२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दसैँ शुभ होस्

दसैँ शुभ होस्

दसैँ शुभ होस्

दसैँ शुभ होस्

दसैँ शुभ होस्
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • नेपालीको घरमा बडादसैँ भित्रिएको छ । दसैँ नेपालीहरुको महान चाड हो । राष्ट्रिय चाड दसैँ हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दसौँ दिन बिहान दसमीका दिन मान्यजनबाट टीका ग्रहण गरेर पूर्णिमासम्म मनाइन्छ । आश्विन शुक्ल प्रतिपदा घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने मान्यता हिन्दु धार्मिक समाजमा विश्वास छ । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । यसैले विजया दशमीलाई असत्यमाथि सत्यको जीतको पर्वको रुपमा लिइन्छ ।


    बडा दसैँ भनेको हिन्दु नेपालीहरुको एक विशेष चाड हो । रोजगारी, अध्ययन र व्यवसाय गर्न गाउँ छाडेर शहर पसेकाहरु कम्तिमा वर्षको एकपल्ट यो चाडमा गाउँ फर्कन्छन् । पारिवारिक र सामाजिक मिलन हुन्छ । एकअर्काबिच भाइचाराको सम्बन्ध बढाएको छ । सामाजिक सद्भाव र सहकार्यको संस्कार बढाएको छ ।  लामो समय भेटघाट नभएका परिवारका सदस्य र आफन्तको भेटघाटले दसैँले पारिवारिक स्नेह, माया र प्रेमको वातावरण तयार गरेको छ । अरु बेला शहर बसेपनि दसैँमा गाउँमा नै रमाइलो मान्छन्, हरेक व्यक्ति । उनीहरुलाई संस्कार र संस्कृतिप्रति अपनत्वबोध हुन्छ ।


    दसैँ आर्थिक कारोबार हुने चाड पनि हो । लुगाफाटा, मरमसला, मासुलगायत विभिन्न खानेकुरा र उपभोग्य वस्तुको किनमेल हुने भएकाले गाउँदेखि शहरसम्मका व्यवसायी उत्साहित हुन्छन् । किसानले खसी बोका, कुखुरा, राँगा र बंगुर बेचेर आम्दानी गर्छन् । रोजगारीका लागि विभिन्न मुलुक पुगेका व्यक्तिले रेमिट्यान्स पठाउँछन् ।  विदेशको गाउँघरमा बस्ने बाआमादेखि परिवारका सदस्यको अनुहारमा खुशी छाउँछ । दसैंले आर्थिक गतिविधिमा समेत चलायमान बनाउने भएकाले यसको आर्थिक सम्बन्ध पनि छ ।


     सद्भाव, भाइचारा र मिलनको पर्व दसैँ पछिल्ला वर्ष हुने खानेको पर्वको रुपमा स्थापित हँुदै गएको छ । समाजमा तडकभडक बढ्दो छ, समाजमा छाक टार्न सकस परिरहेका निम्न वर्गीय परिवारले चाडबाडमा मिठो मसिनो खाने अवसर पनि बिरलै पाउँछन् । समाज चुलिदो वर्गीय खाडलले दसैँ जस्ता पर्व गरिबका लागि ‘दशा’ भएका छन् । यस्तो खाडल हाम्रो लोकतान्त्रिक प्रणालीका लागि पनि चुनौती हो । सबै नेपालीको घरआँगन र मुहारमा दसैँ आएजस्तो उल्लास भयो भने साँच्चिकै समाजमा सामाजिक एकता र सद्भाव बढ्दै जान्छ । सामाजिक एकताको डोरी कसैले तोड्न नसक्ने अवस्था तयार हुन्छ ।
    अन्त्यमा, बडा दसैँको  सबैलाई मंगलमल शुभकामना ! हामी सबैको दसैँ शुभ होस् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij