२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यू होराइजन कप भलिबल : पुरुषतर्फ कक्षा ८–१० शिक्षक टिमले जित्यो उपाधि, व्यवस्थापन संकाय उपविजेता

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १० २०८२
शुक्रवार, आश्विन १० २०८२
  • बुटवल । न्यू होराइजन आवासीय अंग्रेजी मावि बुटवलको आयोजनामा  सञ्चालित दोस्रो न्यू होराइजन कप अन्तर समुह पुरुष तथा महिला शिक्षक कर्मचारी भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि  कक्षा ८–१० का शिक्षक टिमले जितेको छ । बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा व्यवस्थापन संकायका शिक्षक–प्राध्यापकको टिमलाई २–१ सेटले पराजित गर्दै कक्षा ८–१० शिक्षक टिमले उपाधि जितेको हो । पुरुषतर्फ ५ टिमले प्रतिस्पर्धा गरेकामा  कर्मचारी टिम तेस्रो र   विज्ञान संकायका शिक्षकको टिम सान्त्वना भएका छन्
    महिलातर्फ  कर्मचारीको टिमलाई हराउंदै  शिक्षिकाको टिम विजेता बनेको थियो । विजेता टीम र खेलाडीहरुलाई विद्यालय सञ्चालक समिति अध्यक्ष ज्ञानेन्द्र कसजू,  उपाध्यक्ष निर्मल लाकौल, कोषाध्यक्ष रामेश्वर श्रेष्ठ , सल्लाहकार विमलबहादुर शाक्य, प्राचार्य लोकनाथ उपाध्याय, उपप्राचार्य हरु  बालकृष्ण भण्डारी ,बासुदेव अर्याल र राजीव श्रेष्ठ, प्रतियोगिता संयोजक बालकृष्ण बस्याल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    प्रतियोगिताका विजेताले पुरुषतर्फ २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना हुने टिमले ५ हजार तथा महिलातर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।  सो अवसरमा बोल्दै प्राचार्य लोकनाथ उपाध्यायले संस्था र शिक्षक कर्मचारीबीचको सम्बन्ध थप आत्मीय र प्रगाढ बनाउन बडादशैंको अवसरमा भलिबल प्रतियोगिता गरिएको बताए । आगामी दिनमा न्यू होराइजन मातृ संस्था अन्तर्गतका सबै भगिनी संस्थाका शिक्षक कर्मचारीबीच प्रतियोगिता गरिने उनले बताए । 

    ed894fd2-4491-4936-9dab-7226ff4dafa9.jpg
    undefined

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij