केही राजनितिक दलहरु तथा विभिन्न पक्षबाट प्रदेश संरचना खारेजीको माग गर्दै आएपनी प्रदेश संरचनाकै कारण पाल्पाको विकासमा सुधार भएको छ । लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय अन्तरगत सडक पूर्वाधार विकास कार्यालय स्थापना भएपछी ५ बर्षको अवधीमा पाल्पामा करीव ३० स्थानका नदी तथा खोलामा पक्की पुल बनेका छन । पक्की पुल बने पछि जनताले १२ महिना सहज रुपमा यातायातको सुविधा पाएका छन । कार्यालयले गरेका विकास निर्माण तथा काममा आएका कठिनाई चुनौतीका विषयमा केन्द्रित रहरे सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख एवं इन्जिनियर बासुदेव भण्डारी संग लुम्बिनीकर्मी कृष्ण पोखरेलले कुराकानी गरेका छन ।
गत बर्ष कार्यालयको प्रगती अवस्था कस्तो रह्यो ?
गत बर्ष कार्यालयको लागी प्रदेश सरकारबाट रु६९ करोड९५ लाख ४३ हजार बजेट बिनियोजन भएको थियो । जसमा रु ५४ करोड ८३ लाख ५ हजार खर्च भएको छ । प्रतिशतमा भन्नुपर्दा७८ . ३८ प्रतिशत बजेट रकम खर्च भएको छ । लुम्विनी प्रदेशमा सडक पुर्वाधार कार्यालय पाल्पा १२ जिल्लामा उत्कृष्ट नतिजा ल्याई प्रथम भएको छ । चालु तर्फ १ करोड ७ लाख ९३ हजार बजेट रहेकोमा ८० लाख ७६ हजार ७ सय ६० खर्च भई ७४.४३ प्रतिशत खर्च भएको छ । पुजीगत तर्फ रु ६८ करोड ८७ लाख ५० हजार बजेट बिनियोजन भएकोमा रु ५४ करोड २ लाख ७२ हजार खर्च भई ७८.४४ प्रतिशत खर्च भएको छ ।
कार्यालयले गत बर्ष गरेका मुख्य मुख्य कामहरु के के हुन ?
गत आर्थिक बर्षमा १ सय ८१ वटा योजनाहरु रहेकाथिए । जसमा १४९ वटा आयोजना सम्पन्न भएका छन । १९ बटा बहु बर्षिया योजनाहरु कार्यान्वयनमा रहेका छन । ९ बटा खरिद पक्रियामा रहेका छन । जसमा ४ वटा आयोजना मात्र कार्यान्वयन हुन सकेनन । ८५ प्रतिशत योजनाहरु सम्पन्न भएका छन ।
जिल्लामा सडक, पुल, कालोपत्रे, ग्रावेल तथा पक्की नालीको अवस्था के छ ?
गत बर्ष कुल आयोजना मध्ये १० वटा सडक पुल, २५ वटा सडक मर्मत, १४६ वटा सडक आयोजना रहेका थिए । आ.व. २०८१/ ०८२ मा कालोपत्रे १.७३ मिटर, कालोपत्रेको अन्तिम तयारीमा रहेको ९.१ किलो मिटर, ग्रावेल सडकल ५.२८ किलोमिटर, सडक ढलान ९ किलोमिटर, पक्की नाली १८.५ किलोमिटर, १७ किलोमिटर माटो कटिङ्ग, सडक चौडा, नया ट्याक १८ किलोमिटर, ९ वटा पक्की कजवे कल्भर्ट निर्माण, टेवा पर्खाल ७ हजार ५१ घनमिटर, ग्याविन पर्खाल ५ हजार ३ सय २५, नयाँ पक्की पुल ४ वटा निर्मार्ण सम्पन्न र ३ वटा झोलुंगे पुल निर्माण भएका छन ।
किन कार्यालयले सबै योजना कार्यान्वयन गर्न सकेन ?
कार्यालयबाट ४ वटा योजना मात्र कार्यान्वयन गर्न सकिएन । जसमा ३ वटा झोलुङ्गे पुल रहेका छन । ३ वटै पुल मध्ये १ वटा ५ लाख, अन्यमा बीस, बीस लाख रुपैया रहेकोले , प्रयाप्त बजेट नहुदा कार्यान्वयन भएन ।
जिल्ला भित्रको मुख्य सडक रामपुर कपुरकोटको हुमिन ताहु खण्ड र सालभण्डी सुन्दर ढुंगा सडकको अवस्था कस्तो छ ?
अन्तर जिल्ला तथा तराई पहाड जोड्ने, गौरवको आयोजना सालभण्डी सुन्दरढुंङ्गा आर्थिक बर्ष ८१/ ०८२ सम्म २६ करोड खर्च भईसकेको छ । यो बर्ष ११ करोड विनियोजन भएकोमा १० करोड खर्च भएको छ ।
आयोजनाको भौतिक प्रगती ७० प्रतिशत रहेको छ । केन्द्र र प्रदेश सरकारको म्याचिङ्ग फन्ड रकम बराबर भएको जसमा प्रदेशले ५ करोड र केन्द्रले ६ करोड मात्र बजेट राखेकोले प्रदेशबाट थप १ करोड बजेट नआएको कारण खर्च नभएको हो । अव यो सडकको वेस गरेर कालोपत्रेको काम मात्र बाकी रहेको छ । आउदो ६ महिना भित्र बजेट भएमा काम सम्पन्न गर्ने लक्ष्य राखेका छौ ।
अर्को योजना प्रदेश गौरवको आयोजना रामपुर कपुरकोट सडक अन्तरगत ताहु हुमिन खण्ड२४ करोड ५६ लाख ३२ हजारमा सम्झौता भएकोमा गत बर्ष सम्मको खर्च १० करोड ५८ लाख ७७ हजार खर्च भएकोमा गत बर्षमा ४ करोड रुपैया बजेर रहेकोमा २ करोड ६५ लाख ३८ हजार रुपैया खर्च भएको छ । यो आयोजनाको भौतिक प्रगती ५० प्रतिशत भएको छ । ४ किलोमिटर ग्रावेल भएको, पिचको लागी धेरैजसो संरचना निर्माण भएको छ । चालु आर्थिक बर्ष भित्र काम सम्पन्न गर्ने लक्ष्य कार्यालयले लिएको छ । सालझण्डी सुन्दर ढुंङ्गा सडकको लागी ९ करोड आवश्यकत पर्छ तर बजेट जम्मा ४ करोड ५० लाख रुपैया मात्र विनियोजन भएको छ । हुमिन ताहु सडकको लागी १४ करोड रुपैया आवश्यक पर्नेमा बजेट ५ करोड मात्र विनियोजन भएको छ ।
पहुच मार्ग अन्तरगत हुमिन र पूर्वखोला सडकको अवस्था के छ ?
पालिका पहुच मार्ग हुमिन पूर्वखोला १७ करोड १५ लाख ३० हजारमा सम्झौता भएकोमा १० करोड २६ लाख ६८ हजार खर्च भएको छ । आयोजनाको ६० प्रतिशत भौतिक प्रगती भएको छ । गत बर्ष २ करोड ५० लाख रुपैया मात्र विनियोजन रहेकोमा १ करोड ३० लाख रुपैया खर्च भएको छ । योजना सम्पन्न गर्न ७ करोड ५० लाख बजेट आवश्यक पर्नेमा ३ करोड ५० लाख बजेट मात्र विनियोजन भएको छ । बजेट प्रशस्त आएमा यो बर्ष हुमिन पूर्वखोला सडक पुहच मार्ग योजना सकिने छ ।
कार्यालयले योजनाहरुमा गुणस्तरीय कायम कसरी गर्दै आएको छ ?
कार्यालयमा कर्मचारी संख्यामा कमी भएपनि कामको गुणस्तमा कुनै किसिमको कमि कमजोरी हुन दिएका छैनौ । कार्यालयले ज्यालादारी ईन्जीनियर तथा सर्व इन्जिनियर भर्ना गरेर कामहरु गर्दै आएको छ । प्रत्येक योजनाको मुख्य मुख्य काममा कर्मचारी खटाएर परिक्षण तथा निगरानी गर्दै आएको छौ । योजनामा निर्माण सामाग्रीहरुको गुणस्तर परिक्षण गरेर मात्र योजना अगाडी बढाउछौ । योजनामा सिमेन्ट, बालुवा, छड डण्डीको परिक्षण गछौ ।
ढलानको मिक्स क्यिूव टेष्ट, विटियुमिन टेष्ट अलकत्रको काम भएपछि पोरकर्टिङ्ग गरेर थिग्नेस नाप्ने, पुलमा मिक्स डिजाइन देखी सर समान,, प्रत्येक क्षण क्षणको सरसमानको गुणस्तरमा पास भएपछि मात्र निर्माण व्यबसायीलाई भुक्तानी गर्ने गरेका छौ । कहिले काही जानेर वा नजानेर भएका गुणस्तरहीन कामहरुलाई पुन सच्चाउने गरेका छौ । गुणस्तरलाई पहिलो नम्वरमा राखेर काम गर्दै आएका छौ ।
कार्यालयमा कर्मचारी दरवन्दीको अवस्था कस्तो छ ?
कार्यालयमा स्विकृत दरवन्दी १४ जनाको रहेको छ । ९ जना प्राविधिक कर्मचारीको दरवन्दी रहेकोमा ४ जना मात्र स्थायी कर्मचारी रहेका छन । २ जना ईन्जिनिय र ४ जना सर्व इन्जिनियर कर्मचारीको दरवन्दी खाली रहेको छ । आधा कर्मचारी मात्र कार्यालयमा कार्यरत रहेका छन । योजनाको संख्या बढ्दै जाने र कर्मचाीको संख्या बार्षिक रुपमा घट्दै गएकोले काम गर्न कठिनाई भएको छ ।
योजना संकलन तथा छनौटको पक्रिया के हो ?योजनाको प्राथमिकता निर्धारणको आधार के हो ?
प्रत्येक बर्ष योजना बढ्दै गएका छन । टुक्र्रे योजना बढ्दै गएका छन । गत बर्ष १ सय ८१ वटा र चालु आ.व.मा २सय ७ वटा योजना रहेका छन । कामलाई गुणस्तर तथा व्यस्थित र गर्न प्रदेश सडक गुरुयोवना पास गरी कार्यान्वयन गर्न कार्यालयले पटक पटक माग गर्दै आएको छ । विडम्वना गत आ.व.मा प्रदेश गुरुयोजना तयार भएको छ, तर गुरुयोजनामा रहेर बजेट आउन सकेन । बहु बर्षिया योजनाहरुमा मात्र मन्त्रालयले कार्यालय संग आवश्यक सरसल्लाह तथा बजेटका बारेमा राय सुझाव तथा सल्लाह लिने गर्दछ । तर स साना योजनाहरु जनताको मागको आधारमा जनप्रतिनिधीहरुबाट नै बढि आउने गरेको छ ।
अधिकाश योजना १० लाख देखी ३० लाख रुपैया सम्मका रहेका छन । ७० प्रतिशत योजनाहरु २० लाख रुपैया भन्दा मुनिका रहेका छन । टुक्रे योजना बढी, यातायात गुरुयोजना कार्यान्वयन नहुदा बाहिरका योजना आउने गरेका छन ।
टुक्रे योजना कार्यान्वयन गर्न कार्यालयलाई कत्तीको कठिन भएको छ ?
गत बर्ष १ सय ८१ वटा, चालु आवमा २सय ७ योजना रहेका छन । ५ लाख र १० लाखका योजनार करौडोको योजनाको सबै प्रत्रिया एउटै हुन्छ । यस बर्ष प्रदेश यातायात सडक गुरुयोजना ससद बाट पास भएर लागु हुन्छ भन्ने थियो तर हुन सकेन । यातायात गुरुयोजनामा पाल्पामा ५९ वटा सडक, २ वटा प्रदेश लोकमाग गरी ६१ वटा मात्र समोवेश रहेका छन । प्रदेश यातायात गुरुयोजना अनुसार भएको भए हामीले ६१ वटा योजना मात्र हेरे पुग्ने थियो । यही जनशक्तीले काम गर्न सक्ने थियो । जनशक्ती कम योजना धेरै, प्रगती देखाउन सकिने योजना कम हुदा काम गर्न निकै चुनौती र कठिनाई रहेको छ ।
ग्रामिण सडक र पहुच विस्ताका योजनाहरु के कस्ता छन ?
कार्यालयले पालिका देखी पालिका जोड्ने, अन्तरजिल्ला जोड्ने, अन्तर प्रदेश जोड्ने, सडक तथा पुलमा काम गर्दै आएको छ । कृषि, पर्यटन, उधोगधन्दा कलकारखाना लाई जोड्ने उधेश्य प्रदेश सरकारको रहेको छ । पाल्पामा पुल र सडकको क्षेत्रमा अति नै राम्रो काम भएको छ । पाल्पामा प्रदेश सरकार आएपछि कम्तीमा २५ वटा पुल निर्माण भएका छन । गत आवमा मात्र ४ वटा , दशै सम्म ४ वटा पुल निर्माणको कार्य सकिएर हस्तानतरण हुनेछ ।
कार्यालयको चालु आ.व.मा बजेटको अवस्था कस्तो छ ?
कार्यालयको चालु खर्चमा १ करोड ४३ लाख ७० हजार बजेट , पुजीगतमा ३ वटा कार्यक्रमको लागी बजेट विनियोजन भएको छ । समानिकरण अन्तरगत सडक तथा पुल निर्माण कार्यक्रम तर्फ १८१ वटा आयोजनाको लागी ६३ करोड ३ लाख , सडक पुल मर्मत तथा सडक सुरक्षा कार्यक्रमको लागी २५ वटा आयोजनाको लागी ७ करोड ५० लाख र शसर्तको लागी एक वटा योजनाको लागी १ करोड गरी जम्मा ७१ करोड ५३ लाख विनियोजन भएको छ । कार्यालयको लागी पुजीगत र चालु गरी ७२ करोड ९६ लाख ७० हजार , जसमा १८ वटा योजना अघिल्लो बर्ष देखी चलेका बहु बर्षिय योजना रहेका छन ।
रामपुर कपुरकोट अन्तरगत हार्थोक छहराको सडकको अवस्था के छ ।
रामपुर कपुरकोट सडक प्रदेश गौरवको आयोजना हो । सबैभन्दा बढी लम्वाई पाल्पामा रहेको छ । हार्थोक छहरा खण्ड पाल्पाको कार्यालय अन्तरगत नभई यातायात पुर्वाधार निर्देशनालय बुटवल अन्तगत रहेको छ । बहुबर्षिय योजना अनुसार चालु आवमा ५ करोड ५० लाख रुपैया बजेट विनियोजन भएको जानकारी छ । उक्त बजेटबाट हार्थोक देखी बतासे सम्म काम गर्ने बताईएको छ । हार्थोक छहरा सडक अन्तरगत पाल्पा कार्यालयले छहरा बजार वरीपरी क्षेत्रमा सडक कालोपत्रे गर्न,७५ लाख रुपैया विनियोजन भएको छ । गत बर्ष पनि सोही शिर्षक अनुसार छहरा बजार क्षेत्रमा कालोपत्रे भएको छ ।
कार्यालयको स्थानीयतह संग समन्वय सहकार्य कस्तो छ ?
कार्यलयका सबै योजना पाल्पाका १० वटै पालिकामा केन्द्रित रहेका छन । कुन योजना कुन पालिकाको कुन वडामा परेको छ भन्ने कुरा सम्वधित पालिकाको अध्यक्ष, वडाको बडा अध्यक्ष संग समन्वय गरेर प्रत्येक योजनाको स्टिमेट, गर्ने काम गर्दा अनुगमन निरिक्षण, सहकार्य हुदै आएका छौ । कार्यालयले पालिका संग स्टिमेट देखी सम्पन्न नहुदा सम्म पालिका संग समन्वय गरेका छौ ।
कार्यालययलाई चुस्त दुस्त जनतामैत्री बनाउन के कसरी काम गर्नु पर्छ ?
कार्यालयमा तोकिएको दरवन्दी अनुसारको कर्मचारी प्रदेश सरकारले व्यबस्थापन गर्नुपर्दछ । प्रादेशिक यातायात गुरुयोजना अनुसार बजेट विनियोजन हुनु पर्दछ । कार्यालयलाई आवश्यक परेको श्रोत साधनको व्यबस्था गरिनु पर्दछ । राम्रो कामको पुरस्कार गर्ने प्रणाली हुनु पर्दछ । बिनियोजित बजेट समयमै निकासा हुनुपर्दछ ।
सडक सिमा क्षेत्र ( राईट अफ वे ) को अवस्था के छ ?
अहिले प्रदेशका भित्री सडकमा अतिक्रमण बढेको छ । सडकहरुलाई अतिक्रमण नगरौ । , अहिले अतिक्रम गरेको सडक कुनै न कुनै दिन सरकारले हस्तक्षेप गरी प्रयोगमा ल्याउने छ । कसैले सडक अतिक्रमण गरेको अवस्थामा सडक पुर्वाधार विकास कार्यालय तथा प्रहरी प्रशासनमा खवर गरौ । रामपुर कपुरकोटसडकमा अतिक्रमण बढेको छ ।
प्रादेशिक यातायात सडक गुरुयोजना अन्तरगत प्रादेशिक सडक र प्रादेशिक लोक मार्ग गरी दुईथरी सडक रहेका छन । प्रादेशिक सडकको अधिकार क्षेत्र सडकको मध्यभागबाट दायाँ बायाँ १०, १० मिटर र प्रादेशिक लोकमार्गको लागी विच सेन्टरबाट १५, १५ मिटर पहाडको लागी गरेको छ । यो एरिया भित्र कुनै संरचना नबनाउ, बनाएको खण्डका स्वय व्यक्ति नै जिम्मेवार हुनेछ । प्रदेश सरकारले कुनै पनि क्षतिपुर्तिको व्यबस्था गरेको छैन ।




