२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रेसुङ्गामा एक महिने साउने मेला शुरु

रेसुङ्गामा एक महिने साउने मेला शुरु

रेसुङ्गामा एक महिने साउने मेला शुरु

रेसुङ्गामा एक महिने साउने मेला शुरु

रेसुङ्गामा एक महिने साउने मेला शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • बुटवल । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि एक महिने साउने मेला शुरु भएको छ । साउन महिना भर सञ्चालन हुने उक्त मेलामा रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गर्न र पूजा आजाका लागि दिनहुँ श्रद्धालुहरूको घुँईचो लाग्ने गर्दछ ।

    रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गरेपछि चारधाम जान नपर्ने र त्यहाँ पुगेपछि पुण्य प्राप्ती हुने जनविश्वास छ । महापोखरीमा स्नान गरेपछि आफूले अन्जानमा गरेका सम्पुर्ण पापहरू नष्ट हुने धार्मिक विश्वास रहेको छ । साउन महिनाभर रेसुङ्गाको महापोखरीमा स्नान गरेपछि श्रद्धालुहरू पोखरीदेखि केही माथि रहेको यज्ञशालामा पुगेर मन्दिरको दर्शन गरि पुजाआजा गर्ने गर्दछन ।

    यज्ञशाला मन्दिर भित्र सधैभरी अखण्डदीप प्रज्वलन भैरहने भएका कारण श्रद्धालुहरूले यज्ञमण्डपको विभुती लगाउने र त्यसलाई प्रशादको रूपमा सँगै लिएर जाने गर्दछन । रेसुङ्गा क्षेत्र भित्र रहेका सिद्धस्थान, बिष्णुपादुका, लक्ष्मी नारायण, ऋष्यश्रृङ्ग लगायत धार्मिक महत्वका ऐतिहासिक क्षेत्रहरू श्रद्धालुहरूको लागि निकै आकर्षण मानिन्छन ।

    जसका कारण जिल्लावासीहरूका अतिरिक्त पाल्पा, स्याङ्जा, अर्घाखाँची, बाग्लुङ्, प्यूठान, रूपन्देही, नवलपरासी लगायतका ठाउँहरूवाट श्रद्धालुहरूको घुँईचो लाग्ने गर्दछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij