२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वडामा दर्ता नगरी व्यापार व्यवासय संचालन

वडामा दर्ता नगरी व्यापार व्यवासय संचालन

वडामा दर्ता नगरी व्यापार व्यवासय संचालन

वडामा दर्ता नगरी व्यापार व्यवासय संचालन

वडामा दर्ता नगरी व्यापार व्यवासय संचालन
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, आश्विन १० २०८२
शुक्रवार, आश्विन १० २०८२
  • परासी । पश्चिम नवलपरासीमा बजार अनुगमनलाई तिब्रता दिईएको छ । नेपालीको महान चाड पर्ब दशै तिहार र छठ पर्वको समयमा सम्भावित कालो बजारी व्यपारीहरु कृत्रिम अभाव र महगी तथा अखाद्य बस्तु बिक्रिबितरण नियन्त्रण गर्नको लागि संयुक्त जिल्ला बजार अनुगमन समिती नवलपरासीले  बजार अनुगमनलाई तिब्रता दिईएको हो । 

    अनुगमनको क्रममा सुनवल नगरपालिकामा कुनै पनि निकायमा दर्ता अनुमति पत्र नलिई व्यवसाय संचालन गरेको पाईएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका बरिष्ठ उद्योग अधिकृत मोहन पाण्डेले जानकारी दिए । 

    उनको अनुसार सुनवल नगरपालिकाको वडान ३स्थित रहेका परासी सुनवल सडक खण्डमा पसलहरु कुनै पनि निकायमा दर्ता अनुमति पत्र नलिई व्यवसाय संचालन गरेको र व्यवसाय दर्ता भएका व्यवासयहरु समयमा नबिकारण नगरेको देखिएको बताए ।

    व्यवासय  दर्ता नगरिकन संचालन गरेका पसल संचालकलाई एक महिना भित्र सम्बन्धि निकाय दर्ता गरी मात्र संचालन गर्न र नबिकारण नगरेका व्यवासयहरु तत्काल नबिकारण गर्न निर्देशन दिईएको बरिष्ठ उद्योग अधिकृत  पाण्डेले बताए । 


    सुनवल नगरपालिकाको वडा न ९चोकको बजारमा धेरैमात्र अखाद्य बस्तु र म्याद गुज्रेको बस्तुहरु अनुगमनको क्रममा भेटिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा महेन्द्र भरले बताए ।  

    म्याद गुज्रेको च्याउ च्याउ पेय पदार्थ ,खाद्यपदार्थ र अखाद्य बस्तुहरु नियन्त्रण लिई नष्ट गरिएको भरले जानकारी दिए । उनको अनुसार करिब चार हजार रुपैयाँ बराबरको अखाद्य बस्तु नियन्त्रण लिई नष्ट गरिएको बताए ।

    सुनवल नगरपालिकाको वडान ४,३र ९मा रहेका बेकरी उद्योग किराना पसल ,होटल रेष्टुरेन्ट ,व्याटी पार्लर टेलरी सेन्टर गरी १८ वटा पसलहरुमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्याम सहजकर्ता मनोज कुमार चौधरीले जानकारी दिए ।

    अनुगमन समितीमा  जिल्ला प्रशासन कार्यालय नायब सुब्बा महेन्द्र भर ,कार्यालय कार्यालयका सहायक पाचौ  तहका धिरेन्द्र गिरी, उपभोक्ता हित ंसंरक्षण मन्चका सचिव मोहन पौडेल,जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी लगायत टोलीको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij