२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दशैँ :  कमेरो र रातोमाटोको लिपपोत : अब स्मरणमा मात्रै

दशैँ :  कमेरो र रातोमाटोको लिपपोत : अब स्मरणमा मात्रै

दशैँ :  कमेरो र रातोमाटोको लिपपोत : अब स्मरणमा मात्रै

दशैँ :  कमेरो र रातोमाटोको लिपपोत : अब स्मरणमा मात्रै

दशैँ :  कमेरो र रातोमाटोको लिपपोत : अब स्मरणमा मात्रै
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
बुधवार, आश्विन १५ २०८२
बुधवार, आश्विन १५ २०८२
  • बुटवल । अर्घाखाँचीको तत्कालिन मरेङ गाबिस वडा नम्बर ५ कि लक्ष्मी आचार्य अहिले ३६ वर्षकि भईन् । घरकी जेठी छोरी र अलिक बलियो छोरिको रुपमा रहेकी लक्ष्मी दशैको लागि कमेरो र रातोमाटो ल्याउने मुख्य ब्यक्ति हुन्थीन् । स्थानीय भंगारी खोलामा कमेरोको खानी थियो । मरेङ गाबिसमै पर्ने चेक्मी भन्ने स्थानमा रातो माटोको खानी रहेको स्मरण गर्छिन् । 


    कमेरो खन्न सबैले मिल्ने भएपनि माटो भने खानीभित्र गएर खन्नु पर्दथ्यो । यो काम उनकै हुन्थ्यो । बाहिरबाट उनीसंगै जाने उनको आमा, बहिनी, छिमेकीहरुलाई उनले नै माटो खनेर बाहिर निकाल्थीन् । उनले निकालेको माटो छाटेर बोरामा राख्ने र डोकोमा बोकेर फर्किने गर्दथे । घरबाट ३ घण्टा ठाडो उकालो ओरालो गर्दै आईपुग्दथीन लक्ष्मी घरमा । 
    माटो ल्याउने काम चैत वैशाखमा ल्याउँदा सुख्खा हुने र धेरै बोक्न सकिने भएकोले स्कुलको वार्षिक परिक्षा सकिएपछि जाने गर्दथे भने कमेरो भने सोह्र श्राद्ध लागेपछि मात्रै ल्याउने गरेको उनी सम्झीन्छीन् । उनले आफु १० वर्षभएयताका २५ दशैँको अनुभव सुनाउँदै भनिन्,– ‘हामीले डोकोमा बोकेर कमेरो र रातोमाटो ल्याउँथ्याँै । लिपपोथ गरिन्थ्यो र पो दशैँ आएको जस्तो हुन्थ्यो। दुर्गा लागेपछि गाउँ सरसफाईँ संगै कमेरो छ्याप्ने र रातो माटोलो सिधा लाईन बनाएर पोत्ने गरिन्थ्यो ।’


    अहिले उनको माईति र घर दुबैमा पलास्टर गरेको छ । न त उनलाई घरमा कमेरो पोत्ने झण्झट न माटो बोकेर पोत्नुको दुखः । उनले दशैमा घर रंगाउन नपाउँदा दशै आएको जस्तो नलाग्ने बताउँछीन् ।


    यता गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका ६ फर्सोवाका बिजय टण्डन ३६ वर्षका भए । रोजगारीको शिलशिलामा बुटवल बस्दै आएका उनी दशैको लागि सप्तमीमा घर जाँदैछन् । बुटवल आउनुभन्दा अघि अझै भनौ १० वर्ष अघिसम्म घरमा कमेरो छ्याप्ने गर्दथे । 
    आफुले जान्दा देखी नै परिवारका सदस्यहरुले कमेरो र रातोमाटो ल्याउने र .लिपपोत गर्नेकाम गर्दथे । जब बिजयले काम गर्न सक्ने भए उनी पनि कमेरो र रातोमाटो ल्याउन पुग्ने गर्दथे । 


    कमेरो लिन छविसे भन्ने स्थानमा जाने गरेको स्मरण गर्दै उनले निकै अफ्‌ठारो बाटो घरबाट जाँदा आधाघण्टा ओरालो तथा फर्किँदा १ घण्टा बढि समय उकालो बाटो हिड्नुपरेको स्मरण गर्दछन् ।  टिका लगाउन हुने जतिले कमेरो दुर्गा लागेपछि घरमा ल्याउने गर्दथे । त्यहि कमेरो खन्दा माथिबाट च्यापेर कति जनाले ज्यान गुमाएको सम्झना पनि बिजयसंग ताजा नै छ ।


    रातोमाटो लिन भने नजिकै १० मिनेटको बाटोमा पर्ने खोल्टेपानी जानेगरेको स्मरण गर्छन् । वर्षभरी नै माटोको घर लिपपोत गर्न काम लाग्ने भएकोले माटो भने धेरै ल्याएको उनी बताउँछन् ।


    दुर्गालाग्दा ल्याएको कमेरो र पहिलैदेखी नै ल्याएर राखिएको रातोमाटोले नवमीको दीन भन्दा अघि नै छ्याप्ने र लिप्ने गरेको बिजय सम्झन्छन् । 


    गाउँभरका सबैजसो नै समुह बनाएर कमेरो लिन जाने गरेको स्मरण गर्दै उनले सक्नेले खन्ने नसक्नले आलो पालो बोकेर ल्याउने गरेको सम्झन्छन् । आफु सानैदेखी नै अलिक बलियो भएकोले पनि घर छेप्नको लागि पनि छिमेकीले बोलाएको स्मरण उनको मनस्पटलमा ताजै छ । 


    तर उनलाई पछिल्ला वर्षहरुमा केही तनाब छैन् । न कमेरो न त रातोमाटो । उनको सहित अहिले अधिकांशको घरमा सिमेन्ट लगाईएको छ । घरमा कलर गरेको छ । प्रत्येक वर्ष फेरिँदैन् । सामान्य सरसफाई बाहेक दशै आयो भन्ने काम केही हुँदैन् । कमेरो आउन छाडेको छ भने रातोमाटोको पनि सामान्य भुँई लिपपोत मात्रैमा प्रयोग हुन्छ । सिमेन्ट लगाउँन बाँकीको घरमा चुनाको प्रयोग भएको छ। यहाँ पनि रातोमाटोको बिस्थापन भएर गेरुको प्रयोग हुन्छ । 


    पाल्पाको तानसेन नगरपालिका कि रत्नादेवी पौडेल अहिले ६० वर्षको भईन् । उनले आफ्‌नो जीवनकालमा ५० वटाभन्दा धेरै दशैँको प्रत्यक्ष अनुभव छ तर पछिल्ला १०–१२ वटा दशैँ भने रत्नादेवीलाई दशैँजस्तो लागेको छैन । झन्डै १२ वर्षअघि माटोको घर भत्काएर कङ्क्रिट र सिमेन्टबाट नयाँ घर बनाएपछि रातो माटो र कमेरोले घर लितपोत नपाएको बताउछीन् । 


    ‘जति नै दुःख भए पनि घटस्थापना आउनुभन्दा केही दिन अघिदेखि नै पहेँलो रङ र रातो माटो तथा कमेरो ल्याएर घर चिटिक्क पार्दा दशैँ आए झैँ लाग्थ्यो तर अहिले सुख भए पनि दशैँजस्तो लाग्दैन’, रत्नादेवीको भनाइ छ ।


    उनीजस्तै रातो माटो र कमेरोले पोत्न नपाएकी रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ देबिनरकी ७० वर्ष पुगेकी विष्णुमाया पन्थीलाई पनि आजकालको दशैँ खल्लो लाग्ने गरेको बताउँछीन् । ‘जमानाअनुसार चल्नैपर्ने, के–के हो के–के रङ लगाएर घर त रङ्ग्याइन्छ तर रातो माटो र कमेरोजस्तो हुँदो रहेनछ’, उनी भन्छीन् । 


    उनीहरु एक प्रतिनिधिमूलक पात्र हुन् । विगतमा दशैँ र तिहारका समयमा रातोमाटो र कमेरोले घर रङ्ग्याउने प्रचलन हराउँदै गएको छ । 
    विशेषगरी परम्परागत शैलीका ढुङ्गा, माटो तथा काठ प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्दथ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि ती वस्तुको प्रचलन हराउँदै गएको हो । 
    पितृपक्ष सकिएलगत्तै घटस्थापनादेखि दशैँ सुरु हुन्छ । दशैँ सुरु हुनासाथ सबैभन्दा पहिले आफ्नो घर, आँगन सफा गर्ने तथा रङरोगन गर्ने चलन थियो ।


    घटस्थापनाका दिन जमरा राख्नुअघि घरलाई रातो माटो र कमेरोले चिटिक्क पारेर लितपोत गरी घरलाई चोखो पारेर जमरा राख्ने गरिन्थ्यो तर पछिल्ला केही वर्षयता गाउँ घरतिर पनि कङ्क्रिट तथा सिमेन्टको घर बन्ने क्रम बढेपछि रातो माटो र कमेरोले लिपेका घर देखिन छोडेको छ ।


    आधुनिकता सँगसँगै विकासको लहर गाउँमा पसेपछि रातो माटो र कमेरोले लिपेका घर आजकल निक्कै कम देखिन्छन् । कङ्क्रिट र सिमेन्टको घरमा बजारबाट कृत्रिम रङ ल्याएर घर रङ्ग्याउने चलन बढेसँगै रातो माटो र कमेराले घर पोत्ने चलन हराउँदै जान लागेको संस्कृतिविद् राजेन्द्रकुमार आचार्य बताउँछन् । 


    कुनै बेला दशैँ आउनु पहिलै रातो माटोले घर लितपोत गरेर चिटिक्क पार्ने, बाबियोको डोरीको लिङ्गे पिङ बनाउने, सबै मिलेर गाउँका बाटाघाटा र मठमन्दिर सफाइ गर्ने गरिन्थ्यो तर आजकाल आधुनिकताका नाम यस्ता चलन हराउँदै गएको र समाज साघुँरिदै गएको उनको भनाइ छ ।
    आधुनिकता र प्रविधिको बढ्दो प्रयोग र विकाससँगै दशैँ, तिहारलगायत चाडपर्वको मौलिकता घट्दै गएको छ । दशैँलगायतका चाडपर्व सुरु हुनु अगाडि रातो माटो, कमेराले घर आँगन लितपोत गरेर रङ्ग्याउने र लिङ्गेपिङ हाल्ने, चलन हराउँदै जाँदा चाडपर्व खानपान र आधुनिकताको रमाइलोमा मात्रै सीमित हुँदै गएकामा संस्कृतिविद् आचार्यले चिन्ता व्यक्त गरेका छन् ।

    कमेरो खानी सिमेन्ट फ्यक्ट्रीलाई
    बिगत १० वर्ष अघि सम्म निकै प्रयोगमा रहेको कमेरो बिस्थापित नै भईसक्यो भन्दा फरक नपर्ला । हुनेखानेले सिमेन्टकै घर बनाएका छन् । केहीले बनेको घरलाई पलास्टर गरेका छन् भने मध्यम र न्यून जिवनयापन भएकाले पनि कमेरो खोज्ने र छयाप्ने भन्दापनि चुनाको प्रयोग गर्न थालेको हामी देख्दछौँ । 
    पहिले पहिले कमेरो लिने स्थानीयले छाडेपति ति कमेरोका खानीहरु चुनढुंगाको रुपमा सिमेन्ट उद्योगहरुले लिन थालेका छन् । उनीहरुले सिंगो पहरो नै खरिद गरेर चुनाढुंगा उत्खनन गरेर सिमेन्ट निर्माण गर्दै आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij