२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आशा जगाउँदै अघि बढ

आशा जगाउँदै अघि बढ

आशा जगाउँदै अघि बढ

आशा जगाउँदै अघि बढ

आशा जगाउँदै अघि बढ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १० २०८२
शुक्रवार, आश्विन १० २०८२
  • विषम परिस्थितिमा गठन भएको सरकारको पूर्णतामा ढिलाइ भएको छ । मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिएर समाजमा आशा जगाउने काम गर्न चुनौती छ । प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका दर्जनौं कार्यालयमा तोडफोड र आगजनी भएकाले अहिले राज्य संयन्त्र पूर्णवत अवस्थामा छिटो फर्र्र्काएर नागरिकलाई आशा र विश्वास दिनुपर्ने छ । सरकारले छिटो पूर्णसरकारले राम्रो गरी काम गरेको छ भन्ने समाजमा आशा नजगाउने हो भने मुलुक निराशा र आक्रोशबाट मुक्त हुने सम्भावना न्यून छ ।


    नयाँ सरकार गठनसँगै नियुक्त मन्त्रीहरु सिंहदरबारको खरानी पन्छाउँदै काममा लागेका छन् । मन्त्रिपरिषद्मा दुई चरणमा मन्त्रीहरु नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त भएको तीन दिनमा तीन मन्त्री नियुक्त गरिन् । त्यसको सातापछि चार मन्त्री नियुक्त गरेकी छन् । ११ सदस्यीय मन्त्रिपरिषद्मा परराष्ट्रसहित केही मन्त्रालय नेतृत्वविहीन छन् । सरकारमा स्वतन्त्र प्रकृतिका व्यक्ति राख्ने भनिएकाले पनि ढिलाइ भएको हुनसक्छ । यद्यपी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगधिश खरेल नेपाली कांग्रेस दोलखाको क्षेत्रीय प्रतिनिधि भएको सार्वजनिक भएको छ । अरु मन्त्रालयमा जे–जस्ता पात्र आएका छन्, ती पात्रका काम प्रारम्भिक चरणमा ठिकैछन्, तर गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको गिरेको मनोबल उठाउने काममा ध्यान नदिएको आरोप लाग्न थालेको छ । आफू अहिंसावादी भएकाले प्रहरीलाई अहिंसावादी बन्न उनले दिएको निर्देशन झट्ट सुन्दा आकर्षक भए पनि मनोबल गिरेको प्रहरीका लागि स्वभाविक होइन् । कानुनको कार्यान्वयन ढुक्कसँग गर्न र त्यसबेला समस्या भए आफू साथमा रहेको अभिव्यक्ति दिएको भए मुर्झाएको प्रहरी संगठन जागरूक हुन सक्थ्यो । 


    सरकारको प्राथमिकता फागनु २१ गते चुनाव गर्ने हो । चुनाव गर्नका लागि सुरक्षा व्यवस्था चुस्त हुनुपर्छ ।  जेलबाट भागेका अझै ७ हजार कैदी बन्दी सम्पर्कमा आएका छैनन् । कतिपय अपराधमा संलग्न भइसकेका छन् । आगजनी भएका प्रहरी चौकी मर्मत गरेर धमाधम पुर्नस्थापना गर्न समुदाय नै लागेको छ । समुदायको सक्रियतामा चौकीमा प्रहरी फर्केका छन्, तर उनीहरुका लुटिएका हतियार धेरै भेटिएका छैनन् । समाजमा त्रास बढेको छ । मुलुकलाई त्रासको अवस्थाबाट मुक्त गर्न मनोबल उच्च भएको प्रहरीबाट मात्रै सम्भव छ ।

    गृहमन्त्रीको आड भरोसा र विश्वासले मात्रै प्रहरी संगठन गतिशील र सुदृढ बन्न सक्छ । चुनावका लागि प्रहरीको दरिलो साथ र भरोसा हुन आवश्यक छ । चुनाव नै पहिलो प्राथमिकता मानेको सररकारले प्रहरीको मनोबल बढाउने गरी काम गर्नुपर्छ । कैदी बन्दीलाई कारागारमा फर्काउनेदेखि लुटिएका हतियार बरामद गर्न पनि प्रहरीको सक्रियता आवश्यक छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij