परासी
पश्चिम नवलपरासीमा बजार अनुगमन गरिएको छ । संयुक्त जिल्ला बजार अनुगमन समिति नवलपरासीले जिल्लाको सदरमुकाममा रहेको पसलहरूमा बजार अनुगमन गरेको हो ।
दसंैमा खास गरी कालो बजारी तथा उपभोक्त ठगिने काम व्यपारीहरुबाट नहोस् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी पोषण भण्डारीले जानकारी दिए । अनुगमनको क्रममा मूल्य सूची नराखेको पाइएको खण्डमा मूल्य सूची राखि बिक्री वितरण गर्न निर्देशन दिइएको र मिष्ठान भण्डारहरुमा सरसफाइ नदेखिएकोमा सरसफाइ गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए ।
बजार अनुगमनको क्रममा अधिकांश पसलहरुमा म्याद ग्रुजिएको र अखाद्य बस्तु फेला परेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका वरिष्ठ उद्योग अधिकृत मोहन पाण्डेले बताए । ध्यू, कुरमुरे प्याकेजिङ् गरिएका बस्तुमा लेबलिङ नलगाएको र जुसहरु म्याद ग्रुजिएको पाइएको पाण्डेले जानकारी दिए । उनले भने –‘अखाद्य बस्तुहरु नियन्त्रणमा लिई करिब ३ तीन हजार बराबरको अखाद्य बस्तुहरु नष्ट गरिएको उनले जनाए ।
किराना पसल, फेन्सी, मिष्ठान भण्डार होटल रेष्टुरेण्ट तथा मासुलगायतका १२ वटा पसलमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्यम सहजकर्ता मनोजकुमार चौधरीले जानकारी दिए ।
जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी पोषण भण्डारी नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ अधिकृत मोहन पाण्डे, उपभोक्ताहित संरक्षण मञ्चका सचिव मोहन पौडेल, जिल्ला प्रहरी कार्यालयलगायतको टोलीले अनुगमन गरेको थियो ।




