२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा प्रयोगशाला विस्तार, टिकट काउन्टर पनि थपिने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आश्विन ११ २०८२
शनिवार, आश्विन ११ २०८२
  •  

    दाङ । जेनजि आन्दोलनपछि बदलिदो परिस्थितिलाई ध्यानमा राख्दै  राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफ्नो ओपिडि सेवा, ल्याब सेवा देखि सम्पुर्ण उपचार सेवालाई चुस्त दुरुस्त गर्दै ब्यबस्थित गर्न सुरु गरेको छ । बिरामीको चापलाई मध्यनजर गरेर प्रतिष्ठानले बिमा, नर्मल र ओपिडि कार्डलाई थप ब्यबस्थित गर्न प्रयोगशाला बिस्तारदेखि टिकट काउन्टर थप्न लागेको प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले जानकारी दिनु भयो । 
    रजिस्ट्रार लम्सालका अनुसार  प्रतिष्ठानमा प्रयोगशाला बिस्तार अन्तर्गत ल्याबको अलग्गै भबन बनाई बिभाग समेत छुट्याईएको छ । ल्याब रिपोर्टमा कुनै खालको कमजोरि नहोस भनेर प्राध्यापकले रूजू गरेर मात्र रिपोर्ट दिने ब्यबस्था मिलाईएको छ । 
    बायो केमेस्ट्री प्रा। डा कुशल भट्टराई , प्याथोलोजी ( डा सबिता विश्वकर्मा, माइक्रोबायोलोजी ( डा सुब्रता पोखरेललाई रिपोर्ट रुजु गरेर मात्रै दिने गरि ब्यबस्थापन गरिएको र यसले ल्याबप्रति अझै बिस्वस्नियता बढ्दै जाने, सेवा छिटो छरितो हुने र कमजोरि नहुने अपेक्षा गरिएको छ ।
    ल्याब सेवालाई अझै उत्कृष्ट बनाउन ४ करोडको अत्याधुनिक उपकरणहरु थप गरिने प्रतिष्ठानका रजिस्ट्रार लम्सालले बताउनु भयो । साथै उहाँले प्रतिष्ठानमा हुन नसक्ने जाचहरुको नमुना संकलन गरेर लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट परिक्षण गर्ने ब्यबस्था मिलाउने गरि तयारी भइरहेको पनि बताउनु भयो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij