२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मलेसियाविरुद्धको शृंखला नेपाललाई, अन्तिम खेलमा पाँच विकेटले विजयी

मलेसियाविरुद्धको शृंखला नेपाललाई, अन्तिम खेलमा पाँच विकेटले विजयी

मलेसियाविरुद्धको शृंखला नेपाललाई, अन्तिम खेलमा पाँच विकेटले विजयी

मलेसियाविरुद्धको शृंखला नेपाललाई, अन्तिम खेलमा पाँच विकेटले विजयी

मलेसियाविरुद्धको शृंखला नेपाललाई, अन्तिम खेलमा पाँच विकेटले विजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौं । नेपालले घरेलु टोली मलेसियाविरुद्धको महिला ट्वान्टी–२० शृंखला आफ्नो पक्षमा पारेको छ ।
     
    बुधबार बायोमास क्रिकेट ओभलमा सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा नेपाल पाँच विकेटले विजयी भएसँगै नेपालले शृंखला ३–२ ले जितेको हो । मलेसियाले प्रस्तुत गरेको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । 

    नेपालको जितमा रुवी पोदारले २६ रन बनाइन् । पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ र सम्झना खड्काले १३ रन बनाए । मलेसियाका आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एक विकेट लिए ।
     
    त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०३ रनको योगफल तयार पारेको थियो । मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले ४० रन बनाएकी थिइन् । माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन बनाए ।
     
    नेपालका कविता कुँवर र राजमति ऐरीले समान तीन विकेट लिए । रचना चौधरीको नाममा एक विकेट रह्यो । यसअघिका चार खेलमध्ये मलेसियाले पहिलो र तेस्रो खेलमा क्रमशः तीन र १३ रनको जित निकालेको थियो । यता, नेपालले भने दोस्रो र चौथो खेलमा समान ६ विकेटको जित निकालेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij