२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कैदी बन्दीलाई कारागार फर्काऊ

कैदी बन्दीलाई कारागार फर्काऊ

कैदी बन्दीलाई कारागार फर्काऊ

कैदी बन्दीलाई कारागार फर्काऊ

कैदी बन्दीलाई कारागार फर्काऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • जेनजी आन्दोलनका क्रममा देशभरका कारागार र सुधार गृहबाट १४ हजार ५ सय ५५  कैदी बन्दी फरार भएकोमा अझै ८ हजार कैदी बन्दी फरार छन् । विभिन्न अपराधको संलग्नता पुष्टि भई  अदालतको आदेश अनुसार सजाय काटिरहेका, अदालतमा मुद्दा चल्दै गरेका र पुपक्र्षका लागि थुनामा रहेका बन्दीहरु एकैपल्ट बाहिर निस्कदा समाज त्रसित बनेको छ । विभिन्न अपराधमा संलग्नहरु खुलेयाम हिंड्दा समाजमा भय श्रृजना भएको छ । फरार भएकामध्ये कतिपय यस्ता व्यक्ति छन्, ती अन्तर्राष्ट्रिय अपराधिक सञ्जालसँग जोडिएका र गम्भीर अपराधमा संलग्न छन् । 


    अपराधको सजाय भुक्तान नगरी समाजमा निस्कदा हुने जोखिम सतहमा देखिन छन् । नख्खु कारागारबाट भागेका सन्तलाल तामाङले काभ्रेको पनौतीमा श्रीमतीको हत्या गरे । बलात्कार मुद्दामा जेल परेका सन्तलाल श्रीमती मनिषा तामाङको हत्या गरी पुनः कारागार फर्केका छन् । बलात्कारका दोषी अर्का एक कैदीले जेलबाट भागेकै राति बलात्कारको प्रयास गरेको समाचार पनि आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछाने नख्खु कारागारबाट भदौ २४ गते दिउँसो  बाहिर निस्केपछि कारागारबाट अरु कैदी बन्दी निस्कन थालेका हुन् । कैदी बन्दी निस्कन नख्खु कारागारबाट सुरु भएपछि अन्यत्रबाट पनि निस्के । नेपाली सेनाले  २४ गते राति १० बजेबाट सुरक्षाको जिम्मा लिएको सार्वजनिक गरेपछि पनि कैदी बन्दी निस्कन रोकिएनन् । कपिलवस्तुको तौलिहवा कारागारबाट भदौ २५ गते बिहान कैदी बन्दी निस्किए । उनीहरुले कारागारबाट निस्केपछि जिल्ला अदालत तोडफोड र आगजनी गरे । उनीहरुलाई नियन्त्रणमा लिन र आगजनी रोक्न सुरक्षा निकायले कुनै पहलकदमी लिएन् । यद्यपी काठमाडौं र नुवाकोटलगायतमा भाग्दै गरेका कैदी बन्दीलाई नियन्त्रणमा लिन खोज्दा अटेर गर्ने १० जना कैदी बन्दीको ज्यान गयो । पूर्व गृहमन्त्रीले आफूलाई निर्दोष दाबी गर्दै आएका छन्, त्यही दाबीका आधारमा उनी कारागार बाहिर आए । उनको पार्टीको नेतृत्व टिमले नै कारागार पुगेर बाहिर निकाल्यो । यो विषयमा रास्वपा नेतृत्वले आत्म समीक्षा गर्नुपर्छ । 


    कारागारबाट भागेका कैदी बन्दीलाई नियन्त्रणमा लिन गृहप्रशासनको प्राथमिकता हुनुपर्छ । मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति पहिलो प्राथमिकता हो, नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनफरा कैदी बन्दीलाई नियन्त्रणमा लिनुपर्छ । उनीहरु नियन्त्रणमा आउन नसक्दा समाजमा अपराधको नयाँ श्रृखंला सुरु हुनेछ, यसले समाजमा भय श्रृजना गर्नेछ । जब समाजमा भय र आतंक हुन्छ, समाजमा आक्रोश र असन्तुष्टि झनै मौलाउँछ । त्यसैले गृहप्रशासनको पहिलो प्राथमिकता फरार कैदी बन्दीलाई कारागारमा फर्काउन हुनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij