५ श्यामु गुप्ताको शव शुक्रबार दिउसो करिब ढेड बजे फेला परेको हो । 

    बिहीबार साझ ३–४ बजेको समयमा वाध (डयाम) नजिकै भिडियो बनाउदै  साथीहरु नुहाईरहेका थिए । सो क्रममा एक जान साथी डुबेको थियो । विहीबार स्थानीय, नेपाल प्रहरीको टोलीले खोजी कार्य  सुरु गरेपनि फेला नपरेपछि शुक्रबार विहान देखि खोजीकार्यलाई निरन्तरता दिइएको थियो ।

    वडा प्रहरी कार्यालय सहित सशस्त्र प्रहरी बल २७ नम्बर हेक्वाबाट सशस्त्र प्रहरी निरिक्षक खड्ग केसीको नेतृत्वको टोलीले शव फेला पारेको हो ।

    सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले बालक डुबेको केही मिटर तल शव फेला परेको जानकारी दिएको छ । पहिला शव देखिएर केही समय पछि बग्ने क्रममा फेला परेको थियो । 

    मृतक गुप्ता रोहिणीको धकधई स्थित राम नरेश माध्यमिक विद्यालयमा ९ कक्षामा अध्धयनरत रहेको स्थानीयले जानकारी दिएका छन । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij