२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यू होराइजन  कप भलिबल : महिलातर्फ शिक्षिका टिम विजेता, पुरुषको फाइनल भोलि

न्यू होराइजन  कप भलिबल : महिलातर्फ शिक्षिका टिम विजेता, पुरुषको फाइनल भोलि

न्यू होराइजन  कप भलिबल : महिलातर्फ शिक्षिका टिम विजेता, पुरुषको फाइनल भोलि

न्यू होराइजन  कप भलिबल : महिलातर्फ शिक्षिका टिम विजेता, पुरुषको फाइनल भोलि

न्यू होराइजन  कप  भलिबल  : महिलातर्फ शिक्षिका टिम विजेता, पुरुषको फाइनल भोलि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  •  

    बुटवल । न्यू होराइजन आवासीय अंग्रेजी मावि बुटवलको आयोजनामा बुटवलमा जारी  दोस्रो न्यू होराइजन कप अन्तर समुह पुरुष तथा महिला शिक्षक कर्मचारी भलिबल प्रतियोगितामा महिलातर्फ  कर्मचारीलाई हराउंदै  शिक्षिकाको टिम विजेता बनेको छ ।  विद्यालयको आफ्नै खेलमैदान तल्लो देविनगरमा सम्पन्न फाइनलमा शिक्षिकाको टिमले महिला कर्मचारीको टिमलाई २–१ को सेटमा पराजित गरेको हो । जितसंगै शिक्षिाको टिमले नगद १० हजा र उपविजेताले ५ हजार पुरस्कार पाउने भएका छन् । 
    यस्तै बुधबार नै पुरुषतर्र्फ तीन खेल सम्पन्न भएका छन् । जसमा विज्ञान संकायका शिक्षकको टिमले कक्षा २–७ का शिक्षकको टिमलाई  २–० को सोझो सेटमा पराजित गरेको छ । यस्तै कक्षा ८–१० शिक्षकको टिमलाई २–० ले पराजित गर्दै व्यवस्थापन संकायका शिक्षकको टिम विजयी भएको छ । 

    1b416aa1-c7b8-467f-b170-555ba9cead53.jpg
    undefined


    अर्को खेलमा कर्मचारीको टिमलाई २–१ को सेटले पराजित गर्दै विज्ञान संकाय शिक्षकको टिम विजयी बनेको छ । पुरुषतर्फको सेमिफाइनल र फाइनल खेल भोलि बिहीबार हुनेछ । भोलि नै विजेता टिम र खेलाडी हरुलाई पुरस्कार वितरण सहित प्रतियोगिता समापन गरिने प्रतियोगिता संयोजक बालकृष्ण बस्यालले जानकारी दिए । 
    पुरुषतर्फ विजेताले पुरुषतर्फ २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना हुने टिमले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नेपालीका महान चाड बडा दशैं र तिहारको अवसरमा शिक्षक कर्मचारी र संस्थाबीच आपसी सम्बन्ध थप प्रगाढ बनाउंदै खेलकुदमार्फत स्वस्थ जीवन जिउन टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्राचार्य लोकनाथ उपाध्यायले बताए ।   

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij