२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई खरिद गर्दा १२ करोडभन्दा बढी ‘भ्रष्टाचार’, १३ विरुद्ध मुद्दा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा. डा. संगीतासिंह भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले १२ करोड सात लाख ६० हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार (असोज २३) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन कामु रजिस्ट्रार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, डेपुटी फाइनान्स मेनेजर नीतिन कुर्मी, शाखा अधिकृत छाया डिसी, शाखा अधिकृत श्रीराम चौधरी, आईटी अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी, वरिष्ठ सहायक अन्जु शर्मा, बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी र लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीका अध्यक्ष पोस्टराज ज्ञवाली छन् ।

    दाङको घोराही उपमहानगरपालिकास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारी समेतले कम गुणस्तरको एमआरआई मेसिन खरिद गरी/गराई आर्थिक अनियमितता गरेको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

    उनीहरूले १२ करोड सात लाख ६० हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    दायर गरिएको मुद्दामा उनीहरूसँग १२ करोड सात लाख ६० हजार ९०० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij