२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उत्पादन, सिर्जना र निर्माणको पर्व नेपालीहरूको महान् राष्ट्रिय पर्व दसैं

उत्पादन, सिर्जना र निर्माणको पर्व नेपालीहरूको महान् राष्ट्रिय पर्व दसैं

उत्पादन, सिर्जना र निर्माणको पर्व नेपालीहरूको महान् राष्ट्रिय पर्व दसैं

उत्पादन, सिर्जना र निर्माणको पर्व नेपालीहरूको महान् राष्ट्रिय पर्व दसैं

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • विषय प्रवेशः
    दसैं आयो खाम्ला, पिम्ला ।
    दश नगरा खियाएर जोरी ल्याम्ला !!
    सबै भन्छन्–
    दसैं आयो दसैैं आयो !
    उही ! सरर्र हुँइइइअ ।
    सरसर्र हुँइइइअ !
    (यो हो पिङ खेल्नेको आवाज)
    चोरी ल्याको खाँइदैन ।
    नयाँ नाना चाहिँदैन
    जस्तो जे धोइ लाइन्छ ।
    प्वाल भए टाली लाइन्छ
    बाबा आमा किन फिक्री !
    नलाम्ला हुन्छ सुनका सिक्री
    सदा जीवन भए हुन्छ
    सादा नाना लाए हुन्छ
    मासु रोटी एउटै खाम्ला
    स्कुस र फर्सी खाम्ला 
    सरर्र हुँइइइअ
    सरर्र हुँइइइअ !
    दसैं नेपालीको सबैभन्दा महान र रमाइलो पर्व हो । यो पर्व नेपालका कुनै जातजाति थर विशेषको पर्व नभई परम्परागत र प्राकृतिक पर्व हो । 
    भारत (इण्डिया) तिर दसैं मनाइदैन । भारतमा पनि त्यहाँ त्यहाँ मात्र नेपाली छन्, त्यहाँ त्यहाँ मात्र मनाइन्छ(जस्तो, दार्जिलिङ्ग, सिक्किम, आसाम, सिलाङ र उता उत्तर वा उत्तराखण्ड, नैनीताल आदि इत्यादितर्फ । त्यसैले यो नेपालीको पर्व हो ।  अमेरिका वा युरोपतिर पनि नेपालीले दसैं मनाउँछन् । विदेशीले हाम्रो चाडको महत्व बुझ्दै छन् । 


    भारतमा दसैं होइन राम नवी मनाउँछन् । दसैं मनाउँदैनन् । त्यहाँ अक्षताको टीका लाउन जान्दैनन्, थाहै छैन ।
    हामी नेपालीहरुले दसैंमा चामलको अक्षताको राता वा सेता टीका  साइनबोर्ड रुपी निधारमा लगाउँछन् । कानमा जमरा  सिउरन्छौं ।


    यस आलेखमा बडो छोटकरीमा अक्षता र  जमराको महत्वबारे प्रकाश पार्ने कोशिश हुनेछ । 
    टीका-कोदाको, मकैको जुनेलाको वा अन्य अन्नको निधारमा अर्थात् ललाटमा टीका लगाइँदैन । 
    टीका केवल धानको अक्षताको मात्र लगाइन्छ । केही उत्तउला मान्छेहरु धानको महत्वबारेमा बुझेका छैनन् ।  अथवा संस्कृतिको गहिरो जानकारी छैन, इतरिएर प्याच्च भनिदिइहाल्छन् । नेपालीलाई मुखमा हाल्न सिता छैन । निधारमा अक्षता वा अछेताको टीका हेर यो फजूल खर्च भनेर टीकाटिप्पणी गरिदिन्छन् ।  दुर्भाग्य त के छ भने हाम्रो समाज सबैभन्दा बुझकक्ड, पढालेखा ब्राह्मण गुरुज्यूहरुलाई समेत थाहा छैन, उहाँहरु मात्र सिलोक भट्याउनु हुन्छ । 
    ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवाधात्री स्वाहा स्वधा नमस्तुते !
    अथवा या देवी थर्व भूतेस्यषु शक्ति रुपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः या देवी सर्वभूतेषु ज्ञान रूपेण संस्थिता ! 
    नमस्तस्यै नमस्तस्यै, नमस्यै नमो नमः
    यसरी नै दुर्गा स्तोगमा महिला नारीको सम्मानमा सप्तशती सात सय प्रार्थना रहेका छन् ।  यो के भन्न खोजिएको हो ? गुरुबाहरुले बताउने बुझाउने सबै अन्नहरु प्रारम्भमा प्राकृतिक नै छन् । इतिहास पढ्दा यहाँ लाग्छ जौ र गहुँ इजिप्टको घाँसे मैदानमा उत्पत्ति भएको रहेछ । मानव जातिले जौ, गहुँ महत्व र उपयोगिताको पहिचान गरेपछि प्रयोगमा ल्याएको रहेछ । यस्तै मकै भ्याक्सिको र ब्राजिल दक्षिण एसियातिरबाट संसारभर फैलिएको रहेछ । 
    धानको कुरा गर्ने हो संसारका धेरै ताल तलैयामा उत्पत्ति भएको इतिहास छ । उत्पत्तिका क्रममा नेपालको पाल्पा प्रभास ताल, पाल्पाको माडीको बुढुवा ढापमा अद्यापि प्राकृतिक धान पाइन्छ ।


    यसरी नै कपिलवस्तुको जगदशीपुर तालमा समेत प्राकृतिक धान प्राप्त भएको इतिहास छ । तर कस्तुरीले आफ्नै नाभीबाट आइरहेको मङ्मङ्ती बासना चलेको थाहा नपाइ टाढाटाढा भौतारिएझैं भएको छ । त्यहाँ त्यो धान हामीले लोप गरे जस्तो छ । 
    कास्की पोखराको बेगनास तालमा प्राकृतिक धान अद्यापि छ । प्रिय मित्रहरु ! यहाँ शब्दहरु खर्च गर्नुको मूल उद्देश्य हो हाम्रा नेपाली पुर्खाले धानको महत्व महिमालाई बुझेर मानव रुपी साइनबोर्डमा अक्षता लगाएका थिए । मार्सी धान हिमाली क्षेत्र सिंजा जुम्ला फाँट आदिमा प्राप्त भएको प्रकृति वरदान हो ।


    अन्तर्राष्ट्रिय व्यापार महासंघबाट आफ्नो स्वामित्वको हक लिने अहिले होडबाजी छ । विभिन्न कुराको प्याटेन्ट राइन्ट लिइरहेका छन् । हाम्रा पुर्खाहरुले मानव शरीरको साइनबोर्ड रुपी निधारमा अक्षताको टीका लगाएर सांस्कृतिक रुपमा प्याटेन्ट राइट लिइसकेका थिए । भन्छन्– भारतले सबै धानको प्याटेन्ट राइट लिइसक्यो रे । हाम्रो संस्कृति राइट यसरी सोसिंदा, लुटिंदा, हामी केवल राज्य पक्षलाई गाली गरर कतै मज्जा लिंदै त छैनौ ? कहिले बुझ्ने ? लिम्पियाधुरा, लिपुलेक र कालापानीको हाम्रो प्याटेन्ट राइटमाथि धावा बोलेझैं हडप गरें झैं । मार्सी धान, काला नमकको प्याटेन्ट राइट लुटे झैं, कुटनीति कुटनीति भन्दै हिंड्ने दास मनोवृत्ति बोकेका हामी बुद्धिजीवीहरु ! छिः छिः साँचो कुरा लेख्न बोल्न पनि सक्दैनौ !


    जमरा दसैंमा फूलका रुपमा कानमा सिउरिने प्रचलन छ । दसैंमा अन्य कुनै फूलको प्रयोग गरिंदैन । हेक्का राख्न जरुरी छ । नेपालमा एउटा दसैं असोजमा र एउटा दसैं चैत्रमा मनाइन्छ  ।  असोजमा मनाउने दसैंलाई शरदकालीन दसैं शारदीय दसैं र चैत्रमा मनाउने दसैंलाई चैते दसैं । बसन्तकालीन दसैं र वसन्ती दसैं भनिन्छ । पहिलोलाई वडा दसैं वा ठूलो दसैं र दोस्रोलाई सानो दसैं भनिन्छ । हाम्रा पुर्खाले घटस्थापनाको अवसरमा जौ, गहुँ आदिको जमरा राख्दछन् । जसको जमरा राम्रो गरी उम्रिन्छ, उसको बिउलाई सद्धे बिउ भनिन्छ । घरको अँध्यारोमा ठाउँमा राखिने हुँदा सूर्यको प्रकाश नपाएर स्वाभाविक रुपमा जमरा पहेंलो-सुनौलो रंगको हुन्छ । दसैंमा ठूलाबडाले धानको अक्षताको राता वा सेता टीका लगाइदिएर कानमा जमरा सिउरीदिन्छन्, राम्रो पनि देखिन्छ । 


    अब प्रश्न उठ्छ लालुपाते, गुर्दाेली वा अन्य फूललाई दसैंमा महत्व नदिनुको कारण के हो ? जुन घरमा जसको जमरा भरलत्तै उम्रिन्छ उसको बिउ राम्रो रहेछ  भन्ने सूचक पनि हो । जमरा राख्नुको अर्थ बिउको उमार शक्ति परीक्षण पनि हो ।  यसभित्र विज्ञान लुकेको छ । त्यसैले हाम्रो नेपाली पुर्खाले नपढेका, निरक्षर भए पनि यसरी विज्ञानलाई बुझेका रहेछन् । आभारी छु म ती निरक्षर वैज्ञानिक हाम्रा पुर्खाप्रति !
    निचोडः
    प्रिय मित्रहरु यो आलेख दश जनाले मात्र अध्ययन गरेर केही सुझाव  दिनु भयो भने, यो लेखको सार्थकता रहेछ । 
    निर्माण, सिर्जना, उत्पादन, सद्भावना र समन्वयको पर्व २०८२ दसैंको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना ! 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij