२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निजी क्षेत्रका अपेक्षा

निजी क्षेत्रका अपेक्षा

निजी क्षेत्रका अपेक्षा

निजी क्षेत्रका अपेक्षा

निजी क्षेत्रका अपेक्षा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  •  अर्थतन्त्र पुनःनिर्माण, नवनिर्माण र पुनरूत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यको अपेक्षा गरेको छ ।  भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा ८० अर्बको क्षति भएको प्रारम्भिक आँकलन गरेको निजी क्षेत्रले  सरकारसँग गरेको यो अपेक्षा स्वभाविक छ । अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ ।


    हिंसात्मक प्रदर्शनका क्रममा छानी छानी व्यापारिक प्रतिष्ठानमा तोडफोड र आगजनी भए । अकस्मात उत्तेजित समूहले गरेको तोडफोड र आगजनीभन्दा सुनियोजित आक्रमण थियो भन्ने देखिन्छ । विभिन्न व्यापारिक प्रतिष्ठानमा केही घण्टामै आगजनी हुनु र राज्यले सुरक्षाको कुनै प्रत्याभूति नदिनुले उद्योगी व्यवसायी झस्केका छन् । अहिले अर्थमन्त्रीसहित मन्त्रीको टोलीले विभिन्न व्यापारिक प्रतिष्ठानमा पुगेर सान्त्वना र ढाडस दिइरहेका छन् । उनीहरुको ढाडस र सान्त्वनाले सामान्य मल्हमपट्टी लाग्न सक्छ, तर गहिरो घाउमा सामान्य मल्हमपट्टीले निको हुँदैन । अहिले व्यवसायीले दुई प्रश्न उठाएका छन् । पहिलो खरानी पन्छाएर व्यवसाय कसरी चलाउने ? दोस्रो जेनतेन खरानी पन्छाएर व्यवसाय चलाउँदा सुरक्षाको प्रत्याभूति हुन्छ कि हुन्न ? व्यवसायीका यी दुई चासोप्रति सरकार पूर्णतः जवाफदेही हुनुपर्छ । अर्थमन्त्री रामेश्वर खनाल निजी क्षेत्रमैत्री भएका र निजी क्षेत्रलाई उकास्दा मात्रै मुलुकमा रोजगारी श्रृजना हुन्छ भन्ने उनको निष्कर्ष भएकाले व्यवसायी केही आशावादी छन्, तर व्यवहारिक कार्यान्वयनको कसीमा उनीहरुले राज्यले गर्ने लगानी छिटो चाहेका छन् । कर्जामा सहुलियतपूर्ण व्याज, किस्ताको समयावधि बढाउनुपर्ने, बिमाको भुक्तानी छिटो र सहज हुनुपर्नेलगायतका निजी क्षेत्रका सरोकारबारे अर्थमन्त्री जानकार नै छन्, ती सरोकारको छिटो सम्बोधनले नै निजी क्षेत्रले सरकारप्रति विश्वास गर्न सक्छ ।


    दोस्रो निजी क्षेत्रले सुरक्षाको प्रत्याभूति खोजेको छ । प्रहरीको मनोबल खस्केको बेला सुरक्षा हुँदैनकि भन्ने चिन्ता उनीहरुको जायज छ । जेलबाट हजारौँ कैदी र बन्दी भागेका, ती मध्ये केही अपराधमा संलग्न भइसकेका घटना सार्वजनिक भइसकेका, प्रहरीका हतियार र गोली लुटिएको र जेनजीका नाममा विभिन्न स्वार्थसमूहले उद्योगी व्यवसायीलाई दुःख दिन सक्ने सम्भावना देखिएकाले उनीहरुको चासोप्रति गृहप्रशासन संवेदनशील बन्नुपर्छ । माथिल्लो भोटेकोशीमा जेनजीका नाममा पत्र पठाउँदै १० प्रतिशत शेयर निःशुल्क दिनुपर्ने माग गरेपछि निजी क्षेत्रले आगामी दिनमा यस्ता हर्कत अझै बढ्ने आँकलन गरेको छ । यो बेला प्रहरीलाई कानुनको कार्यान्वयन गर्न दृढताका साथ लाग्न सरकारले ढाडस दिनुपर्नेमा गृहमन्त्री अहिंसावादी बन्न अर्ति दिँदै छन् । अहिंसावादी बन भनेर अर्ति दिँदा प्रहरी जिम्मेवारीबाट विमुख हुने जोखिम बढेको छ ।


    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा उद्योगी व्यवसायीको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार छलफल गरेको छ । निजी क्षेत्रका सरोकारप्रति सरकारले एकीकृत रूपमा योजना बनाएर सम्बोधन गर्नुपर्छ । मन्त्रालयगत रुपमा जिम्मेवारीहरु तत्काल सम्बोधन गर्ने गरी विश्वासमा लिन सक्नुपर्छ । निजी क्षेत्रसँगको सहकार्यबाट मात्रै मुलुकलाई पुनर्निर्माण र पुनर्उत्थान गर्न सम्भव छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij